धनगढी: कैलालीमा हिजो राति युवाहरुको समूहले एक युवकमाथि हतियार प्रहार गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकास्थित वडा नम्बर १ मा स्थानीय युवामाथि राति ९ बजे हतियार प्रहार भएको हो। ठेक्कापट्टा गर्ने चिसापानीका युवा उमेशजंग शाहीको समूहले योजनाबद्ध रुपमा राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहाका अध्यक्षसमेत रहेका नहकुल बममाथि हतियार प्रहार गरेको बताइएको छ। उनीमाथि आपसी विवादका कारण राति हतियार प्रहार गरिएको बुझिएको लम्कीका प्रहरी प्रमुख इन्सपेक्टर कान्तिराज जोशीले जानकारी दिए। उनका अनुसार बम घाइते भएको र हातमा १४ वटा टाका लगाइएको छ। स्रोतकाअनुसार उनलाई खुँडा र तरवार हानिएको थियो। घाइते बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिएका छन्। आक्रमणकारीलाई प्रहरीले खोजिरहेको छ।…
Author: महेन्द्रनगर पोष्ट
डोटी : हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव डोटी पुगेको छ। नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो डोटी शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलमा पुगेकाे हो। विमानस्थलमा दुवै शव उनीहरूका आफन्तले बुझेका छन्। मृतकका शवलाई प्रहरीको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने छ। थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा…
डडेल्धुरा : केही दिनयता डडेल्धुरामा चोरीका घटना बढ्दै गएको पाइएको छ । जिल्लाका फरक–फरक तीन स्थानमा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको परशुराम नगरपालिका–४ लटेरोडा कटालस्थित वडाकार्यालयमा तोडफोड गरी चोरी भएको छ । कात्तिक १५ गते राति दुईजनाको समूहले कार्यालयको मुल गेटको ताला फुटाएर चोरी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । कार्यालयको मुल ढोकामा रहेको सीसीटिभी क्यामेरा फुटाएर गेटको ताला तोडेको प्रहरीको बताएको छ । कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको वडा सचिव डम्बर साउँदले जानकारी दिए । उनका अनुसार कार्यालयमा जडित…
बझाङ : बझाङमा एक जना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका -८ पण्डित गाउँका ५५ वर्षीया गंगा दत्त पण्डित रहेका छन् । भीमलको रुखमा चढेर घाँस काटिरहेका पण्डित आज बिहान ८:३० बजे एक्कासी लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पण्डितलाई एम्बुलेन्स मार्फत् जिल्ला अस्पताल सिमखेत ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताए ।
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले भूकम्पपीडितलाई सवा लाख दिने भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक लाख २५ हजार पठाउने निर्णय भएको नगरपालिकाका मेयर डिल्लीराज जोशीले जानकारी दिए। उनका अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ।
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘केरकार’ गरेको छ । भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले बताए। अराजक गतिविधि गरेको र सामाजिक संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन्। सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाइ छ।
कञ्चनपुर: हमासको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल उद्धारको माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। विपिनका बुवा महानन्द जोशीले नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरूले तत्काल छोराको उद्धार गर्नुपर्ने बताए। विपिनकी बहिनी पुष्पाले आफ्नो दाई बन्धक भएको ३० दिन भइसकेको अवस्थामा नेपाल सरकारलाई आग्रह गर्दै आफनो दाईलाई सकुशल घरमा आउने वातावरण मिलाई दिन आग्रह गरिन्। उनले भाईटीका आफनै दाईसँगै मनाउने वातावरण मिलाईदन सरकारलाई आग्रह गरिन्। प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ।…
काठमाडौँ : इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ । उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईनेछ । यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट,…
डडेलधुरा : डडेलधुराको अजयमेरु गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागि जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने छौँ,’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले भूकम्पमा परी पुरिएकाहरूको खोज, उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न पनि अपिल गरेको छ ।…
कञ्चनपुर : जाजरकोट र रुकुमपश्चिममा भूकम्पपीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू. एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्कर्मीको टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा। शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्यकर्मीको टोली खटिएको छ । “आज कर्णाली पुगेर मन्त्रीलाई रू। साढे तीन लाखभन्दा बढीको…