Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

काठमाडौं: नेपाल प्रहरीका दुई एआइजी र एक डिआइजीले हालै अवकाश पाए। एआईजीद्वय सन्दीप भण्डारी मिरा चौधरी तथा डीआईजी विकाराज खनालले उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशपछि रिक्त एआईजी पदमा दुई डीआईजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भइसकेको छ। एआईजी सिफारिस भएसँगै डीआईजी बढुवाको दौडधुप सुरु भएको थियो। डीआईजीमा बढुवाका लागि एसएसपीहरू दौडधुपमा लागेका थिए। बढुवामा एक दर्जन बढी एसएसपीहरू प्रतिस्पर्धामा रहेको बताइन्छ। जसमा सिनियर टोली (हालका प्रहरी प्रमुख आइजीपीकै ब्याचमेट) बाट कृष्णहरी शर्मा, भोला रावल, धुव्र राउत र दिल्लीराज बिष्ट लगायतका छन्। भने २०५४ सालको चैत १८ मा भर्ना भएकामध्येबाट दानबहादुर कार्की र मनोज केसी, राजन अधिकारी लगायतका…

Read More

धनगढी: कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। हिजो (बुधबार) बेलुका प्रहरी जवान सुरज बिक मृत अवस्थामा भेटिएका हुन्। जवान बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा मागेर धनगढी आएका थिए। स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो। उनीएविरुद्ध उजुरी परेकोमा छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको थियो। तर, प्रदेशले हिजो नै बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद बल्झिएको छ। सुदूरपश्चिम प्रदेशमा पार्टीका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगर (दाहाल) लाई सहइन्चार्जको जिम्मेवारी दिएपछि विवाद सुरु भएको थियो। प्रदेशको पार्टी सहइन्चार्ज बनाइएपछि पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले बिनालाई नस्विकारे बताइन्छ। सिनियर नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बिनालाई माओवादी सुदूरपश्चिमम सहइन्चार्ज बनाएको पार्टीको प्रदेश कमिटीको बैठकमै कुरा उठेको बुझिएको छ। त्यतिमात्र होइन, हालै केही केन्द्रिय सदस्यहरुले बिनालाई बैठकबाटै बहिष्कार गरेका थिए। प्रदेशस्तरको बैठकमा कैलालीका माओवादी नेता वीरमान चौधरी, हरि ज्ञवाली, भगत बडुवाल, हेमराज भट्टराई, नेपबहादुर चौधरी लगायतले बिनालाई बहिष्कार गरेका हुन्। फागुन १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले उपमहासचिव गिरिराजमणि…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा लाखौंको तस्करीको विदेशी मदिरा भित्रिने गरेको खुलासा भएको छ। भारतीय प्रहरीले भारतको खटिमाबाट महेन्द्रनगरस्थित ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा मदिराको तस्करी गरेर बेचविखन हुने गरेको खुलासा गरेको हो। हिजो (शुक्रवार) मात्रै नरेन्द्र शाह र हिमाल श्रेष्ठले सञ्चालन गरेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) का लागि आइरहेको तस्करीको मदिरा भारतीय प्रहरीले बरामद गरेको थियो। बरामदमात्र होइन, मदिरासहित २ जना मान्छे र गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ। चम्पावत जिल्लाको प्रहरी चौकी बनबासा इलाकाबाट ५ पेटी (६० बोतल) अङ्ग्रेजी मदिरा र डिजायर कारसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ। चम्पावत जिल्लाका प्रहरी…

Read More

धनगढी: सुदूरपश्चिममा प्रदेश प्रहरी कार्यालयसहित, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी, इलाका प्रहरी तथा वडा प्रहरी कार्यालय समेतका सादा पोसाकमा खटिएका ‘घुमुवा’ हटाइएका छन्। गृह मन्त्रालय एवं प्रहरी प्रधान कार्यालयको बुधबारको परिपत्रले घुमुवा प्रहरी (सादा पोसाकमा खटिएका) हटाइएका हुन्। घुमुवाबाट हटाइएपछि उनीहरूलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ भने दरबन्दी भएकै स्थानमा रमानासमेत गरिएको बताइएको छ। प्रहरी स्रोतकाअनुसार प्रदेश प्रहरी कार्यालयसहित मातहत कार्यालय र युनिटमा सादा पोसाकमा खटाइएका घुमुवालाई हटाइएको हो। गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षक (आइजीपी) को सचिवालयले बिहीबारदेखि नै सादा पोसाकका प्रहरी कर्मचारीलाई हटाउन देशैभरका प्रहरी कार्यालयमा पत्राचार गरेको थियो। सोही पत्राचारपछि…

Read More

धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुर घर भएकी श्रृष्टि बिष्ट कलिलै उमेरमा पाइलट बन्ने भएकी छन्। २० वर्षीया बिष्ट हाल साउथ अफ्रिकामा छिन्। उनले उतै हालै पाइलटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत बैशाखमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्। उनका पिता डा. भुपेन्द्रसिंह बिष्टले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ गरिरहेको बताए। बैतडी पुर्ख्यौली घर भएकी बिष्ट बेलौरीमा जन्मिएर उनको परिवार हाल भीमदत्त नगरपालिकामा बस्दै आएको छ। उनका पिताका अनुसार बिष्ट महेन्द्रनगरबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास…

Read More

धनगढी: सुदूरपश्चिमस्थित बाजुराको बुढीनन्दा नगरपालिका-७ पान्डुसैनकी अमिसा कार्की कलिलैमा पाइलट बन्ने भएकी छन्। बाजुराजस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन्। उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ। गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन्। उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए। उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास (प्ल्सटु) पास…

Read More

धनगढी: नेपाल प्रहरीको प्रधान कार्यालयले मातहत कार्यरत सादा पोशाकका (घुमुवा) प्रहरीलाई हटाउन परिपत्र गरेको छ। हिजो (बुधबार) प्रहरी प्रधान कार्यालयका प्रमुख (आइजिपी) वसन्त कुँवरको सचिवालयले मातहत सबै कार्यालयहरुलाई परिपत्र गरेको हो प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले पनि हालका सादा पोशाकमा कार्यरत प्रहरीलाई हटाउन परिपत्र गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार सबै प्रदेश प्रहरी कार्यालयसहित जिल्ला प्रहरी कार्यालयसमेतलाई परिपत्र गएको छ। आवश्यक विषेश कामका लागि भने पछि सादा पोशाकमा असल, इमानदार छविका प्रहरी कर्मचारीलाई खटाउने मिल्ने छ। हाल प्रदेश प्रहरी कार्यालय लगायतका प्रहरी कार्यालयहरुले घुमुवा खटाउदै आएका छन्। उनीहरूले अपराध अनुसन्धान लगायत लागुऔषध नियन्त्रणमा काम गर्दै आएका छन्।

Read More

धनगढी: सुदूरपश्चिममा कार्यरत ७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार डीएसपीहरुको सरुवा भएको हो। देशैभर १४१ जना डीएसपीको सरुवा भएकोमा सुदूरपश्चिमका ७ जनाको सरुवा भएको छ। जसमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी कुलदिप चन्द, कञ्चनपुरमा कार्यरत प्रकाश डाँगी, इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियामा कार्यरत गणेशबहादुर बराल, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कबिन्द्र बोहरा, ईलाका प्रहरी कार्यालय सुक्खड कैलालीमा कार्यरत वीरेन्द्र वीर विश्वकर्मा, सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायल डोटीमा कार्यरत सागर बोहरा र जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत निशान्त श्रीवास्तव रहेका छन्। उनीहरूमध्ये डीएसपी कुलदिप चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा…

Read More

धनगढी: सुदूरपश्चिमको कञ्चनपुरस्थित दोधाराचाँदनी हुँदै भारतको दिल्लीतिर चिनियाँ लाइटरको तस्करी हुने गरेको पाइएको छ। भारत सरकारले प्रतिबन्ध लगाएको चिनियाँ लाइटर नेपालबाट तस्करी हुने गरेको पाइएको हो। चीनबाट आयात हुने लाइटर सुदूरपश्चिमसहित नेपालका विभिन्न नाकाको चोरबाटो हुँदै अवैध रूपमा भारत निकासी हुँदै आएको छ। सुदूरपश्चिमको हकमा भने चीनबाट आयातित लाइटर महेन्द्रनगरलाई ‘ट्रान्जिट’ बनाएर खुलेआम भारत तस्करी भइरहेको हो। नेपाल–भारत द्विपक्षीय व्यापार सन्धिअनुसार एक देशबाट आयातित सामान सोझै अर्को देश निर्यात गर्न मिल्दैन। तर, केही तस्कर र व्यवसायीहरूले भने चीनबाट आयात गरेको लाइटर सुदूरपश्चिम हुँदै सुरक्षाकर्मीकै सेटिङमा भारत पठाइरहेको खुलेको छ। भारत सरकारले गत जुन २९ (असार १४) मा ‘प्लास्टिकबाट निर्मित अनि…

Read More