Author: महेन्द्रनगर पोष्ट

धनगढी : एमाले नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन्। धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन।’ त्यो अवस्था अझै सिर्जना भएको छैन? भन्ने प्रश्नमा रावलले ‘अध्ययन गर्दैछु’ भन्ने जवाफ दिए। चितवनमा भएको दशौं अधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएका एमाले नेता डा भीम रावल त्यसयता पार्टीभित्र कुनै पदमा छैनन्। गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । उनी पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् । एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा समेत रावललाई बोलाइएको थिएन्। अधिवेशनका लागि रावलले…

Read More

धनगढी: बैतडीमा मिनिट्रकमा सवार बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा चालकसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउदै गरेको से १ ख १९७९नम्बरको मिनिट्रक र सोही ट्रकका चालक मेलौली नगरपालिका–७ का महेश ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो। मिनिट्रकमा सवार रहेकी बालिकालाई जबरजस्तीकरण गरेको आरोप लागेको र ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका ६ को हिरापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए। करणीमा परेकी ती बालिका अत्तरियाबाट बैतडी आउन भन्दै मिनिट्रकमा बसेकी थिइन्। बिहीवार राती बुडरमा बस्ने क्रममा मिनिट्रकमा आफूमाथि चालक ओझाले जबरजस्तीकरणी गरेको भन्दै ती बालिकाले प्रहरीलाई जानकारी गराएपछि नियन्त्रणमा लिइएको बुझिएको…

Read More

धनगढी : नेकपा (एकीकृत समाजवादी) ले सञ्चालन गरेको समाजवादी जागरण अभियान जनतामा पार्टीप्रतिको स्वीकार्यता बढाउँदै सकारात्मक सन्देशसहित अगाडि बढेको सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्। अभियानमा सामेल हुन आज काठमाडौंबाट धनगढी विमानस्थलमा अवतरण गरेपछि समाजवादी प्रेस संगठन नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीले गरेको स्वागतका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सचिव झाँक्रीले उक्त कुरा बताएकी हुन् । अभियानका क्रममा झापाको काकँडभिट्टादेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सहभागी हुँदासम्मको अनुभवका आधारमा उनले जनतासँग नेतृत्वले आमनेसामने हुँदै अन्तक्र्रिया गर्ने मौका पाएको र त्यसक्रममा पार्टी निर्माण, विचारधारात्मक विकास तथा रणनीतिक क्रियाशीलताका निम्ति नेतृत्वलाई प्रेरणा प्राप्त भइरहेको उल्लेख गरिन् । सोही उत्साहका कारण उनी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका…

Read More

धनगढीः इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले इजरायलमा बाँकी रहेका नेपालीलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो। दूतवासले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त हुने क्रम जारी रहेको बताउँदै नेपाल फर्काइ सकिएका बाहेक फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण प्राप्त भएको जनाएको छ। त्यस्तै निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको समेत दूतावासले जनाएको छ । हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १…

Read More

धनगढीः लगानीहरुको समूहले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन्। शुक्रबार लगानीकर्ताको एक समूहले नियमित विपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीआ निष्कासनको अनुमति दिएको भन्दै कारबाहि माग गरका हुन्। उनीहरुले बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल विरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानविन र कारबाही गर्न माग गर्दै लिखित उजुरी दिएका हुन्। सर्वसाधारण लगानीकर्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी, काठमाडौलाई ज्ञापन पत्र बुझाउँदै सो घटनाको छानविन गरी संलग्न दोषी उपर कारबाही गर्न माग…

Read More

धनगढी : नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ। शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले पार्टी दुःखी भएको र अब यसरी विदेश जाने परिस्थितिको अन्त्य गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए।

Read More

धनगढीः सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा सेवा दिन्छु भनेर बझाङ पुगेका डा. नवराज जोशीको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको छ। मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार २४ गते मन्त्रालयमै काज फिर्ता गरिएको हो। डा जोशी जिल्ला अस्पताल बझाङमा कार्यरत थिए। उनी स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन्। १५ महिना अघि डा जोशीलाई बझाङ पठाइएको थियो। उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवा प्रभावित बनेको छ। एक मात्र विशेषज्ञ चिकित्सक रहेको सो अस्पतालका डाक्टर जोशीलाई तान्दा प्रसूति शल्यक्रिया सेवाहरू बन्द भएका छन्। यस्तै सुत्केरीका जटिल अपरेसनहरू पनि बन्द भएका छन्। मेडिकल आपूर्तिकर्ताहरूलाई गुणस्तरीय उपकरण तथा सामाग्री माग गर्दा भुक्तानीमा कडाइ गर्दा काज फिर्ता पावर लगाएर गराइएको…

Read More

काठमाडौं सशस्त्र प्रहरी बल नेपालले युनिट सरुवाको सुरुवात गरेको छ। पहिलो पटक सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेको ‘क’ गुल्म र नं. ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेशनमा परस्परमा सरुवा गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई वाहिनी मुख्यालय मकवानपुरअन्तर्गत काभ्रे जिल्लामा तैनाथ रहेको नं. १५ गणको ‘क’ गुल्म आश्रीत गुल्मको रूपमा सिन्धुली जिल्लामा तैनाथ थियो भने नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी अन्तर्गत सिरहा जिल्लाको नं. ७ गणको ‘क’ गुल्म मार्डरमा रही प्रस्तावित सीमा सुरक्षा गुल्मको रुपमा मातहत ३ वटा बिओपी सहित तैनाथ थियो। एपीएफभित्र बाहिनी, गण, गुल्म र प्लाटुन लगायतका संरचना रहेको छ।…

Read More

तनहुँ : डेंगी संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो। दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। ६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

Read More

धनगढी : एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र न्युजिल्याण्ड भिड्दैछन्। यी दुई टोलीबीचको खेल भारतको चेन्नेईमा दिउँसो सवा २ बजे शुरु हुनेछ। जारी प्रतियोगितामा न्युजिल्याण्ड लगातार २ खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ। एकमा जित र एकमा हारको नतिजा निकालेको बंगलादेश छैटौँ स्थानमा छ। न्युजिल्याण्ड आज लगातार तेस्रो जितको खोजीमा रहँदा बंगलादेश भने दोस्रो जित निकाल्ने ध्याउन्नमा हुनेछ। यी दुई टोलीबीचका पछिल्ला ५ खेलमा ४ खेल न्यूजिल्याण्डले जित्दा एक खेल नतिजाविहीन भएको छ। यसअघि गएराति सकिएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध कीर्तिमानी जित निकालेको थियो।

Read More