काठमाडौँ : पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो। फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्याएका थिए। उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए। दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो। दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन्।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: धनगढीको सेती प्रादेशिक अस्पताल भित्रको बेथितिमा अनेरास्ववियुले ध्यानाकर्षण जनाएको छ। आज (आइतबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटीले सेतीमा ब्याट्री मौलाउदै गएको भन्दै अस्पताल प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। सुदूरपश्चिमकै स्वास्थ्य क्षेत्रको धरोहर सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिदै आएको सेती प्रादेशिक अस्पतालको पछिल्लो समय अवस्था खस्किदै गएकोले ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बताए। उनका अनुसार सेतीमा सेवाग्राहीले समयमा सेवा नपाउने, शल्यक्रियाको लागि एक वर्ष पछिको मिति प्रदान गर्ने, खानेपानीको नाजुक अवस्था, शौचालय तथा सरसफाइको अवस्था पनि चिन्ताजनक छ। यस्तै सेतीमा कार्यरत चिकित्सकले बाहिरको निजी अस्पतालसंग सेटिङ गरेर रेफरको सिफारिस गरिदिने लगायत नर्सहरुको पनि समस्या रहेको बताइन्छ। सोही समस्याहरुलाई…
रुस : रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ। चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ। उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो। लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो। यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो।
धनगढीः धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा तालाबन्दी गरिएको छ। आइतबार कल्भर्ट निर्माणको बजेट काटेको भन्दै ‘जी’ गाउँका स्थानीयले तालाबन्दी गरेका हुन्। वडाध्यक्षले कल्भर्ट निर्माण गर्न आएको २० लाख ५ हजार बजेट अन्यत्र सारेको स्थानीयले आरोप लगाएका छन्। कल्भर्ट निर्माण गर्न प्रदेश सरकारबाट बजेट आउने भन्दै बजेट अन्यत्र हालेको स्थानीयले बताए। यो वर्ष कल्भर्टको बजेट काटेको र अघिल्लो वर्ष शिवशंकर आधारभूत विद्यालयदेखि धनबहादुर विष्टको घरसम्म ग्राभेल हाल्ने बजेट अन्यत्र लगेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताए। यो विषयमा वडाध्यक्ष मानबहादुर विष्टले भने प्रदेश सरकारबाट कल्भर्ट निर्माण गर्न २५ लाख बजेट आउने भएकाले दोहोरो कार्यक्रम पर्ने भएकाले बजेट काटिएको बताए।
धनगढी: धनगढीबाट ब्राउनसुगरसहित एक युवक र युवतीलाई पक्राउ गरिएकोको छ। शनिबार साँझ धनगढी उपमहानगरपालिका–४ नाष्ट कलेज नजिकबाट ०.०४ मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँकी २१ वर्षीया रुविता चौधरी र २१ वर्षकै करन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) र अस्थायी प्रहरी पोष्ट बसपार्कको संयुक्त टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा उनीहरुबाट ब्राउनसुगर फेला परेको बताइएको छ। प्रहरीका अनुसार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। यस्तै आरआइटीले नै कञ्चनपुरको पुनर्वास (डोकेबजार) बाट १ सय मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका अन्दाजी १८ वर्षीय अभिषेक चौधरीलाई पनि पक्राउ गरेको छ।
धनगढीः कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। धनगढी उपमहानगरपालिका १२ सी गाँउ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरको शौचालयमा विजुलिको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिवार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकैको समाज सुधार सामुदायिक बनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल…
धनगढी: कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले तस्करीका अवैध सामान र मोटरसाइकल समात्ने अभियान थालेको छ। जसअन्तरगत आरआइटीले (हिजो) शनिबार ३ वटा मोटरसाइकल बरामद गरेर एक गोदाममा छापा हानेको छ। प्रहरीका अनुसार भजनीको वडा नम्बर ७ हिम्मतपुर भारतबाट सामान ल्याउने २ वटा दुई नम्बरी मोटरसाइकल बरामद गरिएको छ। यस्तै उता टीकापुरको कालाकुण्डाबाट पनि एक १ मोटरसाइकल समातिएको छ। त्यस्तै त्यहाँको मिलन खुद्रा पसललाई अवैध सामान राख्ने गोदाम बनाइएकोमा त्यहाँ छापा हानेर सामानहरु बरामद गरिएको छ।
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीकासामान बरामद गरिएको छ। जिल्लाको भिमदत्त नगरपालिका–४ र ६ सुकासालबाट अवैध रुपमा भन्सार छली ल्याएका अन्दाजी २ लाख २८ हजार ६१० मुल्य बराबरका कम्मरमा लगाउने कपडाको बेल्ट, लेडिजका कपडा, दाल, तेल, अचार, काजु लगायतका खाद्ययबस्तु तथा कपडा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। साथै भन्सार छलीका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ।
काठमाडौं: काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ वर्षीया अनिता थापामगरको मृत्यु भएको हो। उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अनिताकी ९ वर्षीया छोरी अनिसा घाइते भएकी छन्। उनको स्वयम्भुस्थित…
धनगढी: कैलालीमा लागुऔषधको जालो झन बढ्दै गएको छ। पछिल्लो समय सीमा नाकाबाट ब्राउनसुगर तस्करी र कैलालीमा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको पाइएको हो। प्रहरीको तथ्यांक अनुसार अहिले विषेशगरी युवाहरु लागुऔषधको दलदलमा फसिरहेका छन्। कैलालीस्थित अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले मात्रै चालु आर्थिक वर्षको श्रावण महिनामा मात्रै लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न २५ जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गणेश बरालका अनुसार पक्राउ पर्नेमा २४ जना युवक र १ युवती रहेका छन्। उनीहरुको साथबाट प्रहरीले २९ ग्राम ५२५ मिलीग्राम लागुऔषध (खैरो हेरोईन) बरादम गरेको छ। १ महिनाको अवधिमा लागुऔषध सम्बन्धीका १५ ओटा मुद्धा दर्ता भईसकेको बरालले…