Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले आज एक रेस्टुरेन्टको उद्घाटन गरे। उनले धनगढीको चौराहमा मनोहर रेस्टुरेण्ट तथा क्याफेको रिवन काटेर उद्घाटन गरेका थिए। गाडी सवारी र पिएसओसहितको तामझाम बोकेर उनी त्यहाँ उद्घाटनमा पुगेका थिए। तर, अहिले भने उनको आलोचना हुन थालेको छ। सरकार र अहिलेका प्रदेशका मन्त्रीहरु फुर्सदिला भएको भन्दै आलोचना भैरहेको हो। माओवादीबाट मन्त्री बनेका झपटले रेस्टुरेन्ट उद्घाटन गरेपछि काम नपाएर उद्घाटनमा गएको भन्दै गाली खाइरहेका हुन्। तर ती मन्त्रीले भने आफूले युवालाई स्वरोजगार बन्न प्रोत्साहन गरिरहेको बताएका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोमबार आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूकाे आवश्यकताअनुसार काज सरूवा गरेकाे हाे। हेराैं काज सरूवा सूची :

Read More

डडेल्धुराः जिल्ला सदरमुकाम डडेल्धुराका होटलमा राखिएको ससमा ढुसी भेटिएको छ। ग्रिन माउन्टेन कृषि विकास फर्म अमरगढी नगरपालिका–४ ले उत्पादन गरेको ‘जीएम सस’को सिल नखोलेको बोतल भित्र सोमबार जिल्ला सदरमुकामको एक होटलमा उपभोक्ताले चाउमिनमा प्रयोग गरिरहेको ससमा ढुसी भेटिएको हो। १७ मे २०२३ अर्थात् ३ जेठ २०८० मा उत्पादन मिति रहेको ‘जीएम सस’ ९ महिना प्रयोग गर्न सकिने भनिए पनि उक्त ससमा ४ महिना नपुग्दै ढुसी भेटिएको हो। ग्रिन माउन्टेन कृषि विकास फर्मले ‘जीएम सस’मा नाममा गुणस्तहीन सस पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय रमेश अवस्थीले बताए।

Read More

इलाम : इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा अधिकृतले कार्यालयमै गरेको हर्कत उल्लेख छ । प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो । महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै…

Read More

डोटी: एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिदाको दिन बिना पास चल्ने सरकारी गाडी नियन्त्रणमा लिने अभियान चलाएको छ । सरकारी गाडीको व्यापक दुरुपयोग भएको भन्ने आलोचना आएपछि सार्वजनिक बिदाको दिन बिना पास चल्ने सरकारी गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने गरेको अनेरास्वबियुका डोटी जिल्ला ईन्चार्ज बिरवहादुर बिष्टले बताए । सरकारी गाडीको दुरुपयोग भइरहेको गुनासो आएपछि सो रोक्न माग गर्दै असार २९ गते डोटीमा क्रियाशिल ५ त्रिद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए पश्चात पनि प्रशासनले कुनै चाँसो नराखेपछि यो अभियान चलाएकाे बिष्टले बताए । गत शनिवार शिखर नगरपालिका र बडीकेदार गाउँपालिकाका गरि दुई मोटरसाईकल नियन्त्रणमा लिइएको सो संगठनका जिल्ला संयोजक…

Read More

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । गौरा पर्वको अवसरमा गाउँपालिकाले भदौ २१ र २२ गते सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले उक्त दुई दिन आफ्नो कार्यक्षेत्रभित्र रहेको सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, संघसंस्था, विद्यालय बन्द हुने जनाएको छ । ‘भदौ २१ गते बिहीबारका दिनमा अधिकांश दोगडाकेदार गाउँपालिकाबासीहरुले गौरा पर्व मनाउने भएकोले विशेषगरी सुदूरपश्चिममा मनाइने यस पर्वको संरक्षण गर्न संवत् २०८० भदौ २१ र २२ गतेका दिन दोगडाकेदार गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाबाट निर्णय भएको’, जारी सूचनामा उल्लेख छ । गौरा पर्व सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक चाड हो । डोटी, डडेल्धुरा, बैतडी,…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो । सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका…

Read More

कैलाली : धनगढी उपमहानगरपालिकामाथि मानहानि मुद्दा दायर भएको छ । जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिकामाथि मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरिएको जनाइएको छ । रिटमाथि बिहिबार बहस तोकिएको छ । जिल्ला अदालत सम्झौता विपरित कुनै काम नगर्न र नगराउन आदेश दिएपनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा भदौ ८ गते डोजर चलाएको थियो ।

Read More

काठमाडौँ : न्याय सेवाका दुई सचिवसहित १७० कर्मचारीहरूको एकै पटक सरुवा भएको छ । न्याय सेवा आयोगको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ भने नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा गरेको छ भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिव एवम् १५६ जना उपसचिवको पनि सरुवा…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले गौरा पर्वका लागि दुई दिन बिदा दिएको छ । मंगलवार नगरपालिकाले सूचना जारी गर्दै गौरा पर्वको अवसरमा २१ र २२ गते बिदा दिने निर्णय भएको जनाएको हो । त्यस्तै, कृष्णपुर नगरपालिकाले पनि गौरा पर्वकै अवसरमा २१ गते सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी दिएको छ । सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी परेको छ ।

Read More