जनकपुरधाम : धनुषा र महोत्तरी जोडने रातू पूलबाट हाम फाल्दा एक सैनिक जवानको मृत्यु भएको छ । आइतबार बिहान धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बैतडी घर भइ धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरतसैनिक जवान विक्रम सिँह बोहरा रहेका छन्। घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box