दार्चुलाः दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी ५० वर्षीया जयमती महरको आइतबार मृत्युु भएको हो।
घरदेखि अन्दाजी ५०० मिटर टाढा रातापोड भन्ने स्थानमा दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट ढुङ्गा खसेर टाउकोमा चोट लाग्दा जयमती गम्भिर घाइते भएकी प्रहरीले बताएको छ। घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box