Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमतिपत्र तयार गरिएको छ । यो सहमतिपत्रमाथि अहिले गृह मन्त्रालयमा जारी वार्तामा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिको पहिलो बुँदामा नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने उल्लेख छ । दोस्रो बुँदामा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विभिन्न ९ वटा संशोधन प्रस्ताव गरिएको छ । शिक्षकको समायोजन,…

Read More

डडेल्धुरा: डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ जर्नेमा घरधनी बोहरासँगै करनदेव ओझा, करन बोहरा, जयराज पन्त, भीमबहादुर स्नेही र शन्तोष साउँद रहेको प्रहरी निरिक्षक बीरबहादुर थापाले जानकारी दिए। उनका अनुसार बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।

Read More

काठमाडौं: आउँदो आइसिसी यू–१९ विश्वकपमा पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसँग खेल्ने भएको छ । आइसिसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले आउँदो वर्षको १३ जनवरीमा न्यूजिल्याण्डसँग खेल्ने भएको हो । नेपालले दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग खेल्नेछ । नेपालले २० जनवरीमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्ने तालिका छ । श्रीलंकामा आयोजना हुने विश्वकप १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म हुनेछ । गत २ मार्चमा भएको एसिया छनोट फाइनलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकप छनोट भएको हो । आसन्न विश्वकपमा १६ देशको सहभागिता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ…

Read More

बैतडी: बैतडीमा एक किशोरी मृत फेला परेकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ बुदीलकी १९ वर्षीया चन्द्रा बिष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए शुक्रबार दिउँसो एक बजेतिर उनी झुण्डिएको बताइएको छ। सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट झुण्डिनुको कारण भने खुलेको छैन् । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः बझाङको केदारस्युँ गाँउपालिका–४ स्थित रत्न माध्यमिक विद्यालयका मावि राहत शिक्षक इन्द्रबहादुर मल्लको भिडिओ सामाजिक सञ्चालमा भाइरल भएको छ। शिक्षकको आन्दोलनमा सहभागी हुन बझाङबाट काठमाडौं पुगेका मल्ल गोंगबुमा मदिराले लट्ठ अवस्थामा भेटिएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका हुन्। भाइरल भिडियोमा विद्यालय शिक्षा विधेयकको विरोध गर्न काठमाडौं पुगेका मल्ल शिक्षक पोशाकमै मदिराले लट्ठ देखिएका छन्। घाँटीमा शिक्षक परिचयपत्र (आइडी कार्ड) भिरेका मल्ल सुर्ती माड्दै स्थानीयहरूसँग कुरा गरिरहेका भिडिओमा देखिन्छन्। स्थानीयसँग कुरा गर्दै उनी भन्छन्, ‘शिक्षकहरूको आन्दोलन होइन, डिमान्ड हो, माग हो।’ स्थानीयसँग कुरा गरिरहँदा उनले सुर्ती माडेर मुखमा राख्छन्। एक स्थानीयले उनको घाँडीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि उनी बझाङको भएको खुल्न…

Read More

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ। पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै पालिकाका गत आर्थिक वर्ष २०७९/०८० को उपलब्धि सार्वजनिक गरेको हो। गत आर्थिक वर्ष २०७९/०८० मा नवदुर्गा गाउँपालिकाले चालु तर्फको ३१ करोड २८ लाख ३८ हजार रुपियाँ बराबरमा २७ करोड ३३ लाख ४७ हजार ६२४ रुपियाँ खर्च भएको छ भने ३ करोड ९४ लाख ९० हजार रुपियाँ फ्रिज गएको छ। यस्तै पूजीगत तर्फको १५ करोड १९ लाख २७ हजार रुपियाँ मध्ये १२ करोड २२ हजार ८३ हजार ३१७ रुपियाँ खर्च हुदा २ करोड ९६ लाख ४३ हजार ६८३ रुपियाँ फ्रिज भएको प्रशासन शाखा अधिकृत पुष्पराज…

Read More

डडेल्धुरा : पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ। काठमाडौंको वीर अस्पतालमा क्यान्सर रोगको उपचार गराइरहेका पुराना नेता भट्टको गएराति निधन भएको हो। राति साढे दश बजे अस्पतालमै उनको निधन भएको भतिज पुष्प भट्टले जानकारी दिए। खेमराज भट्टको १९ असार २००७ सालमा डडेलधुराको भागेश्वर गाउँपालिका डुमरीमा बुवा भोजराज र आमा पार्वती भट्टको कोखबाट भएको थियो। उनका दुई छोरा छन्। श्रीमतीको यसअघि नै मिर्गौला रोगका कारणबाट निधन भइसकेका थियो। भट्टले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उतीर्ण गरेका थिए। डडेलधुराबाट बर्दियाको दौलतपुरमा बसाई सरपछि भने उनको राजनीतिक यात्रा सुरु भयो, नेपाली काँग्रेसबाट। उनी छिट्टै उदीयमान नेताको रुपमा स्थापित भए। निरंकुश पञ्चायती व्यवस्थाका…

Read More

काठमाडौं : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ। संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको हो भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी थिए।

Read More

काठमाडौंः प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्ली जाने भएका छन्। १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन शर्मा ७ असोजमा दिल्ली जाने भएका हुन्। भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म सम्मेलन हुने छ। पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो–प्यासिफिक’ भनिएको छ। शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो। प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ। उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन्। नेपाली सेनाका…

Read More

बैतडी : बैतडीको पाटनमा हुने तेस्रो संस्करणको पाटन प्रिमियर लिग कात्तिक पहिलो साता गर्ने तयारी भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा हुन लागेको तेस्रो संस्करणको खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता कात्तिक पहिलो साता गर्ने तयारी भएको हो। कार्तिक पहिलो साता प्रतियोगिता गर्ने गरी भइरहेको पाटन क्रिकेट क्लबका अध्क्षय किरण चन्दले बताए। उनले आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठक समेत डाकेको जानकारी दिए। ‘यही असोज १३ गतेदेखि २७ गतेसम्म टिम दर्ता गरिसक्नु पर्नेछ। टिमदर्ता भइसकेपछि लगत्तै प्रतियोगिताको मिति तय गरिने छ,’ उनले भने। कात्तिकमा हुने क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११…

Read More