Author: टेकसिंह धामी

काठमाडौँ: ‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही फेरि विवादमा तानिएकी छन्। यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक विवादमा तानिएकी हुन्। उनी हाल ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्जको रुपमा कार्यरत छन्। उनै इन्स्पेक्टर शाही विवादमा तानिएर अहिले उनीमाथि छानबिन थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनीमाथि आर्थिक अपचलन गरेको आरोप छ। सोही आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ। जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ। बलात्कार घटनलाई उनले हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको उनीमाथि आरोप लागेको हो। सोही सन्दर्भमा उपत्यका प्रहरी…

Read More

धनगढी: प्रहरी प्रधान कार्यालयले मंगलबार नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा तथा काज गरिएको हो। असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा /काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेशका केही जिल्ला प्रहरी कार्यालयसहित अन्य कार्यालयमा पनि नयाँ डिएसपी पठाइएका छन् भने केहीको सरुवा भएको छ। जसअनुसार डिएसपी सन्तोष पाठक जिल्ला प्रहरी कार्यालय अछामबाट सरुवा भएर नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्साल, काठमाण्डौ गएका छन्। उनको स्थानमा ईश्वरी प्रसाद भण्डारी बागमती प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा हेटौडा, मकवानपुरबाट…

Read More

धनगढी: नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा तथा काज भएको जनाएको छ। उनीहरूले २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ। सो सरुवामा सुदूरपश्चिमका पनि केही एसपी परेका छन्। जसमा एसपी खड्क बहादुर खत्री नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवनबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरमा सरुवा भई आउने भएका छन्। सो गणमा रहेका तत्कालीन एसपी प्रेम बहादुर बस्नेत हालै…

Read More

काठमाडौं: सुदूरपश्चिम घर भएका शंकरलाल चौधरी भारतको उत्तराखण्डमा इन्काउन्टर पक्राउमा परेका छन्। शनिबार चौधरीलाई इन्काउन्टर गर्दै भारतीय प्रहरीले पक्राउ गरेको हो। सुरक्षा स्रोतका अनुसार उनी लोहाघाटको न्यायिक हिरासतबाट फरार भएका थिए। सुदूरपश्चिमस्थित कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका उनी विपतलाल चौधरीका छोरा हुन्। उनै चौधरी भारतीय एक महिलालाई बलात्कार गरेको मुद्दामा प्रतिवादी थिए। तर उनी हिरासतबाट भागेपछि प्रहरीले व्यापक खोजबिन थालेकोमा आज वन क्षेत्रको बिनवलगाउँमा देखा परेका थिए। त्यसपछि प्रहरीले त्यहीँ इन्काउन्टरमा पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले एक थान अवैध देशी पेस्तोल, दुई थान खाली कारतूस पनि बरामद गरेको बताएको छ। उनीमाथि समात्न आएको प्रहरी टोलीमाथि गोली प्रहार गरेको र…

Read More

काठमाडौं: हिजो (शनिबार) राति कैलालीको धनगढी उपमहानगरपालिकामा एक समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनायो। राति धनगढी–२ मिलनचोकस्थित रोड हाउस क्याफे नजिक उक्त समूहको आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २४ वर्षीय हरेन्द्र देउवा र कैलालीको गोदावरी नगरपालिका–४ का २२ वर्षीय सहचालक अनिल देउवा भएका घाइते थिए। उनीहरुमाथि आक्रमण गरेको आरोपमा कैलाली प्रहरीले अहिलेसम्म पाँचजनालाई पक्राउ गरिसकेको छ। भने, एकजना फरार रहेका छन्। पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–१ का १८ वर्षीय ट्याङ्कर सहचालक विक्रम मल्ल, डोटीकै सिलगढी नगरपालिका–३ का १९ वर्षीय अरुण बोगटी, धनगढी उपमहानगरपालिका–२ करिब १६ वर्षीय…

Read More

काठमाडौं: कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै आन्दोलन गरेका एक घाइतेको चौथोपटक शल्यक्रिया गरिएको छ। हिजो (सोमबार) न्याय माग्दै आन्दोलन गर्ने सुरेन्द्र देउवाको भारतको बरेलीस्थित सिद्दीविनायक अस्पतालमा शल्यक्रिया गरिएको हो। उनले आफू आन्दोलनका क्रममा घाइते भएको र आफ्नो हातको चौथोपटक शल्यक्रिया गरिएको जानकारी दिए। तत्कालीन समयमा निर्मलालाई न्याय माग्दै आन्दोलन गर्ने क्रममा एक जनाको ज्यानसमेत गएको थियो भने केही घाइते भएका थिए। देउवा उनीहरूमध्येकै घाइते हुन्। संयोगवस निर्मलालाई न्याय माग्दै त्यसबेला आन्दोलन गर्ने हालका गृहमन्त्री तथा नेपाली काँग्रेस नेता रमेश लेखक पनि आज महेन्द्रनगरमै छन्। लेखक निर्मला प्रकरणपछि सडक आन्दोलनमै आएका थिए। उनले आफू न्याय दिने…

Read More

धनगढी: आज (मंगलबार) गृहमन्त्री रमेश लेखक धनगढी विमानस्थलमा ओर्लिए। गृहमन्त्री भएपछि पहिलोपटक गृहप्रदेश पसेका लेखक कञ्चनपुरका स्थायी बासिन्दा हुन्। नेपाली कांग्रेसका नेतासमेत रहेका लेखक २०८१ असार ३१ मा गृहमन्त्री नियुक्त भएका थिए। त्यसयता गृहप्रदेश र गृहजिल्ला नटेकेका लेखक प्रहरी कार्यालयका विभिन्न भवन तथा संरचना उद्घाटन एवं कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला पुगेका हुन्। त्यस अगाडि धनगढी विमानस्थलमा ओर्लिएरै लेखकले एक पत्रकार सम्मेलन गरेका थिए। नेपाल प्रेस युनियन कैलालीले लेखकको पत्रकार सम्मेलन गराएको थियो। जसक्रममा लेखकको लागि गृहमन्त्री भएदेखि नै प्रमुख चुनौती बनेको विषयमा खुलेर बोल्न चाहेनन्। यानिकी पत्रकारका अन्य प्रश्नहरुमा खुलेर जवाफ दिएका लेखकले देशकै चर्चित तथा अनसल्भड प्रकरण निर्मला पन्तको…

Read More

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका डिआईजी हेरफेर गरिएका छन्। हिजोअस्तिमा विभागका प्रदेशका हाकिम (डिआईजी) को सरुवा गरिएको हो। स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको सिफारिसमा प्रधानमन्त्रीले डिआईजी सरुवा गरेका हुन्। हाल कोशी प्रदेशमा किशोर श्रेष्ठ, सुदूरपश्चिममा इन्द्र लामा, मधेस प्रदेशमा सञ्जय यादव, बागमतीमा रामप्रसाद दास, लुम्बिनीमा ओम खड्का र कर्णालीमा माधव तिमल्सिना र गण्डकीमा कृष्ण खनाल कार्यरत थिए। अब उनीहरूको सरुवा भएकोमा सुदूरपश्चिममा किशोर श्रेष्ठ आउने भएका छन् भने सुदूरपश्चिमबाट लामा कोशी जाने भएका छन्। यस्तै कर्णाली प्रदेशबाट माधव तिमिल्सिना मधेश प्रदेश गएकोमा त्यहाँका सञ्जय यादव बागमती सरुवा भएका छन्। यस्तै बागमतीका रामप्रसाद दास लुम्बिनी आएका छन् भने…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता खगराज भट्टलाई बनाउन सर्कुलर नै जारी गरेको छ। हिजो (मंगलबार) पार्टी केन्द्रबाट खगराजलाई दल नेता बनाउने प्रक्रियामा ढिलाई भएको भन्दै यथाशीघ्र दल नेता बनाउन सर्कुलर जारी गरिएको हो। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले सर्कुलर जारी भएको तर त्यसको आफूले अध्ययन गर्न बाँकी रहेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनकाअनुसार पार्टीको सर्कुलर दल र पार्टीको प्रदेश नेतृत्वलाई आएको हो। यस अगाडि केही समय पहिले पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराजलाई नै बनाउन निर्देशन दिएका थिए। सुदूरपश्चिमबाट सभामुखबाहेक…

Read More

धनगढी: कैलालीका केही सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल गरिएको छ। केही दिन अगाडिमात्रै जिल्ला प्रहरी कार्यालय कैलालीका हाकिम एसपी पदमबहादुर बिष्टले इन्चार्जहरु फेरबदल गरेका हुन्। बिष्टले कार्यसम्पादमा कमजोर देखिएका र स्वैच्छिक सरुवा मागेका केही प्रहरी इन्चार्जहरुलाई यताउता गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार हाल प्रहरी चौकी कालाकुण्डा, त्रिनगर, पृथ्वीपुर र धनगढी बसपार्कका इन्चार्जहरु फेरबदल भएका छन्। जसमा सीमानाका इन्चार्जहरुलाई केही महिनामै तानेर अन्त पठाइएको हो भने बसपार्कमा पनि नयाँ इन्चार्ज खटाइएको हो। यस्तो खटनपटनमा पर्नेमा टीकापुरस्थित कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई गोकुल बलायर, त्रिनगर प्रहरी चौकीका इन्चार्ज सई भरतनाथ योगी, पृथ्वीपुरका इन्चार्ज लक्ष्मीदत्त भट्ट र बसपार्कका इन्चार्ज दिपेन्द्र…

Read More