Author: टेकसिंह धामी

धनगढी: डडेल्धुराका सवारी सहचालक (खलासी) युवक, ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरकी एक ३१ वर्षीया युवती। जो पेशाले अमिन थिइन्। उनीहरुबीच फेसबुकमा कुरा हुन्छ। जसमा मालीले प्रेम गर्ने भन्दै आफू अविवाहित भएको र विवाह गर्नेसम्मको युवतीलाई आश्वासन दिन्छन्। यहीँ आश्वासन सत्य घटनामै परिणत हुन्छ। तर यो अहिलेसम्म पुग्दा घटनाक्रम कञ्चनपुर प्रहरीमा पुगेको छ। अहिलेसम्मको जानकारी अनुसार ती युवक विवाहित भएको खुलेपछि नक्कली अभिभावक बनाएर बहुविवाह गरेको आरोपमा पक्राउ नै परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का विष्णु प्रसाद मालीलाई पक्राउ गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उनीसँगै घटनाका मतियार बेदकोट नगरपालिका २…

Read More

काठमाडौं: काठमाडौँ महानगरपालिका-१६, ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टीलमा नेपाली जुवाडेले प्रवेश पाइरहेको खुलेको छ। केही समयदेखि अवैध रुपमा नेपाली जुवाडेले खुलेआम प्रवेश पाइरहेको खुलेको हो। स्रोतका अनुसार जुवाडेहरु नक्कली भारतीय आधार कार्ड र भोटर कार्ड प्रयोग गरी प्रवेश गर्ने गर्दछन्। उता काठमाडौंको होटल सोल्टीस्थित माजोङ क्यासिनोमा पनि महिनौंदेखि नेपाली जुवाडेहरु प्रवेश गरिरहेका छन्। क्यासिनोले नै नक्कली भारतीय परिचयपत्र बनाएर छिराउने गरेको बताइन्छ। तर, कालिमाटी प्रहरीले सेटिङमा माजोङलाई लाइन खाएर जोगाउदै आएको छ। अहिले पनि माजोङले दिनहुुँ नेपाली जुवाडे छिराइरहेको छ। माजोङमा सेटिङ चलेकै बेला ठमेलको क्यासिनो वाल्डोमा भने उपत्यका अपराध अनुसन्धान प्रहरीले भने छापा मारेको छ। जसक्रममा प्रहरीले हिजो आइतबारमात्रै नेपाली जुवाडेलाई…

Read More

काठमाडौं: भारतले नेपालको अतिक्रमित भूमीमा धमाधम निर्माणका कार्य थालेको छ। सीमा विवाद रहेको सो क्षेत्रमा नेपालको भूमिलाई भारतले आफ्नो दाबी गर्दै विकास निर्माणका काम थालेको हो। भारतीय सुरक्षा संयन्त्रका अनुसार भारतले अतिक्रमित भूमिमा विभिन्न भौतिक संरचना समेत निर्माण गर्ने तयारी गरेको छ। केही समय अगाडि सो क्षेत्रमा भारतले टेलिकमको टावर पनि बनाएको थियो। जो क्षेत्र नेपालतर्फ दार्चुलाको भूभागमा पर्दछ। जसलाई समेटेर नेपालले नक्सा पनि जारी गरेको थियो। तर दुई देशबीच सीमाबारे यथेष्ट सहमति नहुँदा समस्या उस्तै छ। यसैक्रममा भारतले अतिक्रमित दार्चुलाको भूमि कालापानी तथा लिपुलेक लगायतको इलाकामा विकास निर्माणका काम थाल्ने तयारी गरेको हो। जसमा भारतको केन्द्रिय सरकारले नै अतिक्रमित…

Read More

धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणको एक महिना समय बितेको छ। गत महिनाको ८ गते राति घटना घटेकोमा आज (शनिबार) १ महिना पुगेको हो। तर, १ महिना बित्दा पनि सो घटनाको प्रहरी अनुसन्धान भने निष्कर्षमा पुग्न सकेको छैन। प्रहरीले निरन्तर अनुसन्धान थालिरहेको भएपनि कुनै निष्कर्ष नआएको हो। प्रहरीले घटनाको अनुसन्धान जारी नै रहेको जनाएको छ। घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको छ। सो टोलीले अहिले प्राविधिक रुपमा समेत अनुसन्धान गरिरहेको बताएको छ। जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्। त्यस अगाडि पनि सो…

Read More

धनगढी: सुदूरपश्चिममा पछिल्लोसमय लागूऔषधको समस्या जटिल बन्दै गएको छ। विभिन्न रिपोर्ट तथा प्रहरीको तथ्यांकका अनुसार सुदूर तराईका जिल्लासहित पहाडी जिल्लाहरुमा समेत लागूऔषधको जालो फैलिदै गएको पाइएको हो। सुदूरपश्चिमबाट निर्वाचित भएर गृहमन्त्री बनेका रमेश लेखकले समेत सो कुरालाई स्वीकार गरेका छन्। लेखकले हिजो (मंगलबार) मात्रै प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सुरक्षा गोष्ठीमा प्रदेशभर लागूऔषधको अवस्था विकराल बन्दै गैरहेको भन्दै सीमानाकामा कडाई गर्नुका साथै नियन्त्रणमा निर्मम हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। आज पुनः गृहजिल्ला कञ्चनपुरमा पुगेर उनले सोही कुरा दोहोर्‍याएका छन्। उनले सुदूरपश्चिमका सीमानाकाबाट भित्रिने ड्रग्सले युवायुवती कुलतमा फस्नुका साथै अपराध, दुर्घटनालाई समेत बढाएको दाबी गरेका छन्। जसमा प्रहरीले पनि लागूऔषध…

Read More

धनगढी: सुदूरपश्चिममा हिजो निकै तामझामका साथ प्रदेशस्तरीय सुरक्षा गोष्ठी गरियो। अस्ति नै गृहमन्त्री, गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखसहित जहाजमा गोष्ठीका लागि भन्दै प्रदेशको अस्थायी मुकाम धनगढी ओर्लिएका थिए। त्यसपछि हिजो (मंगलबार) धनगढीको एक होटलमा गोष्ठी पनि सम्पन्न भएको छ। तर गोष्ठीमा सहभागी सुरक्षा निकायकै उच्च अधिकारीहरुले भने कार्यक्रम गरेर रित पुगाएकोजस्तो मात्रै गरिएको टीप्पणी गरेका छन्। त्यहाँ सहभागी एक सुरक्षा अधिकारीका अनुसार कार्यक्रम (गोष्ठी) परम्परावादी नै भएको थियो। गोष्ठीमा नयाँ कार्ययोजना तर्जुमा गरेर प्लानका साथ डकुमेन्टेसन गर्दै कार्यान्वयनको चरणमा लैजानुपर्ने भनिएपनी त्यस्तो नगरिएको हो। गोष्ठीमा पुराना कुराको समीक्षा गर्दै मातहतलाई निर्देशन दिनेबाहेक अन्य कुनै नयाँ योजना भने नबनाइएको ती अधिकारीको भनाई…

Read More

काठमाडौं: कञ्चनपुरको दम्पती हत्या घटनामा अनुसन्धानका लागि सिआईबीको टोली पनि आएको छ। प्राविधिक रुपमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सो घटनामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पनि टोली पठाएको हो। स्रोतका अनुसार हिजो (मंगलबार) मात्रै सिआईबीमा दुईजना घटनास्थलमा आईपुगेका छन्। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका छन्। यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान थालेका थिए। तर घटनाको निष्कर्ष निकाल्न जटिलता आएपछि थप अनुसन्धानका…

Read More

दार्चुला: दार्चुलाको अतिक्रमित भूमिमा चिनियाँ गतिविधि बढेपछि भारतले हवाई गस्ती गर्न थालेको छ। स्रोतका अनुसार भारतद्वारा अतिक्रमित भूमी कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको भूभागमा विगत लामो समयदेखि भारतले सैन्य संरचनाहरु निर्माणसँगै विकास निर्माणका कामहरु पनि गर्दै आएको थियो। उक्त क्षेत्रमा नेपाली सुरक्षाकर्मी एवं स्थानीयबासीलाई पनि आवतजावत गर्न निषेध गरिएको छ। यस्तै असोज २१ गतेदेखि चीनसँगको सीमाना १ नम्बर पिल्लरसम्म चिनियाँ सुरक्षाकर्मीहरुले हप्ताको एकपटक पैदल गस्ति गरिरहेका छन्। चिनियाँ सुरक्षाकर्मीहरुले त्रिदेशिय सीमा क्षेत्रमा गतिविधि बढाएसँगै भारतीय सुरक्षाकर्मीहरुले कात्तिक ८ गते भारतीय सेनाका दुई वटा चिता हेलिकप्टरमार्फत हवाई गस्ती गरेका छन्। ९ गते हेलिकप्टरद्वारा हवाई गस्ती गरी फिर्ता भएका भारतीय सुरक्षाकर्मीहरुले उक्त त्रिदेशिय…

Read More

काठमाडौँ: ‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही फेरि विवादमा तानिएकी छन्। यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक विवादमा तानिएकी हुन्। उनी हाल ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्जको रुपमा कार्यरत छन्। उनै इन्स्पेक्टर शाही विवादमा तानिएर अहिले उनीमाथि छानबिन थालिएको प्रहरी स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनीमाथि आर्थिक अपचलन गरेको आरोप छ। सोही आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ। जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ। बलात्कार घटनलाई उनले हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको उनीमाथि आरोप लागेको हो। सोही सन्दर्भमा उपत्यका प्रहरी…

Read More

धनगढी: प्रहरी प्रधान कार्यालयले मंगलबार नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा तथा काज गरिएको हो। असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा /काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेशका केही जिल्ला प्रहरी कार्यालयसहित अन्य कार्यालयमा पनि नयाँ डिएसपी पठाइएका छन् भने केहीको सरुवा भएको छ। जसअनुसार डिएसपी सन्तोष पाठक जिल्ला प्रहरी कार्यालय अछामबाट सरुवा भएर नेपाल प्रहरी प्रधान कार्यालय परिचालन कक्ष नक्साल, काठमाण्डौ गएका छन्। उनको स्थानमा ईश्वरी प्रसाद भण्डारी बागमती प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा हेटौडा, मकवानपुरबाट…

Read More