Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो र आज सिंहदरबार पुगेर नेपाल सरकारका दुई मन्त्रीहरूसँग भेटवार्ता गरेका छन्। हिजो राजदूत श्रीवास्तवले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग बिहान ११ बजेदेखि करिब ४५ मिनेटसम्म कुराकानी गरे। भेटवार्तामा भएको संवादका विषयमा सार्वजनिक जानकारी भने दिइएको छैन। यसअघि, अस्ति दिउँसो राजदूत श्रीवास्तवले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए। सो भेट पनि सिंहदरबारमा नै सम्पन्न भएको थियो। दुवै भेटवार्ताका एजेन्डाबारे औपचारिक जानकारी नआए पनि यी भेटहरूलाई गोप्य भेट भनिएको छ।

Read More

धनगढी: अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चौकी ढुङ्गाचाल्नाको नव-निर्मित कार्यालय, आवास, तथा मेश भवनको उद्घाटन आज एक विशेष कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले नयाँ भवनले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै नागरिक-मैत्री सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध नियन्त्रणमा स्थानीय तह तथा नागरिक समाजसँग सहकार्य गर्न निर्देशन दिए। उनले भवन निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने मोति सिंह बुढा, आलोक बिल्डर्स प्रालि, ढकारी गाउँपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, र भौतिक पूर्वाधार शाखाका…

Read More

काठमाडौं: चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदावधि थप भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गते चार वर्षे पदावधि पूरा हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको हो। सोही निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका थिए। डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यीनै मध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो समेत खुल्ला भएको छ। तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा…

Read More

काठमाडौं: नेपाल प्रहरीका चार जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका निरीक्षकहरूलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्ने प्रहरी निरीक्षकहरूमा डा. सुस्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार, र डा. अनुज श्रेष्ठ रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार, प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस सूची प्रकाशित गरिएको हो। यस्तै, प्राविधिक प्रहरी समूहअन्तर्गत संगिततर्फका एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको छ।त्यस्तै स्वास्थ्य उपसमूह, नर्सिङतर्फका एक जना डीएसपीलाई…

Read More

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार साँझ आकस्मिकरुपमा बैठक डाकेका हुन्। बैठकले सशस्त्र प्रहरी बल नेपालबाट पदावधि पूरा गरेर आजदेखि घर जान लागेका चार जना डिआइजीको म्याद थप्न लागिएको छ। डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर,कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको आज साँझ बसेको क्याबिनेट बैठकले म्याद थप्ने तयारी छ। कमल गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रमुखका रूपमा कार्यरत छन् भने गणेश ठाडामगर नम्बर ३ बाहिनी (बागमती) प्रमुख, कुलबहादुर नेम्बाङ नम्बर ४ बाहिनी (गण्डकी) प्रमुख, र शम्भु सुवेदी नम्बर १ बाहिनी (कोशी) प्रमुखको जिम्मेवारीमा छन्। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार, आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठानेमा…

Read More

बाजुरा: बाजुरामा सहुलियतको नुन किन्नका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन बाजुराका कार्यालय प्रमुख टेक बोहराका अनुसार नुनको अत्यधिक खपत र दुरुपयोग रोक्न २०८१ मङ्सिरदेखि यो व्यवस्था लागू गरिएको हो। जिल्लामा सरकारले प्रत्येक नागरिकलाई नागरिकताको आधारमा वार्षिक चार केजी सहुलियतको नुन वितरण गर्दै आएको छ। तर, सहुलियतको नुन जिल्ला बाहिर पठाउने र जिल्लामा अभाव देखिएको गुनासो बढेपछि सर्वपक्षीय बैठकमार्फत यो नियम लागू गरिएको हो। नयाँ व्यवस्थाले नागरिकलाई सहुलियतको नुन पाउन थप प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। बडीमालिका–७ का हरिचन्द्र पाध्यायले यो नियम सर्वसाधारणका लागि झन्झटिलो भएको बताएका छन्। उनले गाउँबाट बाहिर बसोबास गर्नेहरूलाई नुन किन्न वडा…

Read More

काठमाडौं: काठमाडौंका दुई प्रहरी वृत्तमा नेतृत्व परिवर्तन भएको छ। लैनचौर वृत्तमा प्रहरी नायव उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारी र सिंहदरबार वृत्तमा डीएसपी गंगाप्रसाद पौडेलले सोमबारदेखि कमाण्ड सम्हालेका छन्। यसअघि लैनचौर वृत्तमा कार्यरत डीएसपी सत्यनारायण थापा र सिंहदरबार वृत्तमा रहेका डीएसपी चक्रबहादुर शाहलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बिदाई गरेको छ। प्रहरी प्रधान कार्यालयले सिंहदरबार वृत्तका लागि सुरुवातमा डीएसपी बेद पौडेलको सरुवा गरेको थियो। तर, उनले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि डीएसपी गंगाप्रसाद पौडेललाई पठाइएको हो। पौडेल यसअघि काठमाडौं प्रहरी परिसरमै कार्यरत थिए। प्रहरी वृत्तको नेतृत्व परिवर्तनसँगै स्थानीय सुरक्षा व्यवस्थामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ। उसो त मालदार र आकर्षक पोष्टिङ मानिने…

Read More

धनगढी: फिनल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष परामर्श सत्र आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका-०२ रातोपुलस्थित फ्रैंकलिन एजुकेसन कन्सल्टेन्सीले आगामी शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म यो कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा विद्यार्थीलाई फिनल्यान्डको शिक्षा प्रणाली, त्यहाँ अध्ययनका लागि आवश्यक आर्थिक अवस्था, भिजा प्रक्रिया, आवश्यक कागजात तयार गर्ने विधि, र एकेडेमिक योग्यताबारे विस्तृत जानकारी दिइनेछ। साथै, फिनल्यान्डमा पुगेपछि पालना गर्नुपर्ने कानुनी प्रावधानसम्बन्धी जानकारी पनि प्रदान गरिनेछ। सत्रमा फिनल्यान्डका प्रतिनिधिहरू उपस्थित भई विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिनेछन्। कन्सल्टेन्सीकी सञ्चालक दिपा रावतका अनुसार, यो सत्रले फिनल्यान्डमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई पूर्ण मार्गदर्शन उपलब्ध गराउने उद्देश्य राखेको छ। फ्रैंकलिन एजुकेसन…

Read More

काठमाडौं: हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन्। सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन्। बीबीसीले हमासका ती वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, सो सूची इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको लागि रिहाइ प्रक्रिया अगाडि बढाउन तयार पारिएको हो। हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई समेत बुझाइसकेको बताएका छन्। तर, इजरायल सरकारले भने अहिलेसम्म त्यस्तो कुनै सुची प्राप्त नभएको प्रतिक्रिया दिएको छ। हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश…

Read More

धनगढी: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले कैलालीको गेटामा अगामी असारदेखि एमबीबीएसकाे पढाइ गर्न सकिने बताएका छन्। मन्त्री पाैडेलले गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गरि आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिने बताएका हुन्। मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भाैतिक संरचनाकाे स्थलगत निरीक्षण गर्दै उनले चिकित्सा शिक्षाको अध्यापनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान रहेकाे बताए। गेटामा चालु आर्थिक वर्षभित्रै तीन सय शैयाको अस्पताल सञ्चालन गरेर अगामी आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिने उनकाे भनाइ थियाे। अर्काेतिर ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्यापन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म नभएका कारण  विशेष निर्णय गरेर भएपनि…

Read More