Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

धनगढी- कैलालीमा झण्डै साढे तीन लाख बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-२ र ३ बाट भारतबाट अवैध सामान ल्याइरहेको अवस्थामा उनीहररूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१२ बस्ने ४० वर्षीय आशाराम चौधरी, धनगढी उपमहानगरपालिका-२ बस्ने निशा बिष्ट र ३५ वर्षीय रत्ना नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार घोडाघोडीका चौधरीले भारतबाट ल्याएको अवैध सामान घर गोदाममा राख्दै गरेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट ७९ जोर जुत्ता, ३६ जोर जुत्ताको लेस, ४ पिस लेदर र…

Read More

धनगढीः कैलालीमा आज( आइतवार) दिउँसो अटो दुर्घटना भएको छ। दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका –६ लालपुरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको सु.प.प्र.०२००१ ह १६५२ नम्बरको अटो दुर्घटना हूँदा ५ जना सामान्य घाईते भएका हुन। अटो चालक गोबिन्द नेपालीले पैदल यात्री १२ वर्षीय बालक अभिषेक बि.क लाई बचाउन खोज्दा अनियन्त्रीत भएर अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। अटो पल्टिदा पैदल यात्री बालकसहित अटोमा सवार सोही वडाकी ईन्द्रा साउँद, उनका २ वर्षिय छोरा दिपक साउँद, सोही ठाउँकी अमृता भट्ट र डोटीको दिपायल सिलगढी नगरपालिका– ४ का साईले साउँद सामान्य घाईते भएका प्रहरीले…

Read More

बाजुरा : विगत चार दिनदेखि परेको अविरल वर्षका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ । पानीको सतह बडेसँगै नदी किनारमा रहेका बस्ती र झोलुङ्गे पुल पनि उच्च जोखिममा परेका छन् । बाजुरा लगायत हुम्ला, मुगु, कालिकोट, अछाम, दैलेख, सुर्खेत, कैलाली र बर्दिया जिल्लाका कर्णाली नदी किनारका बस्ती जोखिममा पर्न सक्ने खतरा बढेको छ । जगन्नाथ गाउँपालिका पिलस्थित गुरुकुल विद्याआश्रमका सञ्चालक गङ्गाप्रसाद उपाध्याले भने । उपाध्याका अनुसार उक्त आश्रम कर्णाली नदी र पिलु खोलाको किनारामै छ कति वेला बगाउने हो , चिन्ता लागेको छ। प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार बाजुराको बुढिगंगा नगरपालिका वडा नं २ बजेडीका तीन घर भत्केका…

Read More

काठमाडौँ : माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ। सुन तस्करी गर्ने समूहसँग पटक(पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो । नौ किलो सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुलको संलग्नताबारे स्पष्ट पार्न माओवादी केन्द्रले महरासँग आग्रह गरेको छ। त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल निरन्तर सम्पर्कमा रहेको पुष्टि भए पनि प्रहरीले यसबारे कुनै कारबाही अगाडि बढाएको छैन। मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता पठाउने निर्णय गर्न बसेको माओवादी पदाधिकारी बैठकले महरासँग सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक नेताका…

Read More

धनगढी : एमालेबाट निर्वाचित कैलालीको गौरीगंगाका पूर्वमेयर भीम देउवा स्नातक तह दोश्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परिक्षा हलबाट निकालिएका छन् । आजदेखि शुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोरेका उनको परीक्षासमेत रद्द गरिएको छ । खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत देउवाको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो । जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरी रहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा शुरु भएको एक घण्टा नहुँदै उनी चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने परीक्षा दिन पाउने जनाइएको…

Read More

बर्दिया : बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

Read More

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले पार्टी नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा व्याख्या गर्न नहुने बताए । ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ, ’उनले भने, ’पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको…

Read More

धनगढीः कैलालीमा एक महिलाको शव फेला परेको छ। यही साउन २२ गतेदेखि हराइरहेकी लम्किचुहा नगरपालिका–१० की करिब ६० वर्षीया भोकारी चौधरीको आज शव फेला परेको हो। जानकी गाउपालिका–२ कटघर नजिकै पथरिया नदीमा चौधरीको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि टीकपुर अस्पतालमा राखिएको छ।

Read More

धनगढीः पाँच दिनको प्रयासपछि भीमदत्त राजमार्ग एकतर्फ रुपमा खुलेको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच दिनको प्रयासपछि एकतर्फी सञ्चालन भएको हो। दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले बताएका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला सडकखण्ड पाँच दिनदेखि अवरुद्ध थियो। सडक एकतर्फी सञ्चालन भए पनि दोहोरो यातायात भने खुलाउन कठिन भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

Read More