Author: टेकसिंह धामी

काठमाडौं: सशस्त्र प्रहरी बलका चारजना डीआइजीहरूको पदावधि पुस २३ मा समाप्त हुँदैछ। डीआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ, र शम्भु सुवेदी भोलि रातिदेखि अनिवार्य अवकाशमा जाने तयारीमा छन्। जसमा गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक छन्, ठाडामगर: नम्बर–३ बाहिनी बागमती प्रदेश प्रमुख छन्, नेम्बाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेश प्रमुख छन् भने सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेश प्रमुख छन्। उनीहरू सबै पूर्वीया हुन्। सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआइजीहरूको पदावधि चार वर्षको हुन्छ। तर, सरकारले चाहेमा एक वर्ष थप गर्न सकिने प्रावधान छ। सोही प्रावधानअनुसार सशस्त्र प्रहरी मुख्यालयले चारजना डीआइजीहरूको पदावधि थप गर्न गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको…

Read More

काठमाडौं: राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)मा १० जना डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। गत शुक्रबार बसेको बढुवा समितिको बैठकले विभागका विभिन्न पदाधिकारीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो। एसपीमा बढुवा हुने डीएसपीहरूमा राजेन्द्र चन्द, सुमनकुमार भण्डारी, ठाकुरप्रसाद केसी, ललितनारायण चौधरी, डम्बरबहादुर श्रेष्ठ, राजु प्रसाद आचार्य, सुदिप ढकाल, सन्तोष ओझा, रेशम चौधरी र माया शङ्कर सिंह रहेका छन्। कार्यक्षमता, दक्षता र कार्यसम्पादन मूल्यांकनका आधारमा गरिएको उक्त बढुवाले गुप्तचरमा उल्लास छाएको छ। लगत्तै अब इन्सपेक्टरबाट डीएसपी बढुवा गर्ने तयारी छ। यसअघि ५ जनालाई एसएसपीमा बढुवा गरिएको थियो। जसमा उमेश पाण्डे, हिरण्य कुँवर, शरद निरौला, महेश बोहरा र सञ्जयकुमार मण्डल परेका थिए। यस्तै सोही…

Read More

काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागमा आज शुक्रबार व्यापक सरुवा र बढुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा आज डीएसपीबाट एसपीमा बढुवा र केही एसएसपीहरुको एकैलटमा सरुवा गरिएको हो। स्रोतका अनुसार डीएसपीबाट बढुवा हुनेमा उमेश पान्डे, हिरन्य कुँवर, महेश बोहरा, सरोज निरौला र सन्जय मन्डल रहेका छन्। यस्तै आजै एसएसपी दर्जाको पनि सरुवा गरिएको बताइएको छ। जसअनुसार सुदूरपश्चिमका निमित्त प्रमुखसमेत रहेका एसएसपी नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर बनाएर पठाइएको छ। त्यहाँका राजन उप्रेती विभागमा तानिएका छन्। यस अगाडि सुदूरपश्चिमबाट डीआईजी किशोर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय तानेर निमित्तको रुपमा अधिकारीलाई सुदूरपश्चिम पठाइएको थियो। तर उनी…

Read More

धनगढी: डडेल्धुराका सवारी सहचालक (खलासी) युवक, ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरकी एक ३१ वर्षीया युवती। जो पेशाले अमिन थिइन्। उनीहरुबीच फेसबुकमा कुरा हुन्छ। जसमा मालीले प्रेम गर्ने भन्दै आफू अविवाहित भएको र विवाह गर्नेसम्मको युवतीलाई आश्वासन दिन्छन्। यहीँ आश्वासन सत्य घटनामै परिणत हुन्छ। तर यो अहिलेसम्म पुग्दा घटनाक्रम कञ्चनपुर प्रहरीमा पुगेको छ। अहिलेसम्मको जानकारी अनुसार ती युवक विवाहित भएको खुलेपछि नक्कली अभिभावक बनाएर बहुविवाह गरेको आरोपमा पक्राउ नै परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का विष्णु प्रसाद मालीलाई पक्राउ गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उनीसँगै घटनाका मतियार बेदकोट नगरपालिका २…

Read More

काठमाडौं: काठमाडौँ महानगरपालिका-१६, ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टीलमा नेपाली जुवाडेले प्रवेश पाइरहेको खुलेको छ। केही समयदेखि अवैध रुपमा नेपाली जुवाडेले खुलेआम प्रवेश पाइरहेको खुलेको हो। स्रोतका अनुसार जुवाडेहरु नक्कली भारतीय आधार कार्ड र भोटर कार्ड प्रयोग गरी प्रवेश गर्ने गर्दछन्। उता काठमाडौंको होटल सोल्टीस्थित माजोङ क्यासिनोमा पनि महिनौंदेखि नेपाली जुवाडेहरु प्रवेश गरिरहेका छन्। क्यासिनोले नै नक्कली भारतीय परिचयपत्र बनाएर छिराउने गरेको बताइन्छ। तर, कालिमाटी प्रहरीले सेटिङमा माजोङलाई लाइन खाएर जोगाउदै आएको छ। अहिले पनि माजोङले दिनहुुँ नेपाली जुवाडे छिराइरहेको छ। माजोङमा सेटिङ चलेकै बेला ठमेलको क्यासिनो वाल्डोमा भने उपत्यका अपराध अनुसन्धान प्रहरीले भने छापा मारेको छ। जसक्रममा प्रहरीले हिजो आइतबारमात्रै नेपाली जुवाडेलाई…

Read More

काठमाडौं: भारतले नेपालको अतिक्रमित भूमीमा धमाधम निर्माणका कार्य थालेको छ। सीमा विवाद रहेको सो क्षेत्रमा नेपालको भूमिलाई भारतले आफ्नो दाबी गर्दै विकास निर्माणका काम थालेको हो। भारतीय सुरक्षा संयन्त्रका अनुसार भारतले अतिक्रमित भूमिमा विभिन्न भौतिक संरचना समेत निर्माण गर्ने तयारी गरेको छ। केही समय अगाडि सो क्षेत्रमा भारतले टेलिकमको टावर पनि बनाएको थियो। जो क्षेत्र नेपालतर्फ दार्चुलाको भूभागमा पर्दछ। जसलाई समेटेर नेपालले नक्सा पनि जारी गरेको थियो। तर दुई देशबीच सीमाबारे यथेष्ट सहमति नहुँदा समस्या उस्तै छ। यसैक्रममा भारतले अतिक्रमित दार्चुलाको भूमि कालापानी तथा लिपुलेक लगायतको इलाकामा विकास निर्माणका काम थाल्ने तयारी गरेको हो। जसमा भारतको केन्द्रिय सरकारले नै अतिक्रमित…

Read More

धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणको एक महिना समय बितेको छ। गत महिनाको ८ गते राति घटना घटेकोमा आज (शनिबार) १ महिना पुगेको हो। तर, १ महिना बित्दा पनि सो घटनाको प्रहरी अनुसन्धान भने निष्कर्षमा पुग्न सकेको छैन। प्रहरीले निरन्तर अनुसन्धान थालिरहेको भएपनि कुनै निष्कर्ष नआएको हो। प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको जनाएको छ। घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ। सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको बताएको छ। जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्। त्यस अगाडि पनि सो…

Read More

धनगढी: सुदूरपश्चिममा पछिल्लोसमय लागूऔषधको समस्या जटिल बन्दै गएको छ। विभिन्न रिपोर्ट तथा प्रहरीको तथ्यांकका अनुसार सुदूर तराईका जिल्लासहित पहाडी जिल्लाहरुमा समेत लागूऔषधको जालो फैलिदै गएको पाइएको हो। सुदूरपश्चिमबाट निर्वाचित भएर गृहमन्त्री बनेका रमेश लेखकले समेत सो कुरालाई स्वीकार गरेका छन्। लेखकले हिजो (मंगलबार) मात्रै प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा प्रदेशभर लागूऔषधको अवस्था विकराल बन्दै गैरहेको भन्दै सीमानाकामा कडाई गर्नुका साथै नियन्त्रणमा निर्मम हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। आज पुनः गृहजिल्ला कञ्चनपुरमा पुगेर उनले सोही कुरा दोहोर्‍याएका छन्। उनले सुदूरपश्चिमका सीमानाकाबाट भित्रिने ड्रग्सले युवायुवती कुलतमा फस्नुका साथै अपराध, दुर्घटनालाई समेत बढाएको दाबी गरेका छन्। जसमा प्रहरीले पनि लागूऔषध…

Read More

धनगढी: सुदूरपश्चिममा हिजो निकै तामझामका साथ प्रदेशस्तरीय सुरक्षा गोष्ठी गरियो। अस्ति नै गृहमन्त्री, गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखसहित जहाजमा गोष्ठीका लागि भन्दै प्रदेशको अस्थायी मुकाम धनगढी ओर्लिएका थिए। त्यसपछि हिजो (मंगलबार) धनगढीको एक होटलमा गोष्ठी पनि सम्पन्न भएको छ। तर गोष्ठीमा सहभागी सुरक्षा निकायकै उच्च अधिकारीहरुले भने कार्यक्रम गरेर रित पुगाएकोजस्तो मात्रै गरिएको टीप्पणी गरेका छन्। त्यहाँ सहभागी एक सुरक्षा अधिकारीका अनुसार कार्यक्रम (गोष्ठी) परम्परावादी नै भएको थियो। गोष्ठीमा नयाँ कार्ययोजना तर्जुमा गरेर प्लानका साथ डकुमेन्टेसन गर्दै कार्यान्वयनको चरणमा लैजानुपर्ने भनिएपनी त्यस्तो नगरिएको हो। गोष्ठीमा पुराना कुराको समीक्षा गर्दै मातहतलाई निर्देशन दिनेबाहेक अन्य कुनै नयाँ योजना भने नबनाइएको ती अधिकारीको भनाई…

Read More

काठमाडौं: कञ्चनपुरको दम्पती हत्या घटनामा अनुसन्धानका लागि सिआईबीको टोली पनि आएको छ। प्राविधिक रुपमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सो घटनामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पनि टोली पठाएको हो। स्रोतका अनुसार हिजो (मंगलबार) मात्रै सिआईबीमा दुईजना घटनास्थलमा आईपुगेका छन्। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्। यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान थालेका थिए। तर घटनाको निष्कर्ष निकाल्न जटिलता आएपछि थप अनुसन्धानका…

Read More