Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: सुदूरपश्चिम प्रदेशका २ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुव गरेको हो। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सुदूरपश्चिममा सरुवा भएका छन्। भने, परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ। तर, उनीहरुको ठाउँमा कसैलाई पनि पठाइएको छैन।

Read More

काठमाडौं: सुदूरपश्चिमका २ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलालीको जानकी गाउँपालिका र कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो। कैलालीको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टलाई टीकापुर नगरपालिकामा सरुवा गरिएको छ। उनको ठाउँमा कसैलाई पनि पठाइएको छैन। उता कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरमा सरुवा भएका छन्। उनको ठाउँमा जिल्ला समन्वय समिति कञ्चनपुरमा कार्यरत कृष्णानन्द जोशी जाने भएका छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदुरपश्चिम शारीरिक (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदुरपश्चिम श्री प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । दुई विधाका प्रथम द्धितीय र तृतीय हुने खेलाडीलाई दिईने ट्रफी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे । खुल्ला पुरुष शारिरिक र शारिरिक सुगठन खुल्ला गरि दुई विद्यामा खेलाईने प्रतियोगिताका दुबै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिईनेछ । यस्तै दुबै विधामा दोस्रो हुनेलाई…

Read More

कैलाली: कैलाली प्रहरीले चेक अनादर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कैलाली जिल्ला अदालतको मिति २०७४ साल पुस १२ गतेको फैसलामा ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरिएका टीकापुर नगरपालिका–२ अस्नेरीका ४४ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शाहीले ३२ लाख ५० हजार रकमको चेकको अनादर गरेका थिए। शाहीलाई आइतबार राति उनकै घरबाट पक्राउ गरेर सोमबार अदालतमा उपस्थित गराइएको छ।

Read More

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कञ्चनपुरको दोधाराचाँदनी पुगेका छन् । राजदूत श्रीवास्तव प्रस्तावित सुख्खा बन्दरगाहस्थलको अवलोकनको निम्ति त्यहाँ गएको बताइएको छ । राजदूतसँगै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रमेश लेखक पनि प्रस्तावित बन्दरगाहको अवलोकनमा सहभागी भएका हुन् । महाकाली नदी पारिको दोधाराचाँदनीमा बन्न लागेको बन्दरगाह भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । २०६४ मा प्रस्ताव गरिएको उक्त बन्दरगाह निर्माणबारे चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखिएको छ । स्थानीय मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वन क्षेत्रको दुई सय ८० बिगाहामा बन्दरगाह निर्माण हुने जनाइएको छ ।

Read More

काठमाडौँ : आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिना दिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उनले हाँस्दै सुनाइन्, “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।” भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्यालले बताइन् । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने…

Read More

धनगढी : तेस्रो संस्करणको एसईई आईडलको घोषणा गरिएको छ । प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिको आयोजनामा हुुने आईडलको सोमबार पत्रकार सम्मेलन मार्फत तेस्रो संस्करणको एसईई आईडल घोषणा गरिएको हो । प्रभात मिडियाका प्रबन्ध निर्देशक प्रकाशबहादुर छेडालले असोजदेखि सुरु हुुने नयाँ संस्करण अगामी असारसम्म चल्ने बताए । सुदुूरपश्चिम प्रदेशका ९ जिल्लाका २५ भन्द बढि स्थानमा आयोजना हुुने अडिसनमा एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । नयाँ संस्करणमा पनि अघिल्ला वर्ष जस्तै नृत्य र गायन विधातर्फ प्रतिभा प्रदर्शन गर्न पाउने व्यवस्था गरिएको छ । असोजदेखि फागुनसम्म प्रदेशका ९ जिल्लामा अडिसन प्रतियोगिता संचालन हुनेछन् । नृत्य र गायन विधातर्फका उत्कृष्ट ३०–३० जना प्रतिस्पधिले…

Read More

धनगढीः नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा कैलालीका एक नेतालाई निलम्बन गरेको छ। पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो।उनले केही समयअघि बहुविवाह गरेको पाइएको छ। उनले ‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले चौधरीलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ। चौधरी विरुद्ध पार्टीमा उजुरी परेपछि उनको कमजोरी पुष्टि भएसँगै उनलाई केन्द्रीय कार्यालयको बैठकबाट निलम्बनको गरिएको हो। चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन्।

Read More

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर कमरलाई नियुक्त गरिएको छ। आज (सोमबार) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो जिम्मेवारी प्रदान गरेको हो। डा. हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई आज मन्त्रालयले सो जिम्मेवारी दिएको जनाएको छ। उनी सेती प्रादेशिक अस्पतालका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा. पाण्डेको सरुवा गरेको थियो। डा पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो। डा. पाण्डे ११ औं तहका चिकित्सक हुन्। विसं २०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेसुको जिम्मेवारी दिएको थियो।

Read More

न्युयोर्क : परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी, भिसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री साउदले नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए । जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको बताए। उनले भने, ‘तपाईंहरूको ज्ञान सीप र पूँजी मात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार…

Read More