Author: टेकसिंह धामी

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले पदभार ग्रहण गरेका छन्। आज (मंगलबार) डा. कमरले अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) को जिम्मेवारी लिदै पदभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै कमरले आफ्नो कार्यकालमा आफूले अस्पतालको डेलिभरी सिस्टममा पर्याप्त सुधार गर्ने बताए। उनले अहिले पनि सेती अस्पतालमा थुप्रै राम्रा कामहरु सुरुवातको चरणमा रहेको र आफूले थप नयाँ योजनाहरु बनाएको बताए। उनले भने, ‘अब हामीले लगत्तै वेबसाईट बनाउने तयारीदेखि लिएर इमेर्जेन्सी र वार्डहरुको कर्मचारी अभावको समस्यालाई समाधान गर्नेछौं। यस्तै ओपिडीको भीड व्यवस्थापन, अपरेसनको लागि बिरामीले भोग्ने सास्तीलाई हटाउने छौं।’ यस्तै अर्को सन्दर्भमा उनले आफू धनगढी अर्थात सुदूरपश्चिमबाहिरको मान्छे भएकाले काम…

Read More

धनगढी: नेपालमा लुकेर बसेका नैनिताल घर भएका भारतीय भगौडा गुण्डा नाइके ५० वर्षीय दीपक सिसोदिया पक्राउ परेका छन्। आज (सोमबार) कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका वनबासाबाट दीपक समातिएका हुन्। हत्या केसमा जेल सजाय भोगिरहेका अन्डरवर्ल्ड डन छोटा राजनका निकट सहयोगी दीपकलाई उत्तराखण्ड एसटीएफले पक्राउ गरेको हो। दीपक मुम्बईका प्रसिद्ध खोज पत्रकार जे. डेको हत्याका लागि हतियार सप्लाई गरेको आरोपमा आजीवन कारावास सजाय भोगिरहेका थिए। मिड डेका वरिष्ठ पत्रकार ज्योतिर्मय जे. डेको मुम्बईको पवई क्षेत्रमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो। डेलाई नजिकैको हिरानन्दनी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। डेले त्यसबेला अन्डरवर्ल्डलाई केन्द्रमा राखेर समाचार लेख्थे।…

Read More

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालबाट संघीय सरकार मातहत रहेको गेटा अस्पतालमा पठाइएका विशेषज्ञ चिकित्सक तथा छात्रवृत्ति करारका चिकित्सकले क्वाटरमा कब्जा जमाएको पाइएको छ। गेटा अस्पताल, कैलालीमा सरुवा भएपछि छोडेर जानुपर्नेमा चिकित्सकहरुले सेतीकै क्वाटरमा कब्जा जमाएका हुन्। अस्पताल स्रोतका अनुसार करिब १ महिनाअघि नै सरुवा भएर रमानासमेत बुझिसकेका चिकित्सकहरुले पनि क्वाटर छोडेका छैनन्। जसमा छात्रवृत्ति करारमा रहेका एमडीजिपी डा. गणेश फुलारा, प्याथोलोजिस्ट डा. वर्षा आचार्य रहेका छन्। पति-पत्नीसमेत रहेका उनीहरुको धनगढीमै निजी घरसमेत छ। तर सरुवा भएर रमाना बुझेर पनि बुढाबुढीद्वयले क्वाटर छोड्न अटेरी गरेका हुन्। यस्तै संघमा दरबन्दी रही सेती अस्पतालमा कार्यरत रहेका र गेटा पठाइएका वरिष्ठ रेडियोलोजिष्ट डा. होम…

Read More

धनगढी: धनगढीकी लेडी डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा उच्च अदालतको आदेश आएको छ। कैलाली जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पीडित परिवारले उच्च अदालत दीपायलमा पुनरावेदन गरेको थियो। उक्त पुनरावेदनमा पनि जिल्ला अदालतको थुनछेक आदेश नै सदर भएको उच्च अदालत स्रोतले जानकारी दिएको छ। गत बिहीबार सो आदेश सदर गरिएको हो। यसअघि गत जेठ ४ गते धनगढीमा डा. प्रसन्ना मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका डाक्टरलाई कारागार चलान गरिएकाे थियो। आफ्नै घरकाे काेठामा मृत भेटिएकी धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्नाकाे आत्महत्या दुरूत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलाउन गरिएको हो। यस्तै साेही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका…

Read More

धनगढी: सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टमाथिको छानबिन सकिएको छ। भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले आफ्नो छानबिन सकाएर प्रतिवेदन बुझाएको हो। भट्टसँग सोधखोजसहितको अनुसन्धान र छानबिन गरेको सो समितिले भदौ १९ गते प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाएको उपसमितिका संयोजक मानबहादुर धामीले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उपसमितिले भट्टले आचरण र मर्यादाविपरीत काम गरेकोले आर्थिक अख्तियारीसहितको जिम्मेवारी रोकिनुपर्छ भनेर सिफारिस गरेको छ। यस्तै भट्टले तथानाम बोलेको अडियो/ भिडियोलाई पनि फरेन्सिक टेस्ट गरि सत्यतथ्य छानबिन गरेर कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालयलाई पत्र लेख्ने निर्णय सिफारिस गरेको धामीले बताए। भट्टले सोधपुछका क्रममा भने सो अडियो र भिडियोमा भएको…

Read More

धनगढीः धनगढीमा मृत फेला परेकी युवतीको प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ। कैलाली प्रहरीले दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालको मृत्युु प्रकरणको अनुसन्धान सकेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्रबहादुर पालले सो घटनाको अनुसन्धान सकिएको र फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनकाअनुसार आत्महत्या दुरुत्साहन मुद्दामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरेको थियो। कोट्टारी अहिले पनि प्रहरी हिरासतमा छन्। यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकबहादुर कार्कीले पनि अनुसन्धान सकिएको र सरकारी वकिलको कार्यालयले सो फाइल सोमबारसम्म अदालत पुग्ने बताए। प्रहरीले अनुसन्धानबाट…

Read More

धनगढी: सुदूरपश्चिममै ख्याति प्राप्त संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तले अस्तिमात्रै अन्न त्यागे। जनैपूणिर्माको दिन थियो, त्यहीँ दिन १ सय २ वर्षीय पण्डित पन्तले अन्न त्यागेका हुन्। सनातन धर्म र संस्कृती, संस्कार र पूर्वीय दर्शनका ज्ञाता पन्तले सो दिन अन्नमात्रै त्यागेकोमा त्यसपछि जलसमेत त्यागेका थिए। पन्तले आजसम्म अन्नदेखि जलसम्म केही ग्रहण नगरी शास्त्रीय अवसानको लागि संघर्ष गरिरहेका थिए। उनका पुत्र डिआर पन्तका अनुसार आज पन्तको सो संघर्षको घडी समाप्त भएको छ। यानिकी ज्योतिषी पन्तको निधन भएको छ। पन्त धार्मिक र शास्त्रीय अवसानको पथमा लम्किएका हुन्। आज (शुक्रबार) पन्तको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जीवनकालभर संस्कृतीविद्, ज्योतिषी र…

Read More

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालका निवर्तमान प्रमुखले सरुवा भएपछि बिदामा बसेर छुट्टी थपेको थप्यै गरेको पाइएको छ। सेती प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले यस्तो गरेको पाइएको हो। स्रोतका अनुसार पाण्डेले सरुवा भएपछि लगातार ३ पटक बिदा माग गरेका छन्। उनले सरुवा भएलगत्तै बिदा मागेर घर बसेकोमा बिदा समय थप्याथप्यै गरेका हुन्। ११औं तहका चिकित्सक पाण्डेलाई २०७५ साउनमा स्वास्थ्य निर्देशनालयले सेतीको मेडिकल सुपरीडेन्टेन्टको जिम्मेवारी दिएको थियो। त्यसपछि हालै यहीँ भदौ ६ गते सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको निर्णयले उनलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो। सरुवा भएपछि पाण्डे दोस्रो दिनबाटै (भदौ ७ गते) बिदामा बसेका थिए। अस्पताल…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा गैरसरकारी संस्था (एनजीओ) ले कब्जा जमाएको पाइएको छ। मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेका २ कोठामा उनीहरूले कब्जा जमाएका हुन्। स्रोतका अनुसार नेपाल व्यवसायीक योग्यता प्रणालीको प्रादेशिक परियोजना सहयोग एकाई र टिभीइटी फर युथ क्वालिटी प्रोजेक्ट नामक एनजीओले मन्त्रालयमा कब्जा जमाएका हुन्। मन्त्रालयका कर्मचारी र मन्त्रीकै संरक्षणमा करिब ६ महिना अघिदेखि उनीहरुले मन्त्रालयबाटै कामकाज गरिरहेको बताइएको छ। उनीहरूले मन्त्रालयका कर्मचारी बस्न बनाइएका २० नम्बर र २१ नम्बर कोठाको कार्यकक्षसमेत प्रयोग गर्दै आएका छन्। यता, मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने मन्त्रालयकै कार्यक्रमलाई सहयोग गर्न एनजीओ राखिएको बताए। उनले महेन्द्रनगरपोष्टसँग भने, ‘हाम्रै प्रोग्रामलाई सपोर्ट गर्नलाई राखिएको…

Read More

धनगढी: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको छ। महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको हो। उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा (राैगती भन्ने स्थानमा) रोकेको बताइएको छ। उनीहरूलाई चेकजाँच गर्दै जान अनुमती नभएकोले रोकिएको एसएसबीले बताएको छ। प्राप्त जानकारीअनुसार भारतको छियालेकदेखि गर्ब्याङ हुँदै सीतापुलसम्मको नोटिफाइड एरियाबाट यात्रा गर्न सबैले भारतीय प्रशासनको परमिट (लिखित अनुमति) बनाइएको छ। रोकिएका तीनै जनालाई ‘आप लोगोँ कि परमिट में कुछ फर्क है’ भन्दै रोकिएको थियो। धारचुलास्थित एसडिएम कार्यालयबाट आदेश आएपछि मात्रै रोकिएका ती तीन जनालाई जान…

Read More