Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।…

Read More

झापा : झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट कागजात बिनाको सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ। झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भीसीटीएस बिलसहित आवश्यक कागजात नभएको ६१ बोरा सुपारी फेला परेको बताए। अन्दाजी १० लाख ८३ हजार मूल्य बराबरको २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने…

Read More

धनगढी: प्रतिनीधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको आरोप लगाएका छन्। ‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यतीमात्र नभई ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गा धनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषि हुन्छन्रु’ उनले एक क्वीन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाए। सुन तस्करी काण्डको छानविन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्च स्तरिय छानविन समिति गठन गर्न माग गरिएकोमा…

Read More

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ। नगरपालिकाको–२ मा निर्माण गरिएको भवनबाट सेवा दिन सुरु गरेको हो। नयाँ भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने काम सकिएको र भवनमा विद्युत लाईनमा केही समस्या देखिएकाले काम गर्न केही समस्या भएपनि मर्मतको काम जारी रहेको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले बताए । नगरपालिकाले साउन भित्रै नयाँ भवनबाट सेवा सूचारु गर्ने भनेर यसअघि नै असार २८ गते पुजा गरेको थियो। एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवन निर्माण गरेको हो। भवन निर्माणमा १० करोड ५५ लाख ५६ हजार…

Read More

धनगढी : एससीसीको सचिवमा हाल अष्ट्रेलिया रहेका धनगढीका किशोर कुँवर निर्वाचित भएका छन् । उनले चुनावमा विजयी भएसँगै गैर आवासीय नेपालीहरुको अधिकार र भलाइका लागि वकालत गर्दै समुदायमा एकता बढाउन र सांस्कृतिक सम्पदा र पहिचानलाई सम्बोधन गर्ने बताएका छन् । वेस्टर्न अष्ट्रेलिया, पर्थमा रहेका उनले गैर आवासीय नेपाली र मातृभूमिबीचकाे सम्बन्धलाई मजबुत बनाउने प्रयास गर्दै समुदायको उन्नतिका लागि अथक प्रयास गर्ने बाचा गरेका छन् । उनले संस्थाले अंगालेका नीति र कार्यक्रमलाई राज्य स्तरसम्म पुर्याउनुका साथै राष्ट्रिय समन्वय समिति र डब्लुएलाई जोड्दै, सहकार्य गर्दै एनआरएनए डब्लुएको आवाज केन्द्र सम्म पुर्याउन पहल गर्ने बताएका छन् । त्यस्तै नेपाली भाषा, साहित्य र कलाको…

Read More

काठमाडौँ : देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतङ्कबारे संसदमा समेत पटक(पटक आवाज उठिरहेको छ । यस्तै आतङ्कबाट पीडित कृषकका लागि भने अब केही राहत हुने भएको छ । सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ कार्यान्वयनमा ल्याएको हो । १ साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जङ्गली जनावरका कारण…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ । पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै सांसद लक्ष्मणकिशोर चौधरीले विरोध जनाएका छन् । यद्यपि नाउजा आज नै सुदूरपश्चिम सरकारमा सहभागी भइसकेको छ । लक्ष्मण केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुखसमेत हुन् । उनले छिट्टै पत्रकार सम्मेलन गरेर जिम्मेवारीबाट बाहिरिने बताएका छन् ।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरु रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए । राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका हुन् ।

Read More

धनगढीः कैलालीको गोदावरी नगरपालीकाले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले बुधवारदेखि निःशुल्क यान सञ्चालनमा ल्याएको हो। नगरपालिकाका अनुसार बुधवारदेखि सञ्चालनमा आएको यानले शव बोक्ने काम गर्ने छ। यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै ठाउँ बनाइएको छ। यानको अगाडिको भागमा फूलमालासहित मृतकको तस्विर राख्न मिल्छ। गत आर्थिक वर्षको ३१ लाख बजेटमा नगरपालिकाले महाप्रस्थान यान खरिद गरेको हो।

Read More

काठमाडौं : अधिवक्ता भगवती पाण्डे (शीतल) पक्राउ परेकी छिन् । हाडनाता विवाहबारे उनको अभिव्यक्ति विवाद परेपछि आज पक्राउ परेकी हुन् । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्तिका कारण निकै विरोध खेपिरहेकी उनलाई पक्राउ गरेर बयान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ्ग र मगर समुदायका विभिन्न संघसंस्थाले दिएको उजुरीको आधारमा परिसरले उनलाई पक्राउ गरेको हो । पाण्डेविरुद्ध गत साउन १२ गते पक्राउ पूर्जी जारी भएको थियो । उनलाई जातीय भेदभावसहित दुईवटा कसूरमा कारबाही गर्न माग गरिएको छ । एक टेलिभिजन अन्तरवार्तामा उनले तामाङ्ग समुदायमा हाडनाताभित्र विवाह हुने गरेको र त्यस्ता आमाबाबुबाट जन्मने…

Read More