Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको गेटामा झण्डै ५ अर्बको लगानीमा चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारिएको थियो। अहिले पनि केही संरचना निर्माणको काम जारी छ। क्याबिनेट बैठकले निर्णय गरेको तर बजेटमा प्रतिष्ठान भनेर आएको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भइरहेको हो। तर संघीय सरकारको चालु आर्थिक वर्षको बजेटमा पूर्वाधार समिति खारेजको विषय उल्लेख गरिएको छ। जसका कारण अन्योल बढेको पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले बताए। उनले भने, ‘काम सक्न अझै एक वर्ष लाग्छ। अझै ९० करोड बजेट आवश्यक छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गर्दै…

Read More

धनगढीः डडेल्धुरामा लडेर एक महिलाको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो। मंगलबार भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रममा रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए। रूपाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

Read More

धनगढीः मिटरब्याजको मुद्दामा विचौलियाको भूमिका खेलेको आरोप लागेका कञ्चनपुरको गुलरियाका तेजबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय प्रवेशमा रोक लगाएको छ। कर्मचारी र प्रमुख जिल्ला अधिकारीसँग राम्रो सम्बन्ध रहेको बताउदै मिटरब्याज पीडितका मुद्दा मिलाइदिने आश्वासन दिदै विचौलियाको भूमिका खेलेका देउवालाई प्रशासन प्रवेशमा रोक लगाइएको हो। सोही कारण मंगलबार बिहान भने उनी प्रशासन प्रवेश गरेका थिएनन् तर दिउँसो ३ बजे मिटरब्याज पीडित सहायता कक्षमा पुगेका उनलाई प्रहरीले तपाई यहाँ नआउनुस् भन्दै फर्काएको थियो। देउवाले स्थानीय प्रशासन शाखाका खरिदार माधव फुलारासँग मिलेर मिटरब्याज पीडितसँग अनुुचित बार्गेनिङ गर्दै विचौलियाको भूमिका खेल्ने गरेको आरोप लागेको थियो। खरिदार फुलाराले पनि देउवासँग मिटरब्याज पीडित र पीडक पक्षबीच सहजीकरणको…

Read More

धनगढीः जिल्ला प्रशासन कार्यालय डोटीले राहदानी लिने आउने सेवाग्राहीका लागि सहजीकरणको व्यवस्था गरेको छ। सेवाग्राही स्वयंमले फाराम भर्न नसक्ने अवस्थामा कार्यालयबाटै भरिदिने व्यवस्था प्रशासन कार्यालयले मिलाएको हो। प्रशासकीय अधिकृत दीपा जोशीका अनुसार अब सेवाग्राही स्वयंमले राहदानीको फाराम भर्न नसक्ने अवस्थामा राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम कार्यालयमा रहेको राहदानी शाखाबाटै भरिने छ। यसअघि राहदानी सेवा लिने सेवाग्राहीहरुले प्रि–ईन्रोलमेन्ट फाराम बाहिरबाट भरेर लग्नुपर्ने बाध्यता थियो। साथै, यसरी फाराम भर्दा सेवाग्राहीले दुई सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क तिर्नुपथ्र्यो। तर, प्रशासन कार्यालयले राहदानीको प्रि–ईन्रोलमेन्ट फाराम कार्यालयबाटै निःशुल्क रुपमा भरिदिने व्यवस्था गरेपछि यसबाट सेवाग्राहीलाई सहजीकरण हुने देखिन्छ।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना आधाले घटेको छ। तीनवर्षको तथ्यांक हेर्दा सवारी दुर्घटना घटेको पाइएको छ।   गत आर्थिक वर्ष २०७९/०८० मा यहाँ २४९ सवारी दुर्घटना भएका छन्। यो अघिल्लो वर्ष २०७८/०७९ भन्दा आधा भन्दा कम रहेको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा यहाँ ५०१ सवारी दुर्घटना भएकोमा गत आव २०७९/०८० मा घटेर २४९ पुगेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक (एसपी) नेत्रमण गिरीले  जानकारी दिए। यस्तै  आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा भएका थिए।  सवारी दुर्घटना कमी भएसंगै अंगभंग र मृत्यु हुनेको संख्या पनि घटेको…

Read More

धनगढी: कैलालीको धनगढीबाट बेपत्ता भएका किशोर  फेला परेका छन्। चार दिनदेखि सम्पर्क विहिन रहेका  बैतडीको पञ्चेश्वर  गाउँपालिका कुलाउ बस्ने  अर्जुन मङ्गोलाका १५ वर्षीय छोरा निरज ममङ्गोला कैलालीको गोदावरीमा फेला परेका आफन्त इश्वरी साउदले जानकारी दिइन्। धनगढी त्रिनगर फुपुको घरदेखि कञ्चनपुरको पुर्नवास भिमबस्ती मामाको घर जाँदै गरेका  निरज असार ३० गते बाटोबाटै बेपत्ता भएका थिए। उनी मंगलबार दिउँसो फेला परेका बताइएको छ।

Read More

कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पाल पुरस्कृत भएका छन्। विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै आईजीपी वसन्त कुँवरले एसपी पाललाई नगदसहित पुरस्कृत गरेका हुन्। प्रहरी उपरीक्षक पाल दुई हजार तीन सय नगद रुपैयाँसहित अभिलेखमा जनिने गरी पुरस्कृत भएका छन्।

Read More

कैलाली: हिजो मंगलबार कैलालीको रानी जमारा नहरमा एक बालक डुबे। उनलाई बचाउन एक अर्का किशोर नहरमा हामफाले। बालक त बचे तर, ती किशोरको ज्यान गएको छ। मंगलबार दिउँसो जिल्लाको लम्कीचुहाँ नगरपालिका वडा नम्बर ६ स्थित रानी जमारा नहरमा डुबेर लम्किचुहा नगरपालिका वडा नम्बर ६ का कक्षा १० मा अध्यनरत १७ वर्षका योगेश चलाउनेको ज्यान गएको हो। नहरमा नुहाउने क्रममा अर्का बालक बगेको देखेपछि उनलाई बचाउन नहरमा पस्दा चलाउने आँफै नहरमा डुबेका थिए। चलाउने नहरमा बगिरहेको देखेपछि उनको उद्धारमा वडाअध्यक्ष लोकेन्द्र कठायत आफै पसेका थिए। तर, उनले किशोरलाई बचाउन भने सकेनन्। जोखिम मोलेर नहरमा गएका उनको प्रयास सफल हुन सकेन। अध्यक्ष…

Read More

कैलाली: कैलाली जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेको छ। कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ। नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाईने गर्दछन्। बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन्। डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो।…

Read More