काठमाडौँ : पशुपति परिसरबाट ४० वर्षअघि चोरिएको ११ औँ शताब्दीको परशुराम प्रतिमा बेल्जियमको एक लिलामी गृहमा पाइएको छ । युरोपभर अनलाइन सामान खरिदबिक्री गर्ने ‘काटाविकी अक्सन’ मा २०२० नोभेम्बरमा यो सम्पदा बिक्री भएको पाइएको छ । चोरिएका वा हराएका सम्पदाको खोजबिन र घरफिर्तीमा सक्रिय ‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, पशुपतिनाथ क्षेत्रको रुद्ररागारेश्वरबाट २०४० सालतिर चोरिएको यो विशिष्ट सम्पदाका बारे कला अन्वेषक लैनसिंह वाङ्गदेलले पनि आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख गरेका छन् । अर्का स्वीस कलाविद् उल्रीच भोन स्क्रोडरले आफ्नो कृति ‘नेप्लीज स्टोन स्कल्प्चर’मो यो पुरातात्त्विक प्रतिमाको तस्बिर राखेका छन् । यो प्रतिमाको पुष्पमान चित्रकारले २०३६ सालमा खिचेको…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुरः रुख काटेको आरोपमा पक्राउ परेका कञ्चनपुरका एक वडाध्यक्ष बुधवार रिहा भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–६का वडाध्यक्ष भोजराज चौधरी रिहा भएका हुन्। वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए। संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो। भन्सार क्षेत्रबाट कार्टिएको रुख र दाउरा वनले नियन्त्रणमा लिएको थियो। सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन्। तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताए। उनले भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् । राष्ट्रपति सी चिनफिङसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीले बताए । भ्रमणका क्रममा नेपाल र चीनबीच विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना-साना नाकाहरू…
बैतडी : बैतडीको पाटन नगरपालिका–८ घर भई बाजुरामा कार्यरत सशस्त्र प्रहरी हवलदार ४० बर्षीय नरेन्द्रसिंह महराको बस दुर्घटनामा मृत्यु भएको छ । मंगलबार बाजुराबाट ३ ओटा गाडीको यात्रा गरेर घर पुगिरहेका उनको हरिचन मोडमा मृत्यु भएको हो । उनलाई सुदूूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले राति १बजे ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो । महरा बाजुरादेखी स्याउले, स्याउलेदेखी डडेल्धुरा र डडेल्धुराबाट खोड्पे बजार सम्म फरक–फरक गाडिमा आएका थिए । फोनमा कुरा गर्दागर्दै घर गइरहेका महराले गाडीले आफुलाई ठक्कर दिएको समेत फोनमा भनेको आफन्त बताउछन् । श्रीमती अनितासंगको कुराकानीमा उनले आफुलाई चोट लागेको बताएपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।…
बैतडीः करेन्ट लाग्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथ करेन्ट लागेर गम्भीर घाइते भएकी थिईन् । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो। गत भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो। नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो।
काठमाडौं : गृह मन्त्रालयले झण्डै चार महिनादेखि सम्पर्कविहीन दुई जना चिकित्सकसँग स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, दिपायलमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा.केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा.बालकृष्ण ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हो । आफूखुशी कार्यालयमा गैरहाजिर रहेका उनीहरुको नाममा सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको गृहले जनाएको छ । उनीहरुलाई चित्तबुझ्दो स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिइएको छ । ‘आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत कार्यालयको सम्पर्कमा नआउनुभएकोले हाजिर…
धनगढी: धनगढीमा अवैध सामान बरामद गरिएको छ। आज (बुधबार) वडा प्रहरी कार्यालय धनगढीको टोलीले अवैध सामान बरामद गरेको हो। वडा प्रहरी कार्यालयका प्रमुख, इन्सपेक्टर जनक ढुङ्गानाले झण्डै २ लाखको अवैध भन्सार छलिको सामान बरामद गरिएको जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिकाको राजपुर नजिकैबाट लेडिज लुगाकपडा र सुर्तीजन्य पदार्थ बरामद गरिएको हो। जसमा करीब १ लाख ७२ हजार ७९६ बराबरको कपडा र करिब ६ हजार ६७० बराबरको सुर्तीजन्य पदार्थ गरि जम्मा १ लाख ७९ हजार ४६६ बराबरको सामान बरामद गरिएको हो। लुकाइ छिपाइ लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालयको टोलीले सो सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। अहिले सो सामान थप…
काडमाडौं : नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । डा. प्रकाश सीको आज उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ । डा. प्रकाशको विवाह डा.मान्यता सीसँग भएको हो । उनीहरुको प्रगतिशील विवाह भएको कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकताले जानकारी दिएका छन् । विवाह समारोहपछि सोही स्थानमा पाल टाँगेर आमन्त्रितलाई भोजन गराइएको थियो । तर, उनीहरुको अर्को एउटा फोटोमा प्रगतिशील विवाह भनिए पनि विवाहस्थलको साजसज्जा निकै महँगो देखिन्छ ।
काडमाडौं : नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए। उनले भने, “दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक परिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।” यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत राजस्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरी, प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, सङ्कलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अङ्क कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय…