Author: महेन्द्रनगर पोष्ट

बुटवल : लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । यस्तै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ । प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । त्यस्तै, कोशी प्रदेश सरकारले पनि जाजरकोट भूकम्प पीडितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले…

Read More

डोटीः शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाद्वारा विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरिएको हो। जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ।

Read More

काठमाडौं: कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको गाडी बाग्लुङको बुर्तिबाङमा दुर्घटनामा परेको छ। पोखरामा प्रदेशको कार्यक्रम सकेर मध्यपहाडी लोकमार्ग हुँदै फर्किएका सभामुख नन्दा गुरूङ, उपसभामुख यशोदा न्यौपाने र प्रदेश सभाका कर्मचारीहरू सवार गाडीसँग मोटरसाइकल ठोक्किएको थियो। सभामुख गुरूङले आफूहरू चढेको गाडीमा विपरीत दिशाबाट तीन जना चढेर आएको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलमा रहेकाहरूलाई सामान्य चोट लागेको बताइन्।

Read More

काठमाडौं : जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ। नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ। जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन्। शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

Read More

काठमाडौं : बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम भूकम्प पीडितहरुका लागि राहत, उद्धार र पुनः निर्माणमा खर्च हुने बताइएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र राहतका लागि सो रकम उपलब्ध गराउन लागिएको जानकारी दिए । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले तत्काल एक करोड र स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार प्रदेश सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय…

Read More

काठमाडौँ: नेपाल सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट पठाउने निर्णय गरेको छ । गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने बैठको निर्णय छ । निर्णयहरु:

Read More

काठमाडौँ : गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरुको अवस्था बुझ्न सो क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर अर्को विमानबाट काठमाडौँ फर्किने भएका छन् । साढे २ बजे नेपालगञ्जबाट हवाईजहाज मार्फत काठमाडौँ फर्कन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए । नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका प्रचण्डले साथमा दुई सुरक्षाकर्मी र मेडिकल टिम लिएर गएका थिए । हेलिकोप्टरबाट घाइतेलाई अस्पताल पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ खटिएका थिए । पीडितलाई राहत, उद्धारका लागि निर्णय गर्न भोली बिहान ८ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रेस संयोजक सूर्यकिरणले जानकारी दिएका छन् । प्रचण्ड बिहान…

Read More

काठमाडौँ : जाजरकोट भूकम्पका घाइतेहरूलाई सांसद डा.सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । सांसद शर्मा सल्लाहकार रहेको सो मेडिकल कलेजले आज प्रेस विज्ञप्ति जारी गरेर भूकम्पका घाइतेहरूलाई निःशुल्क उपचार गरिने जनाएको हो । सांसद शर्माकी छोरीसमेत रहेकी केएमसीकी कार्यकारी अध्यक्ष सोईना शर्माद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार सामग्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउन पनि तयार रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेको जानकारी गराउँछौँ ।’ घाइतेहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले केएमसीमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको सांसद शर्माले जानकारी दिए । ‘आपतविपतका बेला…

Read More

धनगढी : सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ। शनिबार एक विज्ञप्ती सार्वजनिक गर्दे ५ दिनका लागि नेपाल टेलिकमले फोन तथा म्यासेज निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको हो। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनकाअनुसार उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ। ‘नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गएराति गएको शक्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गर्दछौं। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको…

Read More

डडेल्धुरा: डडेल्धुरामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका– १ तोलि गाउँ बस्ने मीनबहादुर बोहराकि श्रीमती नारूदेवी बोहराको शनिबार बिहान घाँस काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो। शनिबार बिहानै १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखवाट लडेर भीरवाट खोलामा परी उनको मृत्यु भएको स्थानीय योगेन्द्र देउवाले जानकारी दिए।

Read More