Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक सुरेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चालक कैलाली घरभएका जानकारीमा आएको र पुरै ठेगना नखुलेको प्रहरी प्रवक्ता लोक राज जोशीले बताए । सोमबार अप्रान्न दशरथचन्द नगरपालिका वडा नं २ बाट निर्माण सामग्री बोकेर वडा नं ६ तर्फ जाँदै गरेको सुप,प्र- ०१००-२ त ६३८९ नम्बरको ट्याक्टर साढे ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी: हास्य टेलिसिरियल नसानाडी सार्वजनिक गरिएको छ। सुदूरपश्चिमका कलाकारहरुले निर्माण गरेको उक्त सिरियलको आज औपचारिक सार्वजनिकीकरण गरिएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थित राजघाटमा छायाँकन गरिएको नसानाडीले समाजमा भएका विकृति, सुदूरपश्चिमको भाषा र संस्कृतीलाई उजागर गरेको बताइएको छ। यस्तै सुदूरपश्चिमका समसामयिक विषय पनि यसले समेटेको छ। आज एक कार्यक्रमका बीच सो सिरियल सार्वजनिक भएको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले सो सिरियल निर्माण गर्ने टिमलाई बधाई तथा शुभकामना दिदै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। यस्तै डिएण्डबि ईन्टरटेटमेन्ट प्रालिका अध्यक्ष मेघा भट्टले सो सिरियलले सुदूरपश्चिमको कला क्षेत्रको विकासमा भूमिका खेल्ने बताइन्। उनले आफ्नो…

Read More

धनगढीः धनगढीको फुलबारी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बस्नेतले ज्यानको धम्की दिएको आरोप लागेको छ। अध्यक्ष बस्नेत र निर्माण व्यवसायी दुर्गाप्रसाद अधिकारीले क्याम्पस व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पाण्डेलाई धम्की दिएको आरोप लागेको हो। पाण्डेले क्याम्पसको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आशंकामा असहमती जनाउदै विरोध गर्दा उल्टै ज्यान सम्बन्धी धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुुरक्षाको माग गर्दै निवेदन दिएका छन्। पाण्डेले उनीहरुले आफु र आफ्नो परिवारका सदस्यलाई सिध्याइदिने धम्की दिएकोले कारवाहीको माग गरेका छन्। ‘अध्यक्ष बस्नेतले मलाई असार २७ गते फोन गरेर क्याम्पसको विषयमा धेरै चासो दिइस् र असहमतीको निर्णय फिर्ता लिइनस् भने तिम्रो बालबच्चा र तिमीलाई एक हप्ताभित्र…

Read More

डोटी : शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा ८१८ जनाले जाहेरी दिएका छन् । असारसम्म जाहेरी दिनेहरुले ६ करोड ४० लाख ६२ हजार ९९० रुपैयाँ ठगिएको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार हालसम्म सो रकम दाबीसहितको उजुरी आएका छन् । ‘हामीले डोटीमा नौ करोड जति हुनसक्छ भन्ने अनुमान गरेका छौं’, भण्डारीले भने, ‘करिब साढे ६ करोडको दाबी आइसक्यो । बाँकी कति आउँछ भन्न सकिन्न ।’ अन्य जिल्लामा शिव शिखर सहकारी संस्थाले ठगेको उजुरी आउन थालेपछि डोटीमा पनि सो संस्थाको शाखा भएकाले उजुरी आह्वान गरिएको प्रहरी नायब…

Read More

कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीमा एक किशोर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका ११ भुजेका स्थानीय १७ वर्षीय किशोर नदीमा बेपत्ता भएका हुन्। सोमबार साँझ साढे ५ बजेतिर पौडीसँगै माछा मार्न नदीमा पसेका युवक क्रिस सुनार बेपत्ता भएको प्रहरीले जनाएको छ। माछा मारेर घर फर्किने क्रममा जालसँगै अड्किएर सुनार बेपत्ता भएको स्थानीय अम्बादत्त जोशीले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बेपत्ता भएका किशोरको खोजी कार्य भइरहेको बताए। बाढी आउने समयमा ठस्ला नदी तथा खोलामा नुहाउने, तर्ने जोखिम नलिन नागरिक समाजले आग्रह गरेको छ।

Read More

काठमाडौँ : नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका-१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । तीनवटै विद्यालयमा माध्यमिक तहका १८/१८ छात्र/छात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ । श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न…

Read More

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । जरिवानाबापत नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम टिभिआरएस सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको बताए । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालकलाई ट्राफिक जरिवाना वापतको राजश्व सङ्कलन अनलाइन प्रणालीबाट भुक्तानी गर्न थालिएको उनले बताए । उनले जिल्ला भित्रमा जुनसुकै ठाउबाट पनि जरीवाना तिरेर आफ्ना कागजात लिन सकिने बताए ।…

Read More

काठमाडौँ: काठमाडौँस्थित अमेरिकी दूतावासले प्रेस तथा मिडिया कोअर्डिनेटर चाहिएको सूचना निकालेको छ । अमेरिकी दूतावासको टोलीसँग काम गर्न इच्छुक मिडिया पर्सनलाई आवेदनको निम्ति आह्वान गरिएको छ । जुलाई २६ तारिखभित्र आवेदन गर्न सकिने जनाउँदै दूतावासले भनेको छ, ‘कुनै कागजी निवेदन वा इमेल स्वीकार्य हुने छैन । तोकिएको वेबसाइटमा गएर सावधानीवशः फर्म भर्नुहोला ।’

Read More

नुवाकोट: नुवाकोटको लिखु गाउँपालिका ६ को वडा कार्यालयभित्र केही कर्मचारी र जनप्रतिनिधिले दिउँसै रक्सी सेवन गरेका छन् । उनीहरुलाई स्थानीयले रक्सी सेवन गरिरहेको अवस्थामा फेला पारेका हुन् । वडा कार्यालयमा पटक पटक यस्तो हर्कत दोहोरिएपछि आफूहरुले खिचेको फोटो र भिडियो समाजिक सञ्जालमा बाहिर ल्याउनुपरेको स्थानीयले बताएका छन् ।

Read More

काठमाडौँ: भारतीय गुप्तचर संस्था ‘र’ को नेपालस्थित कार्यालयमा दुई जना अधिकारी थप भएका छन् । लामो समयदेखि भारतीय इन्टेलिजेन्स विभागको यहाँस्थित कार्यालयमा एउटा दरबन्दी खाली थियो । अघिल्लो महिना नेपाल आएर भर्खरै ‘र’ प्रमुखमा नियुक्ति पाएका रवि सिन्हाले नेपालस्थित डेस्कको रिक्त पदमा दार्जिलिङका एक नेपालीभाषी पुरुष र एक महिलालाई नियुक्त गरेका छन् । अहिले नेपालमा ‘र’को १७ सदस्यीय टोली सक्रिय छ ।

Read More