काठमाडौं : धितो भएका ऋणीलाई बैंकले अब कालो सूचीमा राख्न नपाउने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत निर्देशन २०८०’ लाई संशोधन गर्दै धितो लिएका ऋणीहरूलाई कालो सूचीमा राख्ने व्यवस्थालाई खारेज गरेको हो।
‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाहरूले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ।
यस्तो धितोबाट भएको असुली पर्याप्त नभई बैंकले लिने रकम बाँकी रहे त्यसको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।
सो सूचना अवधिपछि मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
Facebook Comments Box