Author: टेकसिंह धामी

धनगढी: सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएपछि सरकार विस्तारको गृहकार्य थालेका छन्। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीका सोडारीको नेतृत्वमा सरकार बनेको छ। उनले गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसहित एक स्वतन्त्रलाई समेत मिलाएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। तर स्रोतका अनुसार हालसम्म गृहकार्य थालिएकोमा सरकार विस्तारको टुंगोमा पुग्न भने सकिएको छैन। गठबन्धन दलभित्रका धेरैजसो माननीयहरुले मन्त्री बन्ने इच्छा प्रकट गरेर मन्त्री खाइछाड्ने लाइनमा लागेपछि गठबन्धन दलभित्र रहेका पार्टी र संसदीय दलमै रडाको मच्चिएको छ। सोही रडाकोका कारण पनि मुख्यमन्त्रीले तत्काल सरकार विस्तार गर्न सक्ने अवस्था देखिदैन। यद्यपि नेकपा माओवादी केन्द्र, नेकपा एमाले…

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीमाथि गोली चलेको छ। हिजो (बुधबार) राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन पिपरियाको क्षेत्रमा प्रहरीमाथि एक राउण्ड गोली चलाइएको हो। सुरक्षा स्रोतका अनुसार तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि जंगलमा लुकेर बसेका सिकारीको समूहले गोली चलाएको हो। हिजो राति सो जंगल क्षेत्रमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको प्रहरी टोली अपरेसनका लागि खटिएको थियो। सो क्षेत्रको बाटो हुँदै अवैध चोरी तस्करीको सामान भित्र्याउने गरेको भन्ने सूचनाको आधारमा टोली त्यहाँ गएकोमा यस्तो घटना घटेको हो। जंगलमा जंगली जनावरको सिकार गर्नेहरुले प्रहरीमाथि गोली चलाएका हुन्। तर, गोली कसैलाई लागेको भने छैन। गोली चलाउनेहरूलाई…

Read More

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी चाँदनी विष्ट। जो करिब एक महिनायता रुसी सेनामा भर्ती भएका आफ्ना श्रीमान् विराजनसहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा थिइन्। उनी काठमाडौंमा पाँच महिनादेखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन आन्दोलित थिइन्। तर विराजनको मृत्यु भएपछि उनको त्यो आन्दोलनको पनि मृत्यु भएको छ। आन्दोलन छोडेर काम विशेषले घर आएकी उनी वैशाख २१ मा फेरि आन्दोलनकै लागि काठमाडौं फर्किंदै थिइन्। यही बेला उनको परिवारमा विराजनको मृत्युको खबर पुग्यो। त्यसपछि अस्ति बिहीबारमात्र मृतकको कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार गरिएको छ। अहिले लास समेत नआएका विराजनकी श्रीमती चाँदनी र छोरा विश्वासजंग किरियामा बसेका…

Read More

काठमाडौं: नेकपा एमालेमा निष्क्रिय रहेका नेता एवं पूर्व पार्टी उपाध्यक्ष भीमबहादुर रावल र नेपाली काँग्रेसका पुराना नेता एवं हाल काँग्रेस (विपी) मा सक्रिय रहेका कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ। हिजो (शनिबार) काठमाडौंस्थित रावलकै निवासमा दुईजनाको वान टु वान वार्ता भएको हो। रावल निवासमा आफू पहिलोपटक पुगेको बताउँदै भेटवार्ता भएको नेता मल्लले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार भेटमा समसामयिक राजनैतिक एवं देशका विभिन्न सवालहरुमा छलफल र बातचित भएको थियो। यस्तै के तपाईंहरु सुदूरपश्चिममा छुट्टै पार्टी खोल्ने तयारी हुनुहुन्छ ? राजनैनिक वृत्तमा यस्तो पनि चर्चा छ भन्ने प्रश्नमा मल्लले पार्टी खोल्ने कुरा असम्भव नरहेको भन्दै हाललाई भने त्यस्तो कुनै तयारी नरहेको दाबी…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक एआइजीको गाडीमा तेस्रो लिङ्गी हालेर चोभार डाँडा पुगाएपछि बबन्डर मच्चिएको पाइएको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका एआइजी टेकबहादुर तामाङको २ तारे गाडीमा स्वयम्भू नजिकैबाट तेस्रो लिङ्गी राखेर काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका-६ स्थित चोभार डाँडा पुगाएपछि बबन्डर मच्चिएको पाइएको हो घटना बैशाख २४ गते रातको भएपनी ढिलोगरी खुलेको हो। स्रोतका अनुसार सो दिनको राति करिव ११ बजेको समयमा प्रहरी प्रधान कार्यालयकै सवारी महाशाखामा कार्यरत एक प्रहरी हवल्दार र प्रहरी जवानले एआइजीको गाडी हेडक्वार्टरबाट निकाले। दाङ जिल्लाको गढवा गाउँपालिका घर भई प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार दिनेश पन्थी र सुर्खेतको बराहाताल गाउँपालिका-७…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका सुरक्षा निकायका प्रमुखहरुको टोली पहाडी जिल्लाको भ्रमणमा छ। अस्ति प्रदेशको राजधानी कैलालीबाट पहाडतर्फ उक्लिएको सुरक्षा निकायका प्रदेश प्रमुखहरुको टोली त्यहाँ अनुगमन एवं निरीक्षण भ्रमणमा निस्किएको थियो। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी रविन्द्र केसी, सशस्त्र प्रहरी बल नेपालका डीआइजी कुमार न्यौपाने र राष्ट्रिय अनुसन्धान विभागका डीआइजी इन्द्र लामासहितको संयुक्त टोली सुदूर पहाडका जिल्लाको अनुगमन भ्रमणमा गएको थियो। प्रहरीका डीआइजी रविन्द्र केसीले आफूहरु दार्चुला, बैतडी र बझाङ हुँदै डडेल्धुरासमेतको अनुगमन गरेर फर्किरहेको जानकारी दिए। उनका अनुसार सशस्त्रका डीआइजी भने अछामतिर लागेका छन् भने राष्ट्रिय राष्ट्रिय अनुसन्धान विभागका डीआइजी पनि कैलालीको धनगढीतर्फ फर्किदै छन्। सुदूरपश्चिम पहाडको अनुगमन…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवाका लागि अन्तिम गृहकार्य थालिएको छ। गृहमन्त्रालय स्रोतका अनुसार केही एसएसपीहरुको समय नपुग्दै सरुवा गर्ने तयारी थालिएको हो। गृहमन्त्री रवि लामिछानेले नरुचाएका एसएसपीहरुको सरुवा गर्ने अन्तिम तयारी भैरहेको र केही दिनमै सरुवा हुनसक्ने स्रोतको दाबी छ। स्रोतका अनुसार प्रहरीका आइजीपी बसन्त बहादुर कुँवर आजै नेपाल फर्किने र केही दिनमा सरुवा निकालिने बताइएको छ। इन्टरपोलको एक कार्यक्रम लागि आइजीपी फ्रान्स गएका थिए। उनी आएपछि गृहले जिल्ला प्रहरी परिसर काठमाडौंका इन्चार्ज, अपराध अनुसन्धान महाशाखा मीनभवन लगायतका इन्चार्जहरुको सरुवा गर्ने तयारी गरेको हो। हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भुपेन्द्र खत्री इन्चार्ज छन्। त्यहाँबाट उनलाई…

Read More

धनगढी: बझाङमा एक प्रहरीले हतियार पड्काएको खुलेको छ। हिजो (सोमबार) जिल्लाको चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका एक असईद्वारा हतियार पड्काइएको हो। स्रोतका अनुसार वडाका इन्चार्ज असई मोहनसिंह रावलको हातबाट हतियार पड्किएको हो। बझाङमा भैरहेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्थाको तयारी गर्ने क्रममा असई रावलले हतियार चेकजाँच गर्दैगर्दा पड्किएको बुझिएको छ। हतियार पड्किएको घटनापछि असई रावल निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार असई रावलको हातबाट लोडेड हतियार (बन्दुक) चल्दा एक प्रहरी जवानलाई चोट लागेको छ। बन्दुकबाट निस्केको गोली उछिट्टिएर लाग्दा जवान पुदल सिंह रानालाई चोट लागेको हो। उनको खुट्टामा चोट लागेको छ। उनले असई रावललाई हतियार बुझाएपछि…

Read More

काठमाडौं: नेपाल प्रहरीका दुई एआइजी र एक डिआइजीले हालै अवकाश पाए। एआईजीद्वय सन्दीप भण्डारी मिरा चौधरी तथा डीआईजी विकाराज खनालले उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशपछि रिक्त एआईजी पदमा दुई डीआईजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भइसकेको छ। एआईजी सिफारिस भएसँगै डीआईजी बढुवाको दौडधुप सुरु भएको थियो। डीआईजीमा बढुवाका लागि एसएसपीहरू दौडधुपमा लागेका थिए। बढुवामा एक दर्जन बढी एसएसपीहरू प्रतिस्पर्धामा रहेको बताइन्छ। जसमा सिनियर टोली (हालका प्रहरी प्रमुख आइजीपीकै ब्याचमेट) बाट कृष्णहरी शर्मा, भोला रावल, धुव्र राउत र दिल्लीराज बिष्ट लगायतका छन्। भने २०५४ सालको चैत १८ मा भर्ना भएकामध्येबाट दानबहादुर कार्की र मनोज केसी, राजन अधिकारी लगायतका…

Read More

धनगढी: कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। हिजो (बुधबार) बेलुका प्रहरी जवान सुरज बिक मृत अवस्थामा भेटिएका हुन्। जवान बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा मागेर धनगढी आएका थिए। स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो। उनीएविरुद्ध उजुरी परेकोमा छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको थियो। तर, प्रदेशले हिजो नै बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको…

Read More