Author: महेन्द्रनगर पोष्ट

विन्दु चन्द, बैतडी: वर्षैभरि विभिन्न चाडपर्व आउँछन् । सबैको घरमा हर्षोल्लास छाइरहन्छ । दाजुभाइ–दिदीबहिनीमा मायाप्रेम प्रगाढ हुन्छ । तर मलाई कुनै पनि चाडले छुन्न किन होला ? त्यो मलाई नै थाहा छैन । मलाई यी कुरा कसरी राख्ने अर्थात कसरी भन्ने ? कुनै शब्द पनि छैनन् । आज रक्षा बन्धन यसलाई म यसरी व्याख्या गर्छु । पर्व एउटै भएपनि फरक गाउँ, समाज अथवा टोल समुदायमा फरक किसिमले मनाइन्छ । हरेक समुदायमा फरक–फरक परम्परा तथा चलनहरु हुन्छन् । यस्तै हाम्रो समुदायमा पनि फरक किसिमले रक्षा बन्धन मनाइन्छ । अहिले गाउँघरमा कसरी रक्षा बन्धन मनाउँछन् म अनभिज्ञ नै छुँ । किनभने नयाँ…

Read More

एजेन्सी: दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गको एक भवनमा भएको आगलागीमा कम्तीमा ६३ जनाको ज्यान गएको छ । जोहानेसबर्गको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको ज्यान गएको र ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा केही अग्नि नियन्त्रक पनि रहेका छन् । कैयौँ व्यक्ति अझै भवनभित्र फसेको आशङ्कामा खोजी भइरहेको छ । जोहानेसबर्ग आपत्कालीन व्यवस्थापन सेवाका प्रवक्ता रोबर्ट मुलाउजीले आफ्नो २२ वर्षे जागिरको सिलसिलामा यस्तो भयङ्कर आगलागी कहिल्यै नदेखेको बताएका छन् । केही समय अघिसम्म सहरको प्रमुख आर्थिक एवम् व्यापारिक केन्द्रमा रहेको भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा…

Read More

पर्वत: जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने । उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात…

Read More

कैलाली: कैलालीमा झण्डै ५ लाख स्रोत नखुलेको भारतीय रुपैयाँ र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिहीवार दिउँसो १ बजेको समयमा जिल्लाको गोदावरी नगरपालिका-१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा पक्राउ परेका हुन् । उनको शरीर र घरभित्र ग्यालरीको भित्तामा रहेको प्वालमा सुर्तीको कभरमा लुकाइ छिपाइ राखेको २ ग्राम १९० मिलिग्राम लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । त्यस्तै, उनको घरमै स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन)भित्र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँ समेत फेला पारी बरामद गरिएको बताइएको छ । तिरुवालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

विन्दु चन्द, बैतडी: मंगलबार साँझ सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी ५५ वर्षीया पार्वती घटालको मृत्यु भयो । साँझ ७ बजेको समयमा उनलाई आफ्नै घरमा सर्पले टोकेको थियो । उनको राति एक बजेको समयमा मृत्यु भएको हो । सर्पले टोकेपछि धामीझाँक्री बोलाएर उनलाई झरफुक गरिएको थियो । केही आराम जस्तो भए पनि राति उनको मृत्यु भयो । अस्पताल टाढाबैतडी जिल्ला अस्पतालमा सर्पदंश उपचार केन्द्र छ । तर उपचारकेन्द्र नपुग्दै सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको छ ।मृतक घटालको घरबाट सदरमुकामस्थित गोठालापानीमा रहेको सर्पदंश उपचार केन्द्र जान एक दिन नै लाग्छ । सडकमा पुग्न ३/४ घण्टा पैदल हिँड्नु पर्छ । सडक…

Read More

काठमाडौँ: चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर शाहको भनाइ छ । चीनको निमन्त्रणामा बिहीवारबाट हुने भनिएको आफ्नो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेनले सामाजिक सञ्जालमार्फत बताएका छन् । नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा निकालेको…

Read More

डडेल्धुरा: डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार आलिताल गाउँपालिका-३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत फेला परेकी हुन् । एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बताए । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि तीन सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

बाजुराः बाजुराको बडीमालिकामा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । भाद्र ११ गतेदेखि १४ गतेसम्म जनै पूर्णिमाको अवसरमा मेला लागेको हो । बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए। सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन्। बडीमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वास छ ।

Read More

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए। सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए । “नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पुर्याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”, उनले…

Read More