Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलामा घाँस काट्दै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका(१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो। साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए। यस्तै कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। अहिले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको एआईजी पदमा नेपाल प्रहरीका डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो। उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए। सुदूरपश्चिम घर भएका जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमको रुपमा कार्यरत छन्। तर उनको दरबन्दी भने दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको मंगलबारका लागि आह्वान गरिएको विशेष अधिवेशनको विषय नै अस्पष्ट देखिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको विषयवस्तु नै अस्पष्ट देखिएको ठहर गरेको हो । सभामुख भीमबहादुर भण्डारीका अनुसार विशेष अधिवेशनको विषय अस्पष्ट देखिएपछि विषयवस्तु निक्र्यौल गरी दिन माग गर्दै प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गरेको छ । सभामुख भण्डारीले भने, ‘अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखबाट आएको पत्र नै अस्पष्ट छ । अधिवेशन आह्वान गर्नको लागि कुनै कारण नखुलेकोले स्पष्ट गरी दिनको लागि पत्राचार गर्ने निर्णय गरियो ।’ प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू कांग्रेस र एमालेसहित विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख कहाँ…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने बताए। उनले नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताए। राजदूत सोङले नेपाली…

Read More

काठमाडौं : सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अदालत परिसरभित्रै प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक कानुन व्यवसायी (वकिल)लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेकी छन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेकी थिइन् ।…

Read More

काठमाडौं : नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ । प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०/८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९/८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रहरी र आश्रित परिवारका लागि लक्षित गरेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०५२ सालमा कल्याणकारी कोष स्थापना भएको थियो । नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि यस्तै किमिसको कल्याणकारी…

Read More

धनगढी: बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट आज (आइतबार) मृत फेला परेकी हुन्। मेलौली प्रहरीका इन्चार्ज सई नरेश चन्दका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन्। उनले प्रेम सम्बन्धका कारण गलत निर्णय लिएको हुनसक्ने बुझिएको छ। हिजोमात्रै सोही पालिकाको वडा नम्बर ५ मा खलिगाडमा विवाहित युवती लक्ष्मी पार्की पनि मृत फेला परेकी थिइन्। उनी घरदेखि ३ सय मिटरको दुरीमा झुन्डिएको अवस्थामा फेला परेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार साउन ४ गते भरतपुर महानगरपालिका(२ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपाने सवार मोटर साइकलले महिलालाई ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रण छन्।

Read More

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए। मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर सोडारी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा अध्यादेशमार्फत बजेट ल्याउने सोडारी सरकारको तयारीमा ब्रेक लागेको छ । प्रदेशसभा सचिवालयले मंगलबार २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेको सूचना प्रकाशित गरेपछि सरकारले तयारी गरेको अध्यादेश अब थन्किने भएको छ । असार १ गते आएको बजेट असार मसान्तसम्म पनि पारित नभएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको थियो । २० गते एमालेले समर्थन फिर्ता लिएर तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो । अल्पमतको सरकारले बजेट ल्याउँदा पारित नहुने भएपछि मुख्यमन्त्री सोडारीले ३० गतेसम्म कुनै तयारी गरेनन् । त्यसलगत्तै सरकार बेखर्ची भएपछि अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सभाको बैठक अन्य गर्न प्रदेश प्रमुख नजिर…

Read More