Author: महेन्द्रनगर पोष्ट

काठ्माडौं : चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा लेदोसहितको पहिरो खस्दा बगेको बसमा सवार केही यात्रुको विवरण सार्वजनिक भएको छ । गएराति ३ बजेदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा त्रिशुलीमा बगेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार दुई दर्जनमध्ये डेढ दर्जन यात्रुको विवरण प्राप्त भएको हो । तर, यात्रुको पुरा नाम र ठेगाना भने खुल्नसकेको छैन् । उक्त बसमा आधा दर्जन भारतीय नागरिक पनि सवार रहेको पाइएको छ । बसको साहु राजेन्द्र केसी र चालक जवाहिर महतो बेपत्ता छन् । त्यस्तै, सहचालकको पूरा विवरण खुलेको छैन् । अरबिन्द दुवे, हरिन्द्र पण्डित, प्रमानन्द जी, हृदयनारायण राउत, सालिम मिया, रैजुल…

Read More

काठ्माडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले पश्चगामी सोच लिएर मिलेको दाबी गरे। प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन । संसदको पहिलो र दोश्रो ठूलो दललाई आपसी विश्वासले नभई डरले जोडेको प्रधानमन्त्रीको जिकिर छ । प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले नभई सुशासनको त्रासले जोडेको बताए । उनले झुट र कुतर्कको सहारा र मध्यरात किन चाहियो भन्दै प्रश्न गरे ।

Read More

काठमाडौँ : नेपाल प्रहरीका एसएसपी दिपक रेग्मीलाई प्रहरी कार्यालय नक्सालमा उजुरी परेको छ । एसएसपी रेग्मीले केही समय अगाडि महिलासँग गरेको भिडियो वार्ता यतिबेला सामाजिक सञ्जालमा छरपष्ट छ । सोही विषयलाई लिएर महिलाका श्रीमान दीपक थापाले असार २५ गते उजुरी हालेका हुन् । उजुरीमा भनिएको छ ,’प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले मेरी श्रीमती मञ्जु क्षेत्रीसँग गैरकानूनी रुपमा अनैतिक सम्बन्ध राखी आफ्नो पदको दुरुपयोग गरी मलाई जबरजस्ती करणीको झुट्टा मु‌द्दा दर्ता गराएका छन् । मेरो आमालाई ६४ लाखको घर खर्च चलाउन ल्याएको भनि झुट्टा तमसुक गराई ऋणको झुट्टा मुद्दामा फसाएका छन् ।’साथै, थापाले आफूलाई आधारहीन आरोप लगाएर आफ्नो प्रतिष्ठामा नै धक्का पुर्याएको उल्लेख गर्दै भनेका छन्…

Read More

धनगढी: धनगढीबाट काठमाडौंका लागि उडान भरेको जहाज फिर्ता भएपछि यात्रुहरुले सास्ती भोगेका छन्। हिजो (बिहीबार) ५ :२५ मा धनगढीबाट काठमाडौंका लागि उड्नुपर्ने बुद्धको २५६ उडान नम्बरको जहाज ढिलोगरी उडेको थियो। धनगढीबाट डिले भएर ८ बजे उडेकोमा सो जहाज काठमाडौं नपुगेरै फिर्ता आएको थियो। धनगढी विमानस्थल स्रोतका अनुसार हिजो मौसम खराबीको कारण सो जहाज सुर्खेत नजिकबाट फिर्ता भएर धनगढी नै बसेको थियो। ढिलोगरी उडेको जहाज पुनः फिर्ता आउँदा यात्रुहरु भने भयवित बनेका थिए। सो जहाज आज बिहान भने यात्रु बोकेर काठमाडौं पुगेको बताइएको छ। बुद्धकै जहाज हिजोमात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको थियो। राति ९ बजेको समयमा…

Read More

काठमाडौं: नारायणगढ–मुग्लिन सडक खण्डमा आएको लेदोसहितको पहिरोले दुइटा यात्रु बस बगाएको छ। सिमलतालमा गएको पहिरोले आज बिहान साढे ३ बजेतिर दुईवटा यात्रुवाहक बस बगाएर त्रिशुली नदीमा पुर्याएको छ।  चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु सवार थिए। नजिकैको सत्र किलोमा गएको पहिरोमा अर्को बसमा ढुंगा लाग्दा चालकको निधन भएको छ। नवलपरासीको सुनवल– ४ का चालक मेघनाथ विकको उपचारको क्रममा ज्यान गएको हो। अहिले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बगाएका बसका यात्रुको त्रिशूली नदीमा खोजी सुरु भएको छ। सशस्त्र प्रहरी बल, सेना र प्रहरीको गोताखोरसहितको टोलीले खोजी तथा…

Read More

काठमाडौं : नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएको दुईवटा बसमा ६५ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजलले बताए । बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । यद्यपि बसमा सवार व्यक्तिको संख्या अझ आधिकारिक थाहा नभएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार बसमा सवार यात्रुको अझै उद्धार गर्न समस्या भइरहेको छ । कालिखोलामा पहिरो…

Read More

काठमाडौं : निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका-१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको एसपी थापाले बताए । घटना परी कुल बहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया लक्षीमा परियार,१५ वर्षीया प्रशना परियार, २० वर्षीया प्रभा परियार, २५ वर्षीय अस्मित परियारक मृत्यु भएको हो । सोही ठाउँमा उद्धार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारको…

Read More

काठमाडौं: विवादै विवादबीच नेपाली सेनाको भावी कमाण्डर अशोक सिग्देल नै बन्ने चर्चा थालिएको छ। उनलाई सेनापतिमा सिफारिस गर्न लागेको बुझिएको हो। उनी नागरिकता तथा शैक्षिक प्रमाणपत्रको फरक जन्ममिति प्रकरणमा मुछिएर छानबिनमा परेपनी सेनापती भैछाड्ने देखिएको स्रोतको दाबी छ। स्रोतका अनुसार छानबिनका क्रममा उनको नयाँ डकुमेन्ट र प्रमाण नदेखिएको कारण देखाएर जर्नेल सिग्देलको नाम सेनापतीमा सिफारिस गरी पठाउने तयारी भएको छ। उनै सिग्देल एकसमय निकै मदिराप्रेमी भनी चर्चित थिए, तर अहिले सिग्देलले कडा रक्सी पिउन छाडेको बताइएको छ। २०८१ को भदौ २४ मा हालका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे कार्यकाल पूरा गरेपछि सिग्देललाई करिब ९६ हजार जनाको संगठन नेपाली सेनाको नेतृत्व गर्ने…

Read More

काठमाडौं: तस्करलाई सघाएको आरोप लागेका एसपी विश्व खड्का निर्दोष ठहर भएका छन्। तस्करलाई सघाएको आरोप लागेपछि मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी खड्कामाथि आन्तरिक छानबिन सुरु भएको थियो। छानबिन टोलीले प्रतिवेदनका आधारमा खड्का निर्दोष देखीका सशस्त्र प्रहरी प्रवक्ता डिआईजी कुमार न्यौपानेले बताए। उनी भोलिदेखि काममा फर्किनेछन्।  मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रूपमा आएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोप लागेको थियो। यस्तै सशस्त्र प्रहरी बल नेपालको तालिमका क्रममा दुई जनाको ज्यान गएको खुलेको छ। सशस्त्रको ककनीस्थित तालिम केन्द्रमा असार १ गते सहायक हवल्दारहरू सञ्जय बल र महेन्द्र लामाको मृत्यु भएको हो। यस्तै पाथीभरा जवान तालिम शिक्षालय झापामा सञ्चालित…

Read More

काठमाडौं: भैरहवा विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको छ। आज राति ९ बजेको समयमा काठमाडौंबाट भैरहवा गएको नाइन एन-एओसी जहाज रनवेमा चिप्लिएको हो। उडान नम्बर ८०५ को सो जहाज भारी वर्षाका कारण चिप्लिएको बताइएको छ। विमानस्थल सुरक्षा प्रहरीका अनुसार जहाजकाे केही भाग घाँसे मैदानमा पुगेकाे थियाे। बुद्ध एयरका अनुसार सम्पूर्ण यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। काठमाडौंबाट आजै प्राविधिक टिम त्यसतर्फ पठाइएको छ। घटनक्को विस्तृत विवरण भने आउन बाँकी छ।

Read More