Author: महेन्द्रनगर पोष्ट

काठमाडौ- ललितकला क्षेत्रका कलाकारको एक समूह आज काठमाडौँको टोखास्थित पर्यटकीय क्षेत्र भ्यू–थलीबाट देखिने उपत्यकाका दृश्यलाई क्यान्भास र आर्ट पेपरमा सजाउन पुगे रङ्गैरङको पर्व होली अर्थात् फागूका अवसरमा उनीहरुले त्यहाँबाट दृश्यपान गर्न सकिने प्रकृतिका उपहारलाई जलरङले क्यान्भास भरे। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गरे। उनले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर आफूलाई आनन्द दिने रङ्गिन सहरको कला सिर्जना गरे।पर्वको अबसरमा त्यसैलाई जोडेर आयोजना गरिने यस्ता कार्यक्रमले चाडपर्वको महत्वलाई अझ बढाइदिने र सिर्जनालाई थप प्रोत्साहन हुने हुँदा यसरी कार्यशाला आयोजना गर्न जरुरी रहेको लामा सुनाउँछन्।…

Read More

चन्द्रौटा-गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन्। अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए। कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसिसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे। उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए। “वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ”, उनले भने, “नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री…

Read More

काठमाडौं-मध्यपुरथिमिको ऐतिहासिक सम्पदास्थल निगु पुखु अर्थात् दुई पोखरीमा चर्चित गायकहरुको प्रस्तुतिसँगै पानीमा डुबुल्की मार्दै भक्तपुरका बासिन्दाले यस वर्षको होली भव्यरूपमा मनाएका छन्। नमस्ते ख्वप टेलिभिजन र लायन्स क्लब अफ नमस्ते ख्वपले संयुक्तरूपमा आज दुई पोखरीमा आयोजना गरेको म्युजिकल कन्सर्टसहितको होली कार्यक्रममा गायक गायिकाको प्रस्तुतिमा पोखरीको पानीमै सयौँ युवायुवतीले झुम्दै नाच्दै एकआपसमा सौहार्दरूपमा रङ खेल्दै होली मनाएका छन्। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चर्चित गायक धीरज राई, मानस राज, शशिकला राई, कपिल कसपाल, रोशन धौभडेल, प्रविण शाही, किरणकुमार शाक्य, कुमार योञ्जन लामालगायतले गीत गाएका थिए। होलीलाई शान्तिपूर्ण, सौहार्दरूपमा एकापसमा रमाइलो गरेर मनाउनुपर्ने सन्देश प्रवाह गर्दै हर्षोल्लासका साथ…

Read More

कैलाली-नेपाली कांग्रेस कैलालीमा नवनिर्वाचित सभापति सहित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन्। बुधबार पार्टी कार्यालयमा जिल्ला कार्यसमितिको पदस्थापना कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति नारायणदत्त भट्ट सहितको पदाधिकारी तथा कार्यसमितिले कार्यभार सम्हालेका हुन्। नेपाली कांग्रेस कैलालीका निवर्तमान उपसभापति प्रकाशबहादुर बमले कार्यालयको चावी, फाईल र प्रोजेक्टर सभापति भट्टलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा सभापति भट्टले आफू सधैँ पार्टीको हितमा मात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म व्यक्ति कसैलाई मन पर्छु वा पर्दैन त्यो थाहा छैन। मलाई गाली गर्नुस वा जे मन लाग्छ त्यो भन्नुस तर, भोट हाल्ने दिन छातीमा हात राखेर म कांग्रेस हुँ भन्नुहोस’ उनले भने ‘यदि त्यस्तो गर्नुभएन। पार्टीभित्र बसेर खुट्टा तान्ने…

Read More

कैलाली- कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप हुने भएको छ। वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टीमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए। “खेलकुदको विकास नै उन्नत समाज र देशको विकास हो” भन्ने मुल नारा सहित हुन महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनको दावी रहेको छ। प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने…

Read More

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाललाई दिइएको छ। माओवादी केन्द्रको बिहीबार बसेको बागमती प्रदेश समितिले चितवनको इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनपछि जिल्लाको इन्चार्ज नियुक्त गरेको थिएन । माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य रहेकी दाहाल भरतपुर नगरपालिकाको मेयर समेत हुन्।

Read More

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले मृतक स्वर्गीय बीमित गौरी प्रसाद भाटको श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको हो। मृतक गौरी प्रसाद भाट १ वर्षको पहिले बीमांक रकम २ लाख रुपैयाँको जीवन बीमा गराएका थिए। टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलिराम चौधरी र एजेन्सी मेनेजर बिष्ण जोशी लगायत स्थानियाको उपस्थिति रहेको थियो।

Read More

म्याड्रिड – स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् । उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।

Read More

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

Read More

धनगढी – गत ३० फागुनमा कैलाली पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो । तर, कांग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्री परिषद्मा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन,’ नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने पनि टुङ्गो छैन, हामी केन्द्रको प्रतिक्षामा छौं ।’ उनले कांग्रेस सरकारमा जाँदा मुख्यमन्त्री नै पाउनुपर्ने दावी समेत गरेका छन् ।…

Read More