काठमाडौं : विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएको छ। प्रतिवादी ४ मध्ये निमा फरार छन्। राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो। जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : एमाले सुदूरपश्चिमा अध्यक्षमा प्रत्याशी कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले कृष्णप्रसाद जैसीलाई सहमतिको अध्यक्ष बनाउन उम्मेदवारी फिर्ता लिएको बताएका छन्। अध्यक्षका प्रत्याशी भरत साउद र बचन सिंहले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।
धनगढी : धनगढी उपमहानगरपालिकाले लक्ष्मीनगरमा रहको बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको छ। उपमहानगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार बजार अनुगमनका क्रममा बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको हो। आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभएकाले दुई हजार रुपैयाँ जरिबाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए । उक्त उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको उनले बताए। उनका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर दुई हजार मात्रै जरिबाना लिएको र आगामी दिनमा पनि यो कार्य गरेको फेला पारे नियमानुसार कारबाही गरिनेछ।
काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेटमा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ। दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुने छ। उपाधि दावेदार भारत लगातार दोस्रो जितको खोजीमा हुने छ भने अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ। आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा अफगानिस्तानविरुद्ध बंगलादेशले ६ विकेटको जित निकालेको थियो। एकदिवसीय विश्व कपमा दुई देशले हालसम्म १ खेल मात्र खेलेका छन्।
कैलाली: प्रहरीले कैलालीको धनगढी उपमहानरपालिकाबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धनगढी–१३ श्रीलङ्का जाने बाटो नजिकबाट २ सय १० मिलीग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय पारस पार्कीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा पार्कीको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं: सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ। अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीसमेत त्यसतर्फ प्रस्थान गरेका हुन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हालेका छन्। यस्तै निमित्त प्रहरी महानिरीक्ष, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मङ्गलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेकाे छ। उक्त टोलीमा उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा…
धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक मृत फेला परेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए । मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए । उनका अनुसार चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए। मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
काठमाडौं : इजरायलमा प्यालेस्टाइनको इस्लमिस्ट समूह ‘हमास’को आक्रमणमा परी १४ अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले जनाएको छ। मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले इजरायलमाथि गरेको आक्रमणमा आफ्ना १४ नागरिकले ज्यान गुमाएको बताएका हुन्। द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति बाइडेनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। ह्वाइट हाउसले उक्त आक्रमणमा २० जना भन्दा बढी अमेरिकी नागरिकहरू बेपत्ता भएको जानकारी दिएको छ।
धनगढी : कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ६ सय ७५ रुपैँया र २ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीलाई चयन गर्नेगरी सहमतिको खाका प्रस्ताव गरिएको छ । निर्वाचनको कार्यक्रम अघि बढे पनि जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्नेगरी मंगलबार सहमतिको खाका प्रस्ताव गरिएको हो । प्रदेशकाे नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेपछि सर्वसम्मत चयन गर्ने प्रयास थालिएको भए पनि यहाँ दुई प्यानलबीच भिडन्त हुने देखिएको छ । नेताहरू कर्णबहादुर थापा, लेखराज भट्ट र दामोदर भण्डारीबीच माेटामाेटी सहमति भइसकेकाे छ । उनीहरूले जैशीलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । उनीहरूको सहमतिकाे खाकामा उपाध्यक्षमा बाजुराका कालीबहादुर शाहीको नाम छ भने सचिवमा कैलालीका रणबहादुर चन्दकाे नाम छ। यस्तै उपसचिव कैलालीका नेपालु चाैधरी र कञ्चनपुरका कलसा…