काठमाडौं : राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ । हिजो (बुधबार) सिंहदरबारमा बसेको परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएको हो।
पछिल्लो समय देशमा धार्मिक तथा जातीय द्वन्द्वको घटना बढिरहेको अवस्थामा जुनसुकै बेलापनि परिचान हुनसक्ने गरी सर्तक अवस्थामा रहनका लागि बैठकले निर्देशन दिएको छ।
सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी थिए।
Facebook Comments Box