Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल मगर विद्यार्थी संघ कैलालीको जिल्ला अध्यक्षमा मनोज पुन मगर चयन भएका छन्। आज (शनिबार) जिल्लाको गोदावरी नगरपालिकास्थित नेपाल मगर संघको हलमा आयोजित मगर विद्यार्थीहरुको भेलाबाट मगरलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन्। यस्तै सो संघको उपाध्यक्षमा आशा सारु मगर, सचिवमा किरण आले मगर, सहसचिवमा कल्पना घर्ती मगर, र कोषाध्यक्षमा टेक घर्ती मगर चयन भएका छन्। त्यस्तै सदस्यहरुमा डेनिस घर्ती मगर, हिमान्शा थापा मगर, जेनिसा राना मगर, किरण बुचा मगर, धिरज घर्ती मगर, स्मृति थापा मगर, चमेली थापा मगर, प्रमेश मगर र हिमा कुमारी थापा मगर चयन भएका छन्। भेलामा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय समिति वरिष्ठ उपाध्यक्ष राजु…

Read More

काठमाडौँ : इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन । मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसङ्ग कोशीको सरकारवारे छलफल सकारात्मक नभएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताइएको छ । समाजवादी मोर्चा नेपालले धनगढीमा २९ गते गर्ने आमसभाको बारेमा एक किमिमले सहमति भएको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘बढ्दो महँगी रोक्न गम्भीर छलफल गर्ने सहमति भएको छ । विज्ञहरुसँग आगामी शनिबारका दिन छलफल गर्नेसम्बन्धमा प्रधानमन्त्रीले सहमति जनाएको र त्यसअघि गठबन्धनमा आवद्ध दलहरुबीच पनि कुराकानी गर्नुपर्नेमा एकमत भएको छ ।’ अध्यक्ष नेपालको पार्टीले दिएको ज्ञापनपत्रबारे छलफल…

Read More

डोटी : नेकपा एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटीलाई पदमुक्त गरिएको छ । शनिवार एकीकृत समाजवादीका डोटी जिल्ला इन्चार्ज पूर्णा जोशीले एक विज्ञप्ति जारी गर्दै बोगटीलाई पदमुक्त गरिएको बताएकी छन् । विज्ञप्तिमा अध्यक्ष बोगटीले पार्टी कमिटी र माथिल्लो कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको आरोप लगाइएको छ । ‘पार्टी निर्णय कार्यान्वयन गर्न गराउनुको सट्टा पार्टी अनुशासन र हित विपरीतका गतिविधिमा अध्यक्ष स्वयं संलग्न हुनु भएको जानकारी आएकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई विधि पद्धति बमोजिम सञ्चालन गर्दै पार्टीका निर्णय कार्यान्वयन गर्न अध्यक्ष कमरेड दीर्घराज बोगटी उदासीन र गैर जिम्मेवार हुनु भएकोले निजलाई पदमुक्त गरी वर्तमान…

Read More

झापा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन्। कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए। “सोझै नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो”, महामन्त्री शर्माले भने, “माफी नै दिनुपर्दा पीडित परिवारको सहमतिमा मात्र दिइने कानुनी व्यवस्था हुनुपर्छ।” उनले पीडित परिवारको सहमतिबेगर कुनै पनि आममाफी दिन नहुने बताए। साउदी अरबजस्ता मुलुकमा मृत्युदण्ड घोषणा भइसकेका अभियुक्तलाई समेत आममाफी दिने चलन रहेको चर्चा गर्दै महामन्त्री शर्माले…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए। त्यसअघि राष्ट्रपति पौडेललाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेग्ला–बेग्लै भेटेर समसामयिक विषयमा छलफल भएका सल्लाहकार पोखरेलले बताए।

Read More

काठमाडौं : नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेलाई कारबाही सिफारिस भएको छ । शंकास्पद रकम लेनदेनबारे परेको उजुरी उपर भएको छानबिनमा कारबाही सिफारिस भएको हो । डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उनको केही आर्थिक कारोबार शंकास्पद देखिएको र त्यसको बैधानिकता पुष्टि गर्न नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस भएको स्रोत बताउँछ । वीरगञ्जका व्यवसायी राज साहसँग टेलिफोनमा लेनदेन बारे गरेको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि छानबिन भएको थियो । उजुरी दिनेले हुन्डी कारोबारीलाई जोगाएर लाभ लिएको दाबी गरेका थिए । तर, हुन्डी कारोबारीलाई जोगाएको पुष्टि हुन नसकेको बरु…

Read More

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन्। बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन्। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ। प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टको भ्रमण गर्ने कार्यतालीका छ। ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि निरन्तर सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्ने कार्यतालीका रहेको छ। प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ। बेलायत…

Read More

धनगढी : कैलालीमा ट्रकसहित झण्डै दुई लाखरुपैयाँ बराबरको अवैध तरकारीसहित एक जना ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ चटकपुरको दक्षिणकाली क्षेत्रबाट सोही ठाउँ बस्ने ४७ वर्षीय संतिश गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले नेपालगंजको रुपडिया नाकाबाट युपी ७६ के ८२१४ नम्बरको भारतीय ट्रक र भारत घर भएर धनगढी बस्ने चालक गुप्तालाई नियन्त्रणमा लिइएको बताए । गुप्ताले ट्रकमा ल्याइरहेको ३० टन आलु मध्ये २६ टनको भन्सार काटेको देखिएपनि ४ टनको भन्सार नकाटेको देखिएपछि नियन्त्रण लिइएको चन्दले बताए । एक लाख ८० हजार…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्। शुक्रवार साँझ उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागुऔषध तौल गर्ने एक थान तराजुसहित पक्राउ गरेको हो।

Read More