Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र कुमार राई प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधिरकम्प्युटरतर्फका एसपी राईलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल फरेन्सिक युनिट प्राविधिक, टंगालमा कार्यरत छन्। यस्तै प्रहरी प्रधान कार्यालयले दुई वरिष्ठ नायव निरीक्षकलाई पनि प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह,…

Read More

काठमाडौंः नेपाल प्रहरीका दुई एआईजीको सरूवा र दुईको पदस्थापन भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सुदीप गिरी र टेकप्रसाद राईको सरुवा गरेको हो। गिरीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान र राईलाई प्रशासन बिभागमा सरुवा गरिएको छ। त्यसैगरि बैठकले एआईजी भिम ढकाललाई मानव स्रोत विभाग र उमेशराज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

Read More

धनगढीः नेपाल प्रहरीका डिआईजी उमेश जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको छ। जोशी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् भने ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। वैशाख ४ गते बसेको बढुवा समितिको बैठकले जोशी र ढकाललाई बढुवाको लागि सिफारिस गरेको थियो। उक्त सिफारिसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

Read More

काठमाडौं : नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो। अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन्। सिआइबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान थालेको थियो। नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक(पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।…

Read More

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक सुरु भएको हो । बैठकमा दैनिक प्रशासनिक कामकारबाहीबारे आवश्यक निर्णय हुनुका साथै शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बुझिएको छ । यस्तै कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

Read More

धनगढी : कैलाली र कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ८७ हजार ८४५ मूल्यको अवैध सामान फेला परेको हो । बुधवार कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक र टीकापुर नगरपालिका-१ मेन्था चोकस्थित भित्रि सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६७ हजार २९५ मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ । उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, चक्लेट, धनियाँ, दाल, नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-५ वनगाउँ…

Read More

धनगढी: बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ पोखरीकी १९ वर्षीया रेश्माकुमारी धामी मृत फेला परेकी हुन्। आफ्नै घरभित्र कोठामा झुण्डिएको अवस्थामा बुधबार दिउँसो १२ बजेतिर धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। उनी जवलपुर मावि सैलोडामा कक्षा १२ मा अध्ययनरत थिइन्। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहतर्फका पाँच प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा गरेको हो । प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका उनीहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

Read More

धनगढीः कैलालीको धनगढीका ३ जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१७ पथरीका २७ वर्षीय बिनोद चौधरी २७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। यस्तै धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँका २५ वर्षीय उमेश राना र १९ वर्षीय रुस्तम राना ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। बुधवार तीनैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More