धनगढी : कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री कार्कीले दसैँअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । त्यसका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । कोशी प्रदेशसभाको बैठक १ कात्तिक बिहान ११ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री कार्कीनिकट स्रोतका अनुसार सोही दिन मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । एमालेका ३९ र कांग्रेस नेता डा. शेखर कोइराला समूहका ८ सांसदको समर्थनमा शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले एमाले र कांग्रेसका एक-एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
Facebook Comments Box