काठमाडौं-सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ।
मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कारण देखाउसहित अन्तरिम आदेश जारी गरेको हो। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको छ।
Facebook Comments Box