Author: महेन्द्रनगर पोष्ट

दाङ : कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको  लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गरे। पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो। ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिए। एक दर्जनभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिए। ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो’ उनले भने।

Read More

सप्तरी : सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले लागुअ‍ौषधसहित पक्राउ गरेको छ। नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह-संयोजक साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेले बताए। बाेदे बर्साइन नगरपालिका वडा नम्बर ५ का सह-संयोजक साहले ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताए। त्यही आरोपमा बोदे बर्साइन नगरपालिका-५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए।

Read More

काठमाडौं : नेपाली महिला क्रिकेटर रुबिना क्षत्री र सिता रानामगरले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन्। आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन् । दुवै अलराउन्डर हुन् ।

Read More

डडेल्धुराः नवदुर्गा गाउँपालिकामा निर्माणधिन कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माणका गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको आरोप लागेको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय डडेल्धुराले नवदुर्गा गाउँपालिकामा निर्माण गरिरहेको उक्त भवनमा गुणस्तरहीन सामग्री प्रयोग आरोप लागेको हो। नवदुर्गा गाउँपालिकाको मुकाम नजिकै निर्माण भइरहेको कृषि तथा पशु सेवा केन्द्रको भवन गुणस्तरहीन काम भइरहेको स्थानीय शेरबहादुर बिष्टले जानकारी दिए। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मातहतको आर्थिक करिडोर कार्यालय डडेल्धुराले उक्त सेवा केन्द्रको भवन निर्माणका लागि सिनर्जी विल्डर्स काठमाण्डौसँग सम्झौता गरेको छ। तर, निर्माण कम्पनी सिनर्जी विल्डर्सले भने परामर्सदाता इन्जिनियरसँगको मिलेमतोमा गुणस्तरहीन सामग्री प्रयोग गरेको बिष्टको आरोप छ।…

Read More

बाँके : जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघिको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कंदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्ट्याइरहन्छिन् । भूकम्पमा परी घाइते उनी हाल नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । गएको शुक्रबार रातिको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिका–६, भारगाउँकी जमुनाकोे संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै–एउटैजस्तो देखिन्छ । तर, जमुनालाई आफ्नो व्यथा अरूको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्कंदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्ण रूपमा फर्किएको छैन । श्रीमान्…

Read More

धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का डेडक्वाटर तानिएका छन्। खड्कालाई आवश्यकताअनुसार हेडक्वाटर तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंबाट धनुषा सरुवा भई गएका थिए। उनलाई आरती साहको हत्या प्रकरणको अनुसन्धान गर्न गठित समितिले एसपी खड्कालाई हेडक्वाटर तान्न सुझाएको थियो। धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन्। खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए। सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो। आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी…

Read More

काठमाडौं : आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्दैछ। जारी विश्वकपको सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनका लागि यो खेल महत्वपूर्ण रहेको छ। दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुने खेलमा तेस्रो स्थानको अस्ट्रेलियाले छैटौं स्थानको अफगानिस्तानसँग खेल्नेछ। आ​​जको खेलमा अस्ट्रेलियाले जित गर्दा गरे उसको सेमिफाइनल पुग्नेछ। अफगानिस्तानको भने सेमिफाइनल सम्भावना अत्यन्तै न्यून हुनेछ। चौथो स्थानमा नै भएको न्युजिल्यान्ड र अफगानिस्तानको समान आठ अंक छ। तर कम नेट रनरेटका आधारमा अफगानिस्तान छैटौं स्थानमा छ। अब उसले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ। त्यसैले अफगानिस्तानले जित दर्ता गर्नुको विकल्प छैन। यता अस्ट्रेलियाले अब अफगानिस्तान र बंगलादेशसँग मात्र खेल्न…

Read More

धनगढी: जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली फर्काइएको छ। उनीहरुलाई तत्काल मेडिकल टिमको आवश्यकता नभएको भन्दै फिर्ता पठाइएको हो। कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै उनीहरूलाई फर्काइदिएको बताइन्छ। सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सर्म्पक व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो। सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि…

Read More

कैलाली: कैलाली जिल्ला अदालतबाट मोबाइलसहित एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली समेत चोरी भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर चोरी भएको हो। अभिलेख शाखाबाट दसी प्रमाणमा प्राप्त भएका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरी भएको प्रहरीले जनाएको छ। चोरको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए। कैलाली जिल्ला अदालतले मिसिल पनि चोरी भएको हुनसक्ने आशंकामा सम्पूर्ण शाखामा रिपोर्ट माग गरेको छ। अदालतको सीसीटीभी फुटेजमा एक अज्ञात व्यक्ति अनाधिकृत रुपमा प्रवेश गरेको भिडिओ कैद भएको छ। उक्त फुटेज प्रहरीले…

Read More

बैतडी: बैतडीको शिवनाथ गाउँपालिकाले जाजरकोट भूकम्पले प्रभावित भएका नागरिकहरुलाई सहयोग पुर्‍याउन नगद जम्मा गरेको छ। गाउँकार्यपालिकाको निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला विपद् व्यवस्थापन समिति रुकुमपश्चिमको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए। गाउँकार्यपालिकाले जाजरकोटमा ७५ हजार र रुकुमपश्चिममा ५० हजार आर्थिक सहयोग पठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार दुवै जिल्लाको विपद् व्यवस्थापन समितिको खातामा रकम जमा गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए।

Read More