Author: महेन्द्रनगर पोष्ट

बाँके: बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताए । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् । आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन्…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ: वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । तानसेन–रिडी–कोरला सडक म्याग्दीमा अवरुद्ध छ । ट्रयाक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिराका कारण समस्या भइरहेको छ । धनगढी–सहजपुर–बुडर–स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्णरूपमा अवरुद्ध छ । यस खण्डमा झन्डै तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । एक…

Read More

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका-२ मल्लाछेपट्टाका २७ वर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको छ । रोजगारीका लागि एक वर्षअघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । काम गर्ने होटेलबाट सामान किन्न बजार गएका बेला बसले ठक्कर दिएका उनको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए । मृतक पुष्करको घरमा श्रीमती, एक छोरी, आमाबुवा र भाइ छन् ।

Read More

कैलाली: महाकाली नदीको जलस्तरले सतर्कता तह पार गरेको छ । नदीले सतर्कता तह पार गरेसँगै बुधवार बिहानैबाट शारदा ब्यारेजमाथि बनेको पुलमा चारपांग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार नदीमा १ लाख ६१ हजार क्यूसेक पानी बगिरहेको छ । १ लाख क्यूसेक पानी बग्न थाले सो ब्यारेजमाथि बनेको पुलमा चारपांग्रे सवारी निषेध गरिन्छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार भारतको धौलीगंगा जलविद्युतको बाँध खोलिएकाले नदीमा दिउँसो जलस्तर झन् बढ्ने भारतीय पक्षले सूचनामार्फत जानकारी गराएको छ ।

Read More

कैलाली: कैलालीको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी वर्षा भइरहँदा नजिकैको मोहना नदीले निम्त्याउन सक्ने डुबान र कटानको जोखिमको त्रासमा रातभर जाग्राम बस्छन् । उनले भने, “वर्षा मौसममा मोहनामा बाढी उर्लिएर आउँदा निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि गाउँवासीलाई निरन्तर सूचना दिनुपर्छ, राति आफू नसुतेरै नदीको बहाव मापन गर्दै रात काटियो ।” उनी मोहना नदीको बहाव मापन गर्ने जिम्मेवारी (गेज रिडर)का रूपमा काम गर्दै आएका छन् । चेतावनी तहमा पुगेको मोहनाको बाढीको बहाव घट्दै गएको उनले बताए । सोही गाउँका सुरेश चौधरीले वर्षा नभए किसानलाई खेती गर्न समस्या, बढी वर्षा भए डुबान कटानको समस्याले नदी तटीय क्षेत्रका बासिन्दाले हैरानी खेप्नुपरेको बताए…

Read More

बैतडी: बैतडीमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको तल्लोस्वराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। वडा नम्बर ४ का अध्यक्ष जनकबहादुर चन्दका अनुसार रातिको समयमा सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो। किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन्।

Read More

काठमाडौं: सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट तीन जिल्लामा चार जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्। सर्लाही, धनुषा र मकवानपुरमा गरी चार जनाको ज्यान गएको हो। सर्लाहीस्थित बागमती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो। कमला नदीमा आएको बाढीमा दाउरा टिप्न गएका श्रीमान्–श्रीमती अझै बेपत्ता छन्। बागमती नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ। मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ। यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले…

Read More

काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ। आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा साउन १४ देखि असोज दोस्रो सातासम्म दिउँसो १२ बजेपछिका उडानमा कडाइ गरेको हो। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उडानमा कडाइ गरिएको उनले बताए। प्राधिकरणले उडानमा कडाइ…

Read More

धनगढी: कैलालीमा अविरल वर्षासँगै आएको पहिराेले अवरुद्ध भएकाे भीमदत्त राजमार्ग अझै सुचारू हुन सकेकाे छैन्। गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे। डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ। मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ। सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा डाेजरकाे प्रयाेग गरेर दुवैतर्फबाट पहिराे पन्छ्याउने काम भइरहेको बताए। उनलेे बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए। तर वर्षा र पहिराे खस्ने क्रम नराेकिएमा भने केही समस्या हुने बताइएको छ।…

Read More