धनगढीः कैलालीका बंगुरमा पहिलोपटक रेविज पुष्टि भएको छ। लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेबिज पाइएको हो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेबिज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ। साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेवबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ।
Facebook Comments Box