Author: महेन्द्रनगर पोष्ट

धनगढी: बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख दीप बस्नेत भारतमा लुकेको जनाइएको छ।सिआइबी स्रोतले उनी अहिले पनि भारतको नयाँ दिल्लीमा लुकेर बसेको जनाएको हो। हिजो उनी पक्राउ परेको हल्ला फैलिएपनी उनी अहिलेसम्म नसमातिएको तर खोजी जारी रहेको सिआइबी स्रोतको दाबी छ। सिआइबीका इन्सपेक्टर राजेश थापाले बस्नेत पक्राउ परेको कुरा झुटो भएको महेन्द्रनगरपोष्टलाई बताए। उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए। त्यसबेला बस्नेत उपचारको लागि त्यता गएको बताइएको थियो। ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

Read More

डडेल्धुरा: सुदूरपश्चिममा प्रदेश सरकारले सांसदहरुले लगाउने प्रदेशको लोगो यसअघि नै बनाउन लगाएको थियो। पूर्व मुख्यमन्त्री त्रीलोचन भट्ट नेतृत्वको सरकार हुँदाबखत २०७४ चैत २६ गते प्रदेशसभाको बैठकले प्रदेशको लोगो निर्धारण गरेको थियो। त्यो बेला डोटीको शिखर नगरपालिका-९ का टेकबहादुर किमाडीले दिएको नमुना लोगोलाई लोगो निर्धारण समितिले संसदमा सिफारिस गरेको थियो। उक्त लोगोलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो। तर, हाल आएर फेरि प्रदेश सभाले लोगो परिमार्जन गर्ने तयारी गरेको छ। लोगो संशोधन समितिले एक सूचना जारी गर्दै प्रदेशको पहिचान झल्किने लोगो बनाएर यहि साउन १८ गतेभित्र पठाउन अनुरोध गरेको छ। साथै छनौट हुने लोगोका डिजाइनकर्तालाई सम्मान गरिने समेत बताइएको छ।

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन्। विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो। यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन्। अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन्। बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो।

Read More

धनगढी: अछाममा एक लेखाका हाकिमले फट्याइँ गरेको पाइएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनालले फट्याइँ गरेको आरोप लागेको हो। स्रोतका अनुसार उनीमाथि विभिन्न आर्थिक सेटिङका साथै कमिसनको समेत आरोप लागेको छ। जसमा हालै उनले ५० हजार अनुदानका लागि छनोट भएका पालिकाका २६ जना कृषकहरुलाई शिर्षकमा हुदै नभएको बजेट १३ लाख थप गरि भुक्तानी गरेको आरोप लागेको छ। उनले सबैलाई १ लाखका दरले थप रकम प्रदान गरेको आरोप लागेको हो। यस्तै लेखा अधिकृत खनालले गाउँ सभा पनि छलेको आरोप थपिएको छ। खनालले गत आर्थिक वर्षको असार मसान्तमा सेवा प्रवाह गर्न छोडेर असार १६ गतेको परिक्षाका लागि भन्दै ८…

Read More

धनगढीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आज शैक्षिक हड्तालको घोषणा गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यक्रम अन्तरगत शुल्क वृद्धिका विरुद्ध पिसीएल नर्सिङ, एचए, डिप्लोमा इन फार्मेसी संचालित सम्पूर्ण शैक्षिक संस्थाहरुमा शैक्षिक हडताल गरिएको जनाएको छ। ‘जटिल आर्थिक परिवेशमा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा छौं। आम जनताका छोराछोरीहरु स्वास्थ शिक्षाबाट वन्चित हुने सिटिईभिटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘नाजायज र अन्यायपुर्ण तरिकाले सिटिईभिटि प्रशासन र निजी शैक्षिक संस्थाका संचालकहरुबीच भएको आर्थिक लेनदेन सहितको मिलोमतोमा शुल्क वृद्धि गरिएको…

Read More

काठमाडौं: आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भए पनि अहिले रोकिएको छ।  मौसम महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौदमविदका अनुसार अब दुई/तीन ठूलो वर्षाको सम्भावना छैन। ।तर साँझपख बादल बढ्ने र क्षणिक खालको वर्षा हुने बताइएको छ। यस्तै राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका  एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Read More

दार्चुला: दार्चुला केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको छ। दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। यसअघि आज बिहान कास्की केन्द्र बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय क्विन्टल सुन बरामद भएको छ। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन ट्याक्सीमा लैजान लाग्दा राजस्व अनुसन्धान विभागले बरामद गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त सुन व्यवसायी दीपक मलहोत्राको भएको खुलेको छ। तर, सुन उनकै हो भन्ने पुष्टि गर्दै प्रहरी अधिकारीहरु बोलेका छैनन्। प्रहरी अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्। बरामद सुनको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो । विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई…

Read More

काठमाडौं: डडेल्धुराका योगेश शाही र काठमाडौँका सुमन लामिछाने। काठमाडौँमै बसेर उनीहरुले सामाजिक संजालबाट फसाएर लुट्ने योजना बनाए। २०७९ साल जेठ दोस्रो सातातिरको कुरा हो। उनीहरुले ‘रोयल बैंक’का सिइओ ‘बायो’ राखेर नक्कल फेसबुक खाता बनाए। त्यसपछि काठमाडौँकी अन्जना ठकुरीको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाइयो। सामान्य कुराकानी पछि अन्जानालाई एउटा अफर दिइयो। त्यो अफर थियो, एकजना मृतकको बैंकको खातामा भएको ७८ मिलियन डलर हाल्ने। नेपाली करिब १० अर्ब २२ करोड ८६ लाख ९७ हजार २३२ रुपैयाँ पाइने भएपछि अन्जना खुसी भइन्। श्रीमान भीमबहादुर ठकुरीलाई भनिन्। बैंकका सिइओले एक जना नेपालीमूलका एलेक्स राणाको नाममा रहेको बैंक खातामा ७८ मिलियन डलर रहेको जानकारी बताए। सिइओकाअनुसार…

Read More

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। बुधवार साँझ गोदावरी नगरपालिका– ५ मा कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का २५ वर्षीय भुवन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको डिएसपी गणेश बरालले बताए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।

Read More