Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरबाट धनगढीका एक किशोर लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट शून्य दशमलव शून्य ९ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय सुसिलसिंह राना पक्राउ परेका हुन्। मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले रानालाई लागुऔषधसहित पक्राउ गरेको हो।

Read More

दिपायल: डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाध्यक्ष चन्द्रमान सुनारले आफू चढ्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई प्रदान गरेका छन्। आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष सुनारले मोटरसाइकल चवरा चौतारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन्। स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्षसमेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकलाई हस्तान्तरण गरेका छन्। वडाको कार्य सहजताको लागि मोटरसाइकल आफूले प्रयोग गरे पनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता बढी रहेकोले हस्तान्तरण गरिएको उनले बताए। मोटरसाइकल बुझ्दै स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकले स्वास्थ्य चौकीको एउटा आवश्यकता पूरा गरिदिएकोमा वडाअध्यक्ष सुनारलाई धन्यवाद दिए। अध्यक्षले गरेको सहयोगले बिरामीले…

Read More

ओखलढुंगा : महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउपालिका- १० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ। आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि (असोज ५ गते) जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी ७ (सात) दिन म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने बताएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गर्न सोही कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । कार्यक्रममा उनले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक गरे । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी…

Read More

काठमाडौँ : नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले देशको सचिव वा मुख्य सचिवहरूको बढुवामा बेरुजुको मापदण्ड राख्न आवश्यक रहेको बताएका छन् । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा सचिव भट्टराईले यस्तो बताएका हुन् । बेरुजु बढाउँदै हिँड्ने व्यक्ति देशको मुख्य सचिव हुँदा त्यो व्यक्तिले देशको सुशासन कायम गराउन नसक्ने उनको भनाइ छ । भट्टराईले न्यायाधीशको परीक्षामा फेल भएकाहरूलाई सरकारले न्यायाधीश बनाउनु देशका लागि विडम्बनापूर्ण अवस्था रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘बेरुजुको हिसाबमा कस्ता मानिसहरू देशको सचिव वा मुख्य सचिव भएका होलान् । उनीहरूको बढुवामा कुनै आधार हुन्छ कि हुँदैन । उसले काम गरेको मन्त्रालय…

Read More

काठमाडौं : हङकङबाट ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुनेछ । चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुक्मिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त भएका छन् । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमल बहादुर शाहले उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।

Read More

धनगढी : कैलालीको धनगढीस्थित माया मेट्रो हस्पिटलका विशेषज्ञ चिकित्सकले केही झुट्टा प्रचार गरेको पाईएको छ । अस्पतालले हुँदै नभएको झूटा उपाधि लेखेर डर्माटोलोजिष्ट डा. प्रियंका मैनालीलाई अस्पतालले कस्मेटोलोजिष्ट समेत भनेर प्रचार गरी सेवाग्राहीलाई झुक्याउने गरेको पाईएको हो । अस्पतालले डा. मैनालीको प्रचारप्रसारका क्रममा ‘कपाल र सौन्दर्य विशेषज्ञ’ समेत लेखेको पाइएको छ । तर उनी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ हुन् । नेपाल मेडिकल काउन्सिलको रेकर्डमा पनि उनी डर्माटोलोजिष्ट मात्रै छिन् । अस्पतालले नभएको उपाधि प्रचार गर्ने गरेको डा। मैनालीले समेत स्वीकारिन् । उनले भनिन्, ‘अस्पतालले विज्ञापनमा त्यस्तो लेख्ने गरेको रहेछ । छालाको सबै प¥यो नि ! त्यही भएर लेखेको…

Read More

धनगढी: बझाङको तल्कोट गाउँपालिका – ५ खौला बजारमा आगलागी भएको छ। आज (मंगलबार) आगलागी हुँदा २ घरमा रहेका पाँच पसल जलेका छन्। प्रहरीका अनुसार उत्तम चदराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर लागेको आगो सल्किएपछि ५ ओटा पसलमा आगलागी भएको हो। अहिले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ। रबौको नोक्सानी भएको हो। आगलागीबाट पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल जलेको बताइएको छ। आगलागीको थप विवरण भने आइसकेको छैन

Read More

धनगढी: धनगढीमा लागुऔषध (ब्राउनसुगर) सहित २ युवक समातिएका छन्। आज (मंगलबार) सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले उनीहरुलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले धनगढी उप-महानगरपालिका-४ बोराडाडीको भित्री सडकखण्डबाट उनीहरुलाई समातिएको जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा जोशीपुर ७ बस्ने २२ वर्षीय विनय कुवँर र सोही पालिकाको वडानम्बर-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन्। उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा साथबाट १ ग्राम १६० मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ। अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More