Author: महेन्द्रनगर पोष्ट

धनगढी: बाजुरामा भएको दुर्घटनामा थप एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्टकाे पनि मृत्यु भएकाे हो। यस अगाडि ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै, दुर्घटनामा परेर बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्। घाइतेको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइततबार दिउसो सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको जीप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जीप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण खुलेको छैन। र, यो पनि: बाजुरा दुर्घटना: मृतक कञ्चनपुरकी गायत्री, घाइतेहरुको परिचय खुल्यो [नामसहित]

Read More

धनगढी: बाजुरा सदरमुकाम मार्तडी स्कारपीयो जीप दुर्घटना हुँदा मृत्यु भएका एकजनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३१ वर्षीया गायत्री पन्त रहेकी छन्। उनको घर कञ्चनपुर हो। यस्तै, दुर्घटनामा परेर चार जना घाइते भएका छन्। बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, भीमदत्त नगरापलिका–१८ की ५२ वर्षीया राधिका भट्ट र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट घाइते भएका छन्। घाइते चारै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। आइततबार दिउसो सु.प.प्र. ०१–००१ च ४३१६ नम्बरको जीप बडीमालिका नगरपालिका–८ मा दुर्घटनामा परेको हो। जीप कोल्टीदेखि मार्तडी गइरहेको थियो। दुर्घटनाको कारण खुलेको छैन। र यो…

Read More

काठमाडौँ: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन्। प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्। उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन्। नेपाल प्रहरीका अर्का एआईजी भीमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन्। २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन्। उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य पनि अर्को महिना अवकाशमा…

Read More

धनगढी: बाजुरामा गाडी दुर्घटना भएको छ। आइतबार जिल्लाको मार्तडीमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिम प्रदेश ००१–००१ च ४३१६ नम्बरको स्कारपियो सडकको माथिल्लो मोडबाट स्कारपियो गाडी तल्लो मोडमा खसेको थियो। अहिले घाइतेलाई जिल्ला अस्पताल बाजुरामा लगेर उपचार थालिएको छ। मृतक र घाइतेको नाम खुलेको छैन। स्कारपियो कोल्टीबाट मार्तडी जाने क्रममा मार्तडी नजिकै दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाकी छ।

Read More

काठमाडौं : भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा व्यापक चलखेल भएको पाइएको छ। जसमा परामर्शदाता छनोट प्रक्रियामा ‘चलखेल’ भएको पाइएको हो। जसले गर्दा भूकम्पले क्षतिग्रस्त रुकुमपूर्व र जाजरकोटका ३० वटा विद्यालय भवन निर्माण प्रक्रिया अलपत्र परेको छ। शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले परामर्शदाता छनोटमा ‘चलखेल र अनियमितता’ गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्र र दाता एसियाली विकास बैंक (एडीबी) मा उजुरी परेका छन्। उजुरीसँगै परामर्शदाता छनोट प्रक्रिया (ईओआई) अन्योलमा छ। विद्यालय भवन निर्माण कार्य अघि बढ्न सकेको छैन। भूकम्पले क्षतिग्रस्त रुकुमपूर्व र जाजरकोटका ३० वटा विद्यालय पुनर्निर्माणका लागि सरकारले १४ अर्ब २० करोड रुपैयाँ बजेटमा छुट्ट्याएको थियो। एसियाली विकास बैंक (एडीबी) को ऋण तथा…

Read More

धनगढी: कैलालीको धनगढी र गोदावरी नगरपालिकाबाट झण्डै ११ लाखको सामान बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले १० लाख ९१ हजार ८०९ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।  जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराह, संचयकोष कार्यालय धनगढी नजिक र बोराडाँडीबाट १० लाख ५३ हजार ८०९ बराबरको मोबाइलका कभर, किरानाका सामान र मोजाहरु बरामद गरिएको छ।  यस्तै गोदावरी नगरपालिका–९ बालुवाटारबाट ३८ हजार बराबरको स्पिकर, पम्पको वासर र किराना सामान बरामद गरिएको छ। 

Read More

धनगढीः सुदूरपश्चिममा करोडौंका ट्रक एम्बुलेन्स अलपत्र बनेर थन्किएका छन्। सुदूर पहाडमा सेवा दिन भन्दै पठाइएका एम्बुलेन्स फिर्ता आएपछि अलपत्र रुपमा थन्किएको बताइएको छ। सुदूरपश्चिम सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ६ करोड २५ लाख १२ हजार रुपियाँमा १६ वटा एम्बुलेन्स खरिद गरेर अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई २०७६ कात्तिकमा हस्तान्तरण गरेको थियो। स्वास्थ्य क्षेत्रमा सुधारका लागि दिइएको एम्बुलेन्स प्रयोगमा ल्याउन समस्या भएपछि मन्त्रालयमै फिर्ता पठाउन थालिएको हो। बारम्बार एम्बुलेन्स बिग्रिदा मर्मत गर्नै समस्या भएको पालिकाहरुले बताएका छन्। सुदूरपश्चिमका समाजिक विकास मन्त्री मेघराज खड्काले पहाडी जिल्लाबाट एम्बुलेन्स फिर्ता आउने क्रम जारी रहेको बताए। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साँघुरो बाटोमा चलाउन समस्या भएको र मर्मत खर्च…

Read More

धनगढी: पहिले विदेशबाट नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करी हुँदै आएकोमा अवस्था फेरिएको छ। पछिल्ला दिन भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको सीमा सुरक्षा अधिकारीहरू बताउँछन्। नेपालमा भन्सार दर बढी र भारतमा कम हुँदा यस्तो स्थिति सिर्जना भएको हो। विगतमा उता सुन महँगो र नेपालमा सस्तो थियो भने अहिले उल्टो छ। प्रति १० ग्राम सुनको मूल्य भारतमा भन्दा नेपालमा १६ हजार रूपैयाँले बढी छ। जसले गर्दा दिल्लीबाट काठमाडौं आउने विमानमा सुन फेला पर्न थालेको छ। यस्तै यता सुदूरपश्चिमको कैलालीबाट पनि स्थलमार्ग हुँदै सुन तस्करीमा हुन लागेको बताइएको छ। सोही आशङ्कामा प्रहरीले अनुसन्धान पनि थालेको छ। यसैक्रममा सशस्त्र प्रहरीले कैललालीको भजनीबाट एक…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको दिल्लीमा उपचार सुरु गरिएको छ। मस्तिष्क घात भएपछि धनगढीको मायामेट्रो अस्पतालबाट रेफर गरिएका हमालको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार थालिएको हो। अहिले हमालको अवस्था स्थिर रहेको उनकी छोरी आरजुले जनाएकी छन्। शुकवार हमालको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनलाई नयाँ दिल्लीतर्फ लगिएको हो। नगरप्रमुख हमालको सचिवालयका अनुसार उनलाई शुक्रबार राति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएको थियो। श्वास फेर्न समस्या भएपछि राति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका निम्ति भर्ना गरिएको थियो। तर उनलाई रेफर गरेपछि दिल्ली लगिएको हो। यसैक्रममा उनकी छोरी आरजुले नेपालको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको महसुस भएको जनाएकी छन्। उनले नेपालमा…

Read More

काठमाडौं: अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या गरेको र शव लुकाएको आरोप लागेका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ। प्रिन्स विलियम काउन्टी सर्किट कोर्टका एक न्यायाधीशले ३७ वर्षीय भट्टको सुनवाइ सन् २०२५ को सेप्टेम्बर ८ का लागि तय गरेका हुन् । शव लुकाएको अभियोगमा भट्टको सुनवाइ आगामी हप्तादेखि हुँदै थियो। तर सोमबार उनीमाथि पत्नीको हत्या गरेको नयाँ अभियोग चलाइएको छ। यो सुनवाइको फैसला आउन करिब चार हप्ता लाग्ने बताइएको छ। कोर्ट टिभीले यो सुनवाइ टिभीमा प्रत्यक्ष प्रसारण गर्न खोजिरहेको छ। तर यसको निर्णय निर्णायकले गर्नेछन्। मेरिकामा रजिस्टर्ड नर्स काफ्लेकी एक छोरी छिन्। छोरीलाई सुरुमा सोसल सर्भिसका…

Read More