Author: महेन्द्रनगर पोष्ट

धनगढी : सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ। शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दे ५ दिनका लागि नेपाल टेलिकमले फोन तथा म्यासेज निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनकाअनुसार उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ। ‘नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गएराति गएको शक्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गर्दछौं। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको…

Read More

डडेल्धुरा: डडेल्धुरामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– १ तोलि गाउँ बस्ने मीनबहादुर बोहराकि श्रीमती नारूदेवी बोहराको शनिबार बिहान घाँस काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो। शनिबार बिहानै १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखवाट लडेर भीरवाट खोलामा परी उनको मृत्यु भएको स्थानीय योगेन्द्र देउवाले जानकारी दिए।

Read More

धनगढी : भारतका उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले शुक्रबार मध्यरातमा गएको भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री धामीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भूकम्पमा परी धेरैको ज्यान गएको खबरले अत्यन्त दुखद बनाएको बताएका हुन्। ‘छिमेकी राष्ट्र नेपालमा गएराति गएको भूकम्पमा परी धेरैको ज्यान गएको खबर अत्यन्तै दुखद छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो दुख सहन गर्ने शक्ति भगवानले प्रदान गरुन् भनी प्रार्थना गर्दछु,’उनले लेखेका छन्, ‘शोक सन्तप्त परिवारसँग मेरो समवेदना छ।’ गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु…

Read More

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप गाउँपालिकाले दुईलाख दिने भएको हो। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहतको लागि सरकारको कोष मार्फत पालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिका–२ का वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए। गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन् ।

Read More

नेपालगन्ज : जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको छ। भेरी अस्पताल नेपालगन्जमा जाजरकोट र रुकुमका १९ जना घाइतेको उपचार भइरहेको हो। हेलिकोप्टरबाट ल्याएका बिरामीको भेरी अस्पतालको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ। उपचार गराइरहेकामध्ये जाजरकोटका १२ र सात जना रुकुमका छन्। घाइतेहरुको उपचारमा विशेषज्ञ चिकित्सकसहित अस्पतालका स्वास्थ्यकर्मीहरु बिहानैदेखि तैनाथ गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले थप १० जना घाइतेलाई भेरीमा ल्याउन हेलिकोप्टर उडिसकेको बताए। जाजरकोटको खलङ्गाकाबाट एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो। घाइते बिरामीहरुको नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी…

Read More

रुकुम पश्चिम : गएराति आएको भूकम्पका कारण रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ। ठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ। तर, त्यसमध्ये आठबीसकोट-१४ कामात्रै २७ जना छन्। त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ। यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ।

Read More

धनगढी: भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन्। भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ।

Read More

धनगढी : गएराती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु बनाई गएको भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी परिचालन भएका छन्। जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी परिचालन भएका हुन्। हालसम्म भूकम्प परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३७ जना गरी १ सय ३२ जनाको मृत्यु भएको छ भने १ सय ५५ जनाको उद्धार गरिएको छ। भूकम्पमा परेकाहरुको खोज तथा उद्धारको लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी प्राविधिक निरीक्षक डा.निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली समेत खटाइएको छ। त्यस्तै, ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७०…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ। केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा.तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको हो। साथै, केन्द्रीय सदस्य दीपक बोहराको टोली राहत सामग्री संकलन गरेर जाजरकोटतर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ। शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको हो। सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय समेत गरेको गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ।

Read More