Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो। श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए। उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पन्ने योजना पेश गरेका थिए। २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन्। सन् १९५९ अक्टोबर ६ तारिखमा डोटीको सिलगढीमा जन्मिएका उनले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन्। सन् १९८२ अप्रिल ९ मा उनले शाखा अधिकृतको अस्थायी दरबन्दीमा सरकारी सेवा सुरु गरेका थिए। त्यसको दुई वर्षपछि…

Read More

धनगढी: सुदूरपश्चिमेलीहरुको महान पर्व ‘गौरा’ आजबाट बिधिबत् रुपमा सुरु भएको छ। आज भाद्र कृष्ण पञ्चमी आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ। विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन् । व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ। पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र…

Read More

धनगढी: धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी हुँदा १२ लाख बढीको धनमाल नष्ट भएको छ। ३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: कञ्चनपुरमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म.१ क १७७ नम्बरको बस र सु.प.प्र.०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा सोहीँ नगरपालिका–४ किचाई बस्ने २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढी: कैलालीमा लागुपदार्थ सेवन गरेर सवारी चलाउने २ चालकलाई नियन्त्रणमा लिइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहना-अत्तरिया ६ लेन सडकमा सवारी हाकिरहेको ती दुईजना आज(सोमबार) बिहान पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुपप्र ०२-००१ ज ३७४ नम्बरको विङ्गरका चालक चालक कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने २२ वर्षीय रमेश टमटा र रा १ च १४७५ नम्बरका जिप चालक दाङको बंगलाचुली गाउँपालिका- ४ बस्ने २५ वर्षीय सोनु नेपाली रहेका छन्। बिहान ८ बजे ट्राफिक प्रहरी र प्रहरी टोलीले शंकास्पद ५ जना चालकलाई लागुऔषध परीक्षण किटको प्रयोग गरि परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुमध्ये पक्राउ परेका २ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको…

Read More

डडेल्धुरा: दक्षिण कोरियामा रजत पदक जित्ने डडेल्धुराका निरज देउवा सम्मानित भएका छन्। सुदूरपश्चिम समाज, दक्षिण कोरियाले एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मानित गरेको हो। देउवाले दक्षिण कोरियाको छुङछङनाम्दोमा आयोजना भएको ‘आठौं डेजियोन एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ मा रजत पदक जितेका हुन्। उनले पुरुष ८७ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएका हुन्। दक्षिण कोरियाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगितामा २२ देश सहभागी थिए। देउवाले यसअघि पनि दक्षण कोरिया, अजरबैजान, भारत, पाकिस्तानलगायत देशमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई विभिन्न पदक तथा पुरस्कार पाइसकेका छन्। गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका उनी हाल सशस्त्र प्रहरी बल (एपीएफ) मा पनि कार्यरत छन्।

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। हिजो (सोमबार) राति सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले उक्त सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकास्थित डोकेबजारको परासन चौकी पछडीबाट सामान बरामद गरिएको हो। करिब २ लाख ५० हजार मूल्य बराबरको कपडा, बिडी, र सुर्ती जंगलमा लुकाएको अवस्थामा फेला पारी बरामद गरिएको र थप कारबाहीका लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले लागुऔषधसहित ३ युवायुवतीलाई पक्राउ गरेको छ। हिजो (सोमबार) धनगढी उप-महानगरपालिका-८ क्याम्पस चोक नजिकबाट धनगढी-१७ बस्ने वर्ष ३१ का पप्पु राना र धनगढी-३ बस्ने वर्ष १९ की करिष्मा छेडाललाई पक्राउ गरिएको हो। आरआइटीले उनीहरुलाई शंका लागि चेकजाँच गर्दा ३ ग्राम खैरो हिरोईन फेला परेको जनाएको छ।यस्तै धनगढी उप-महानगरपालिका १५ कनरीबाट बेलीका १८ वर्षीय प्रदिप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई  शंका लागि चेकजाँच गर्दा ३१० मिलिग्राम खैरो हिरोईन फेला परेको थियो। अहिले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: महेन्द्रनगरमा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देबकोटामाथि आक्रमण गरेको प्रकरणमा ६ जना प्रहरी हिरासतमा पुगेका छन्। आक्रमणको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरेकामध्ये ६ जनाले हिजो (सोमबार) प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार आत्मसमर्पण गर्नेमा कमल रोकाया, प्रविण बोगटी, केशव चन्द, नविन चन्द, रोहितजंग कुँवर र लेखान्त (क्षेत्री) बुढा रहेका छन्। २७ साउनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं जिल्ला अधिवेशनका क्रममा देबकोटामाथि एमाले जिल्ला कार्यालयमै आक्रमण भएको थियो। निर्वाचन कमिटीमा रहेका देवकोटाको अहिले पनि काठमाडौंमा उपचार जारी छ। निराजन शाहलाई भने यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।शाहसहित हिजो आत्मसमर्पण…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ का पदम कठायतलाई उनकै घरबाट कञ्चनपुर प्रहरीले शुक्रबार पक्राउ गरेको हो। कञ्चनपुर अदालतले कठायतलाई लागुऔषध मुद्धामा २०७९ फागुन ४ गते २ महिना १० दिन कैद र ५ हजार जरिवाना तोकेपछि फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कठायतलाई अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। 

Read More