Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता पक्षकै सांसदले संसद् छलेको आरोप लगाएका छन् । आज आइतबार बसेको प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले सरकारले संसद् छलिरहेको बताएका हुन् । सांसद ओलीले भने, ‘सरकार के का लागि ? सत्ता के का लागि ? यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नैपर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नुपर्थ्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद छलिरहेका छन् ? जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ…

Read More

धनगढी : नेपाली प्रहरीले कैलालीको गोदावरी र गौरीगंगा क्षेत्रबाट भन्सार छली गरिएका विभिन्न सामग्री बरामद गरेको छ। बरामद गरिएको सामग्रीको अनुमानित मूल्य १० लाख ६० हजार चार सय बराबरका रहेका छन् । प्रहरी टोलीले मिति श्रावण ११ गते गोदावरी नगरपालिका-४ मा राति ९ बजे विभिन्न सामग्रीहरू फेला पारेको थियो। बरामद भएका सामानहरुमा लेडिज कुर्ता, मोटर पार्टस, र हार्डवेयर सामग्रीहरू रहेका छन्, जसको अनुमानित मूल्य ४ लाख ६४ हजार पाँच सय रहेको छ। त्यस्तै, श्रावण १३ गते गौरीगंगा नगरपालिका-३ कुचैनीबाट अनुमानित मूल्य ५ लाख ८७ हजार पाँच सयका कपडाजन्य सामग्रीहरू बरामद गरेको छ । यस्तै आइतबार दिउँसो गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडमा…

Read More

धनगढी : कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको चुरे गाउँपालिकाका एक १४ वर्षीय किशोरलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन्। किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो। बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। अहिले घटनाबारे अनुसन्धान भइरहेको छ। पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बर्खास्तीमा परेकी छन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले थापालाई आज (आइतबार) बर्खास्त गरेका हुन्। सुदूरपश्चिमका अर्थमन्त्री अक्कल रावलले मन्त्री थापालाई बर्खास्त गरेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनीमाथि मुख्यमन्त्रीलाई नटेरेको आरोप छ। अस्ति र आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन्। सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला उनी बैठकमा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।

Read More

धनगढी : बिरगञ्जबाट धनगढी आएको मालवाहक ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ। ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टका अनुसार आइतबार दिउँसो सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको हो। उनकाअनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ। उनीहरु तीन जना फलामको रड र प्लाष्टिकको बोरा बोकेको ट्रक बिरगञ्जमा लोड गरेर धनगढीका लागि हिडेका थिए। उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन्।…

Read More

धनगढी : शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा एक किशोरीले हाम फालेकी थिइन्। दुहुँ गाउँपालिका–४ दारा माइत भएकी १७ वर्षीया धनिशा कुँवरले महाकालीमा हाल फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो। हाल उनी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन्। उनी अझै भेटिएकी छैनन्। भिडियोमा उर्लिंदो महाकालीको किनारको सानो पिल्लरमा किशोरी अडेस लागेर उभिएकी देखिन्छिन्। नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन्। एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन्। उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हेलिन्छिन्। शनिबार धौलीगंगा बाँध खोलिएकोले महाकालीमा पानीको बहाब पनि बढेको…

Read More

धनगढी : दाउरा निकाल्ने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता व्यक्तिको शव फेला परेको छ । शनिबार साँझ कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा डुबेर बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका-४ बस्ने अन्दाजी ५० वर्षीय रतन भट्टको शव फेला परेको हो । खोजीकार्य गर्दै जाँदा आइतबार मध्यान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए । नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा अकस्मात् नदीमा पानीको बहाव बढेपछि भट्ट बेपत्ता भएका थिए । उनको शव दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ संसारी टोल स्थित महाकालीको बगरमा शव फेला परेको बताइएको छ । शवको परीक्षण गरेर परिवारजनलाई…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन्। उनीहरू दुवैको घरमै उपचार भइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएको हो। थप ४ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताए। आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए। स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला…

Read More

धनगढी : पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपालले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो । यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता पब्लिक स्पिच नेपाल २०८१ का लागि सहभागिता आव्हान गरेको छ । प्रतियोगिता तिन चरणमा गरिनेछ । पहिलो चरण अडिसन राउण्डका लागि सहभागिता जनाउन चाहने प्रतियोगिहरुले तोकिएको ढाँचामा आफ्नो सहभागिता दर्ता गर्नुपर्नेछ भने अडिसन राउण्डका लागि आफुले बोल्न चाहेको समसामयिक…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको आकस्मिक सरुवा गरिएकोबारे सरकारलाई प्रश्न गरेका छन्। आज आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यसबारे प्रश्न गरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालगायतलाई पक्राउको गरेका केसीको शनिबार आकस्मिक भन्दै सरुवा गरिएको थियो। ढकालले यसै विषयमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई यसबारे बोल्न चुनौती दिए। यसअघिको सरकारले प्रहरीको सरुवा गर्दा संसद्‌मा शर्माले प्रश्न गरेको भन्दै यसपटक पनि केसीको सरुवाबारे प्रश्न गर्न भनेका हुन् । ‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो, विश्वासको मत लिएको दुई दिनभित्रमा,’ उनले भने, ‘के उद्देश्यका लागि ? हामीले सरकार गठन गर्दा…

Read More