Author: शेर भण्डारी

भण्डारी महेन्द्रनगर पोष्ट डटकमका डेस्क सम्पादक हुन् । महेन्द्रनगर पोष्टमा काम गर्नुअघि उनले शिलापत्र अनलाइन, ग्यालेक्सी टिभी लगायतमा काम गरिसकेका छन् ।

धनगढी : कृषि ज्ञान केन्द्र डडेल्धुराको निमित्त हाकिमको जिम्मेवारी खेमराज पनेरुले पाएका छन्। सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनेरुलाई निमित्त हाकिमको जिम्मेवारी दिएको हो। स्रोतका अनुसार पनेरु राजनीतिक पावरले ज्ञान केन्द्र प्रमुख बनेका हुन्। उनी छैठौं तहका कर्मचारी हुन्। उसो त ज्ञान केन्द्रमा नवाैं तहको कार्यालय प्रमुख रहने व्यवस्था छ। तर कृषि मन्त्रालयले कर्मचारीलाई मन्त्रालयमै थन्काएर जुनियर अधिकृतलाई जिल्लामा निमित्त हाकिम बनाइदिएको हो। यसअघि डडेल्धुरामा पनि आठौं तहका रामचन्द्र भट्टले निमित्तको रुपमा काम गरेका थिए। भट्टको सरुवा पश्चात् नयाँ कार्यालय प्रमुख नआएपछि सिनियर कर्मचारीका रूपमा तारीसिंह ठकुराठीले निमित्तको जिम्मेवारी पाउनु पर्ने हो। ठकुराठी र पनेरु छैठौं तहका कर्मचारी…

Read More

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा यहाँका कार्यालयमा छड्के अनुगमन गरिएको हो। प्रशासनले २९ कार्यालमा छड्के अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो। जसमा डडेल्धुरा अस्पतालका मात्रै ९२ जना रहेका छन्। यसैबीच ९ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ। अनुपस्थित रहने कार्यालय प्रमुखमा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख हर्ष रोका, स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउद, ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख द्रोण बुढाथोकी रहेकाे रोकायाले जानकारी…

Read More

डडेल्धुरा : स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। विभिन्न जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रमा भाषण गरेर दिन गुजारिरहेका छन्। सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै छ। तर, यी कुराभन्दा निकै फरक छन्, कञ्चनपुरको भीमदत्त नगरपालिका-१ का वडाअध्यक्ष आसेफ कुँवर ‘भुन्टु’। आसेफ कञ्चनपुरमा भुन्टुका नामले बढी परिचित छन्। भुन्टु कञ्चनपुर बासीका लागि नाैलो नाम होइन्। समाजसेवामा अग्रनी भुमिका खेल्दै आएका भुन्टु आफैंमा स्वच्छ र स्पष्ट…

Read More

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–१ मा रहेको भुवनेश्वरी माध्यामिक विद्यालय हर्तोलाका प्रधानाध्यापक वासुदेव बोगटीले विद्यार्थीलाई कुटेर घाइते बनाएका छन्। छात्रा विद्यार्थीमाथि अश्लील शव्द प्रयोग गरेको विषयमा प्रअ बोगटीले मंगलबार कक्षा १० मा अध्ययनरत १५ वर्षीय छात्र ललित बमलाई कुटपिट गरि घाइते बनाएका हुन्। प्रअको कुटपीटबाट बमको मुखमा चोट लागेको छ। घाइते बमको डडेल्धुरामा उपचार पश्चात घर पठाइको थियो। पीडित छात्र बमका आफन्तका अनुसार डडेल्धुरामा सीटीस्क्यान नभएपछि सामान्य उपचार पश्चात् घर पठाइएको थियो। घर पुर्याएका बम विद्यालय गएका थिए। तर, असह्य पीडाले बस्न नसकेपछि उनलाई धनगढी लगिएको छ। केटाहरूबीच आपसी अश्लील कुरा हुँदै गर्दा प्रअ बोगटीको छोरी त्यहीँबाट हिँड्दै गरेको पीडित बमले…

Read More

डडेल्धुरा : जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ असोज १० गते (बुधबार) राति हुँदै छ। डाणाकान्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ। तर, यस वर्ष भने ‘मालामास’ का कारण असोजमा लाग्दैछ। राती लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ। शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ। शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७/८ बजे तिर गात शिखरमा पुग्छन्। शिखरमा…

Read More

डडेल्धुरा: एकदिवसीय विश्वकप २०२३ सुरु हुन २० दिनभन्दा कम समय बाँकी छ। आइसीसीको यो मेगा इभेन्टका लागि भारतका स्टेडियमलाई दुलही जस्तै सजाइएको छ। आइसीसी एकदिवसीय विश्वकप २०२३ अक्टोबर ५ बाट सुरु हुँदैछ। आइसीसीको यो मेगा इभेन्ट १२ वर्षपछि भारतमा हुन लागेको हो। सन् २०११ मा भारतमा विश्वकप आयोजना भएको थियो जसमा भारतले उपाधि जितेको थियो। यो प्रतियोगिताका लागि क्रिकेट फ्यान उत्सकु छन्। तर, यस विश्वकपमा फ्यानहरूले केही फरक देख्न पाउनेछन्। वास्तवमा यो विश्वकपमा धेरै टिममा केही खेलाडीहरु छन् जो आफ्नो देश छोडेर अन्य देशका लागि खेलिरहेका छन्। इश सोधीन्यूजिल्याण्डका जादुई लेग स्पिनर इश सोधी भारतीय मूलका खेलाडी हुन्। उनको जन्म…

Read More

डडेल्धुराः शनिबार डडेल्धुरा प्रहरीलाई एउटा सूचना प्राप्त भयो। जिल्लाको अमरगढी नगरपालिका–२ आइतबजार नजिकै विरादेको वनमा जुवातास भइरहेको छ। सूचना प्राप्त भएपछि प्रहरीको टोली त्यहाँ पुग्यो। जुवा खेलिरहेका व्यक्ति सरकारी कार्यालयका कर्मचारी समेत थिए। प्रत्यक्षदर्शी स्थानीयका अनुसार करिव ४/५ बजेतिर विरादेउको वनमा प्रहरी पुगेको थियो। केही जुवाडेलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो। र, प्रहरीको भ्यानमा हालेर लगेको थियोे। जसमा ४/५ वडा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको उनीहरूको भनाइ छ। तर, डडेल्धुरा प्रहरीले भने कुनै पनि जुवाडेलाई पक्राउ नगरेको बताइरहेको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जुवा खेल्ने स्थानमा पुग्नु पहिले पानी परेकाले जुवाडे तितरबितर भएको बताए। ‘प्रयास त गरेका हौं।…

Read More