Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा चिडियाखानाका लागि ७० लाख बजेट खर्च गरिँदैछ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गोदावरीमा प्रदेश चिडियाखाना स्थलमा घेरबार निर्माणको नाममा ५० लाख तथा चिडियाखानाको गुरुयोजना तयारी शिर्षकमा थप २० लाख गरी ७० लाख बजेट खर्च गर्दैछ । तर, प्रदेशको स्थायी राजधानी गोदावरी कायम गरिएकोमा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । दुरदराजका नागरिकले सिटामोलका लागि अझै पनि संघर्ष गर्नुपर्ने अवस्था रहेका बेला सरकारले भने चालु आर्थिक वर्षको बजेटमा मन्त्रालय तथा राजधानीमा रहने निकायका भवन मर्मत, सुधार र निर्माण शीर्षकमा ठुलो बजेट विनियोजन गरेको छ ।

Read More

धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले साथ दिएको छ । धनगढीलाई हरियाली प्रवद्र्धन गरेर पर्यावरणमैत्री बनाउने कार्यमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले पनि साथ दिएको हो । संघको २४औँ वार्षिकोत्सवको अवसरमा चारवटा विरुवा बराबर २० हजार रुपैयाँको चेक धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरिएको छ ।

Read More

दार्चुला: दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ । असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी…

Read More

डोटी: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा आठ सय १८ जनाले उजुरी दिएका छन् । उनीहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् । उजुरी आउनेक्रम जारी नै रहेको डोटी प्रहरीले जनाएको छ । सो सहकारीको दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको छ । शिवशिखर सहकारीबाट कोही ठगिएको भए जाहेरी दिन भन्दै गत जेठ ६ गते सार्वजनिक सूचना गरिएको थियो । बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा भने पक्राउ परिसकेका छन् ।

Read More

कैलालीः धनगढीमा प्रहरीले भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छलीका अन्दाजी ५८ हजार मूल्य बराबरका सुट, कुर्ति, गन्जी, सुर्ती लगायतका सामानहरु प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको छ। यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र पुनर्वास नगरपालिका–६ बाट भन्सार छलीका तरकारी, डिउ, कोकाकोला, चामल लगायतका सामान बरामद गरिएको छ । अन्दाजी ४५ हजार ७ सय मूल्य बराबरका ती सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read More

बैतडी: भारतको धौलीगंगा बाँध पुनः खोलिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार शनिवार बिहान ५ बजेदेखि बाँध खोलिएको हो भने बेलुका ८ बजेसम्म खुला रहनेछ । बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढेकाले नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिने गरेको छ । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट धनगढी–४ का १९ वर्षीय दिपेश चौधरीसहित तीन जना पक्राउ परेका हुन् । उनीहरुलाई नाइट्राभेट १० ट्याब्लेट र पारासिटामोल १२ ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

म्याग्दी: शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्साजस्तै देखिन्छ । यो तालमा धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ । निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटक छक्कै पर्ने मालिका –१ का…

Read More

विराटनगर: सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ। इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा द पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो। दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पिकअप…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले चारवर्षे स्नातकलाई फेरि तीन वर्षमा झार्ने गृहकार्य गरेको छ । विद्यार्थीको संख्या घट्न थालेको भन्दै त्रिविले स्नातकलाई तीन वर्षमा झार्ने गृहकार्य गरेको हो । चार वर्ष हुँदा विद्यार्थी पढ्न नआउने भएकाले तीन वर्षमा झार्ने विषयमा अनौपचारिक छलफल चलेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। गत १४ असारमा विश्वविद्यालयको प्राज्ञिक समितिको बैठकमा डीनहरूले पनि तीन वर्षमा झार्नुपर्ने सुझाव राखेका थिए । राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगमा पनि तीन वर्षमा झार्ने विषयमा छलफल भइरहेको त्रिविका अधिकारीहरू बताउँछन्।

Read More