Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा अटो रिक्साको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–२ को मछेली पुल नजिकै सुुपप्र ०२००६ ह १७०७ नम्बरको अटोले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँ बस्ने ५० वर्षीय फगुना राना घाइते भएको प्रहरीले जनाएको छ। रानाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अटो र चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बस्ने २८ वर्षीय देवराज चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: धनगढीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। मंगलबार राति धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित वडा कार्यालय अगाडि से ६ प७७३० र से ६ प २५५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको प्रहरीले जनाएको छ। मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुवैका चालक घाइते भएका छन्। ७७३० नम्बर मोटरसाइकलका चालक राजपुरकै शेरबहादुर जोरा र अर्का गोविन्दराज गिरी घाइते भएका हुन्। उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ विश्वनाथ मन्दिर क्षेत्रबाट एक ग्राम २३० मिलीग्राम लागुऔषधसहित सोही ठाउँका २९ वर्षीय प्रतिक चौधरी र २० वर्षीय उमेश चौधरी पक्राउ परेका हुन्। मंगलवार दिउँसो उनीहरुलाई लागुऔषध ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको  छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको पनि सम्भावना रहेको छ। राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै…

Read More

धनगढी: कैलालीको टीकापुरमा २ जना युवकमाथि खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले खुकुरी प्रहार भएको पुष्टि गर्दै घटनाबारे बुझिरहेको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो। अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उनले बताए। शाह ग्रुप नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ। थप विवरण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।

Read More

बैतडी : बैतडीको मेलौलीमा ४६ जना सवार बस दुर्घटनाका गम्भीर घाइते १० जनाको अझै उपचार भइरहेको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा सोमबार मृत्यु भएको हो। घाइते ४५ जनामध्ये गम्भीर अवस्थामा रहेका १० जना अझै उपचाररत रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। गम्भीर अवस्थामा रहेका एकजनाको धनगढीमा पनि उपचार हुन नसकेपछि बरेली रेफर गरिएको छ।…

Read More

धनगढी: कैलालीको धनगढीसहितका सीमानाकामा सशस्त्र प्रहरीले बल नेपालले सक्रियता बढाएको छ। पछिल्लो समय सशस्त्रले नाकामा कडाइ गर्नुका साथै धमाधम भन्सार छलीका सामान बरामद गरिरहेको छ। आज (मंगलबार) मात्रै सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण धनगढी, कैलाली तथा अन्य गुल्म एवं विओपिहरुले कुखुरा बरामद गरेर नष्ट गर्नेदेखि अवैध सामानहरु समेत बरामद गरेको छ। जसमा प्रस्तावित सीमा सुरक्षा गुल्म गुलरियाधाम र विओपी जुगेडाले ६३ हजार ४ सय मूल्य बराबरको अवैध कुखुरा बरामद गरेर नष्ट गरेको छ। यस्तै नम्बर ३४ गणले धनगढीको वडा नम्बर २ वैयाबेहडीबाट ५७ हजार ६ सय बराबरको तामाका भाडाकुडा बरामद गरेको छ। भने प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले…

Read More

रामेछाप । नेपाल राष्ट्र बैङ्कको आदेशलाई अवज्ञा गरी सिटिजन बैङ्कको सुनापती शाखाले तोकिएको समय सम्म सेवा नदिएको भन्दै सुनापती गाउँपालिकाले एक्सन लिएको छ । सुनापती गाउँपालिकामा रहेको सिटिजन बैङ्कको शाखाले असार २३ गते बैङ्क नै बन्द गरेर राखे पछि सेवाग्राहीलाई मर्का परेको सुनापती गाउँपालिकाले जनाएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम राजस्व सङ्कलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (EFT) को Fund Settlement गर्ने प्रयोजनका लागि मिति २०८०/०३/२४ गते र मिति २०८०/०३/२३ र ३० गते विदाका दिन समेत राति ८ बजेसम्म तथा मिति २०८०/०३/३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैङ्कहरू, चेक क्लियरिङ…

Read More

धनगढी: अमेरिकाको टेक्ससमा एक खेलाडी दम्पतीलाई सम्मान गरिएको छ। सुदूरपश्चिम (कंचनपुर) घर भएका खेलाडी दिपक विष्ट र उनकी पत्नी आयशा शाक्यलाई सोमबार सम्मान गरिएको हो। सुदूरपश्चिमेली नेपाली समाज, टेक्ससले विष्ट र शाक्यलाई सम्मान गरेको हो। उनीहरुलाई खेल क्षेत्रमा योगदान गरेर देशको गौरव बढाएको भन्दै सम्मानित गरिएको बताइएको छ। विष्ट तेक्वान्दोका ओलम्पियन हुन् भने शाक्य अन्तर्राष्ट्रिय खेलाडी हुन्। सम्मानपछि सुदूरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष नवराज नाथ योगीले आफूहरू प्रवास, विदेशमा बसे पनि नेपालप्रति धेरै माया रहेको बताए। यस्तै विष्ट दम्पतीले पटकपटक स्वर्ण पदक प्राप्त गरेर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको उनले बताए।

Read More

डडेल्धुरा : लेखक रेभ डा. नरिराम लुहार (बिनोद) को ११औं किर्ती बजारमा आएको छ। मंगलबात कंचनपुरको भिमदत्त नगरपालिका- ९ मा रहेको ख्रीस्ट महिमा मंडलीमा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोगटीले उनीद्वारा लिखित ‘प्रभावकारी अध्ययन पद्धति’ बिमोचन गरेका हुन्। लेखकले यो किर्ती सेकुलर अध्यन मका लागि समेत रहेको बताएका छन्म लेखकले थुप्रै पुस्तक यसअघि पनि बजारमा ल्याइसकेका छन्। असफलताको कारण धेरै किशोर-किशोरीहरुले तनाव र लज्जास्पद अवस्था भएर आत्महत्या गर्ने तथा कुलतमा फस्ने जस्ता घटनाहरु न्यूनिकरण गर्नका लागि लामो सोधकार्य र अनुसन्धानपछि  यो पुस्तक लेख्न बाध्य भएको लेखकले बताएका छन्। उक्त पुस्तकमा अध्ययनको सही आरम्भ कसरी गर्ने , अध्ययनको आयोजना कसरी गर्ने ?,…

Read More