Author: टेकसिंह धामी

काठमाडौँ: नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण आज (शुक्रबार) बाट अनिवार्य अवकाशमा गएका छन्। एसएसपीको ६ वर्षे पदावधिअनुसार प्रहरी अस्तापलको स्वास्थ्य उपसमूहतर्फका एसएसपीद्वय डाक्टर दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा गएका हुन्। हिजो बिहीबार राति १२ बजेबाट उनीहरु अनिवार्य अवकाशमा गएका हुन्। १२ असार २०७५ मा एसएसपीमा बढुवा उनीहरू अन्यायपूर्ण अवकाशमा गएको देखिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवर र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बढुवा रोकेपछि उनीहरू अन्यायपूर्ण अवकाशमा जान बाध्य भएका हुन्।अन्यायपूर्ण यस अर्थमा कि अस्पतालमा डीआईजीको दरबन्दी रिक्त भएको डेढ महिनै पुगेको थियो। तर पनि उनीहरूको बढुवा प्रक्रिया अघि बढेन…

Read More

नेपाल, धनगढी: उत्तरप्रदेशस्थित बरेलीमा भएको दोहोरो गोली हानाहान प्रकरणको प्रहरीले तीव्र अनुसन्धान थालेको छ। अस्ति शनिबार (बिहान) बरेली पिलीभितको इज्जतनगर रोड, बजरंग ढाबा नजिक शंकर महादेव मार्बल्सको पसल नजिकै गोली हानाहान भएको थियो। सो गोली हानाहानपछि प्रहरीले गोलीकाण्डमा संलग्नलाई खोजीखोजी समात्ने कार्य थालेको छ। अस्तिमात्र घटनामा प्रयोग भएका सुटर ललित सक्सेनालाई इन्काउन्टरमा समातिएको थियो। उनलाई भाग्ने क्रममा खुट्टामा गोली हानेर प्रहरीले समातेको थियो। उनीसहित अहिले २० जना बन्दुकधारी जेल गएको बताइएको छ। बरेली प्रहरीका अनुसार अहिलेसम्म २० जना जेल चलान भएका छन्। पिलीभीत बाइपासमा जग्गाको विवादमा खुलेर गोली चलाउने दुई शूटर समूहलाई इज्जतनगर प्रहरीले आइतबार जेल चलान गरेको हो। इज्जतनगर…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका २ अधिकारी कारबाहीमा परेका छन्। आगलागी प्रकरणको छानबिनका क्रममा सशस्त्रका २ ठूला अधिकारी नै कारबाहीमा परेका हुन्। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकका अनुसार सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम थापा र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र श्रेष्ठमाथि कारबाही गरिएको हो। उनीहरूलाई सशस्त्रको बलम्बुस्थित केन्द्रीय भण्डारमा भएको आगलागीमा प्रकरणको छानबिन गर्दै जादा कारबाही भएको हो। सो प्रकरणमा उनीहरूले गम्भीर लापरबाही गरेको भन्दै डिआइजी थापालाई कारबाहीको लागि भन्दै गृह मन्त्रालयमा लेखी पठाइएको छ भने एसपीलाई प्रधान कार्यालयका प्रमुखले नै कारबाही गरेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिआइजीमाथि कारबाहीको फाइल गृहमा रहेको…

Read More

नेपाल, धनगढी: उत्तरप्रदेशस्थित बरेलीमा भएको दोहोरो गोली हानाहान प्रकरणको प्रहरीले तीव्र अनुसन्धान थालेको छ। अस्ति शनिबार (बिहान) बरेली पिलीभितको इज्जतनगर रोड, बजरंग ढाबा नजिक शंकर महादेव मार्बल्सको पसल नजिकै गोली हानाहान भएको थियो। सो गोली हानाहानपछि प्रहरीले गोलीकाण्डमा संलग्नलाई खोजीखोजी समात्ने कार्य थालेको छ। अस्तिमात्र घटनामा प्रयोग भएका सुटर ललित सक्सेनालाई इन्काउन्टरमा समातिएको थियो। उनलाई भाग्ने क्रममा खुट्टामा गोली हानेर प्रहरीले समातेको थियो। उनीसहित अहिले गोली चलाउने नौ जना बन्दुकधारी जेल गएको बताइएको छ। बरेली प्रहरीका अनुसार अहिलेसम्म ९ जना जेल चलान भएका र थप ६ जना पक्राउ परेका हुन्। पिलीभीत बाइपासमा जग्गाको विवादमा खुलेर गोली चलाउने दुई शूटर समूहलाई…

Read More

नेपाल, धनगढी: उत्तरप्रदेशस्थित बरेलीमा भएको दोहोरो गोली हानाहान प्रकरणको प्रहरीले तीव्र अनुसन्धान थालेको छ। हिजो शनिबार (बिहान) बरेली पिलीभितको इज्जतनगर रोड, बजरंग ढाबा नजिक शंकर महादेव मार्बल्सको पसल नजिकै गोली हानाहान भएको थियो। सो गोली हानाहानपछि प्रहरीले गोलीकाण्डमा संलग्नलाई खोजीखोजी समात्ने कार्य थालेको छ। बरेली प्रहरीका अनुसार सो गोलीकाण्डमा संलग्न एक जनालाई हिजो नै समातिएको छ। हिजो राति ललित सक्सेनालाई इन्काउन्टरमा समातिएको हो। उनी इन्काउन्टरमा घाइते पनि भएको बताइएको छ। प्रहरी स्रोतका अनुसार इज्जतनगरको कलापुर नहर, अड्डापुर मोड नजिकै प्रहरीले ललितलाई रोक्न खोजेको थियो। तर त्यो समयमा ललितले प्रहरीमाथि फायर गरेर भाग्न खोजेपछि प्रहरीले जवाफी पायर गरेर गोली चलाएको थियो।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा सरकारका मन्त्री नियुक्त भएका ५ जना प्रदेश सभा सदस्य (माननीय) अलपत्रजस्तै अवस्थामा छन्। अलपत्र किनभने, अझैसम्म पनि उनीहरू सिपाहीबिनाका ‘सेनापति’ जस्तै छन्। यानिकी मन्त्री नियुक्त भएर सपथ ग्रहण भएपनि उनीहरुले मन्त्रालय अर्थात् विभाग नै पाएका छैनन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। तीमध्ये ५ जनाले अझैसम्म जिम्मेवारी नपाएका हुन्। मुख्यमन्त्री सोडारीले माओवादी केन्द्र र नेकपा एमालेबाट ३–३ तथा एकीकृत समाजवादीका एक जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए। एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकासमन्त्री बनेका थिए। त्यसबाहेक एमालेका वीरबहादुर थापा र हिरा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएको छ। हालै खत्रीको सुदूरपश्चिमबाट सरुवा भएको हो। उनको सरुवापछि अर्थमा सहसचिव झकलराम अधिकारीलाई अर्थ सचिवको रुपमा पठाइएको छ। तर उनी आइसकेका छैनन्। झलक उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए। विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो।हङकङबाट तस्करी गरेर…

Read More

धनगढी: हिजो (मंगलबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिए। सुदूरपश्चिमबाट सभामुखबाहेक माओवादीका सबै माननीयहरुलाई काठमाडौं बोलाएर प्रचण्डले स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन्। यस्तै पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन दिएको बताइएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै यो सबै निर्देशन लिने र दिने भएको बताइएको थियो। जबकी यस अगाडि सुरुमा दल नेता बनेका खगराजको अपमानजनक बहिर्गमन भएको थियो। खगराजलाई तत्कालीन समयमा बहुमतको निर्णयबाट हटाएर अर्का माननीय मानबहादुर धामी दल नेता बनेका थिए।…

Read More

धनगढी: कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआइजी अर्जुन चन्द ठकुरीलाई दिइएको छ। हिजो (बुधबार) गृह मन्त्रालयले केही डीआइजीहरुको सरुवा र पदस्थापन गर्दै ठकुरीलाई कर्णाली पठाएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी लालमणी आचार्यलाई भने भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ। अब आचार्यको स्थानमा ठकुरी आउने छन्। ठकुरी उनै विवादित प्रहरी अधिकारी हुन्, जो बेलाबेला विवादमा आइरहन्छन्। उनी डिएसपी हुँदादेखि नै विवादित बनेका हुन्। तत्कालीन समयमा चर्चित जमिम शाह हत्याकाण्डमा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो। उनी त्यसबेला डिएसपी थिए। त्यो घटनामा उनीमाथि छानबिन भएको थियो, तर त्यसबेला प्रहरी नेतृत्वको उनीप्रति सहानुभूति भएकाले जोगिएका थिए। त्यसपछि उनी एसपी भएर…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका एक जना एसपी तानिएका छन्। पर्साबाट एसपी किसन कर्माचार्यलाई एक साता अगाडि तानिएको हो। उनलाई तानेर काठमाडौंस्थित प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा राखिएको स्रोतले जनाएको छ। कमजोर कार्यसम्पादन र अवैध सामान ओसारपसारमा संलग्न तस्करसँग सम्बन्ध जोडिएको भन्दै उनलाई तानिएको बताइन्छ। तर सो कुरा हल्लामात्रै भएको केहीको दाबी छ। अहिले पर्सामा उनको सट्टा राधेश्याम धिमाललाई पठाइएको सशस्त्रका प्रवक्ता एवं डीआइजी कुमार न्यौपानेले महेन्द्रनगरपोष्टलाई बताए।

Read More