Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः दार्चुलामा लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन् । उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथमा सो मात्रामा चरेस पाइएको थियो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको…

Read More

काठमाडौँ: मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको ४४ वर्षको उमेरमा निधन भएको छ । जनता समाजवादी पार्टी,नेपालका तर्फबाट समानुपातिक सांसद यादवको उपचारका क्रममा आज बिहान निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । पाठेघरको मुखको क्यान्सरबाट पीडित उनी १० दिनदेखि अस्पतालको अति सघन कक्षमा उपचाररत थिइन् ।

Read More

काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन्। आज बिहान ९ बजे कतार एयरवेजबाट उनी अमेरिका प्रस्थान गरेका हुन्। यही सेप्टेम्बर १४ मा हुने शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहनेछन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन्।

Read More

काठमाडौँ: भेलुबाजेका नामले परिचित प्युठानका मीनबहादुर बुढाकी पत्नीको निधन भएको छ। हिजो (सोमबार) उनकी पत्नी बिष्ना बुढाको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको उपचारका क्रममा निधन भएको हो। केही समयदेखि बिरामी रहेकी उनको दिल्लीमा उपचार भइरहेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एशोसिएशन फर आइडिया (Idea) नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलय स्थापना भएको छ। वेदकोट नगरपालिका-७ लालपुरमा एक कार्यक्रमबीच आइडिया नेपालको प्रादेशिक कार्यलयको उद्घाटन गरिएको हो। कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकारका लागि काम गर्ने उद्देश्यले आइडिया नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलयको शुभारम्भ गरिएको हो। आइडिया नेपाल सुदूरपश्चिम प्रदेशले एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँगको सहकार्यमा कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न काम गर्नेछ। उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्र देव भट्टले ब्यानर पढेर आईडीया नेपालको प्रादेशिक कार्यलयको स्थापना गरे। कार्यक्रममा बोल्दै उनले कुष्ठ प्रभावित व्यक्तिहरूले अझै पनि समाजमा लुकेर बस्नु पर्ने अवस्था रहेको बताए। कुष्ठ प्रभावित…

Read More

काठमाडौँ: संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो । अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

Read More

फिक्कल: इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा ९एमाले० संसदीय दलको उपनेतासमेत थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । उनी २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल परे । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन,…

Read More

काठमाडौं: मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो। बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ। नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ। पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दर्ता गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला…

Read More

काठमाडौं: लेखक एवं पत्रकार राजेन्द्र पराजुलीकाे निधन भएकाे छ। निमाेनियाका कारण आज बिहान बी एण्ड बी अस्पतालमा उनकाे निधन भएकाे हाे। उनकाे दिउँसाे २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ।  पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन्। ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’लगायत दर्जनौं कृति चर्चित छन्। उनले लामाे समय पत्रकारिता गरेका थिए।  

Read More