Author: महेन्द्रनगर पोष्ट

धनगढीः गेटामा सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको दरबन्दी स्वीकृत गर्न माग गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मन्त्रिपरिषद्मा १४१ जना जनशक्तिको दरबन्दी माग गर्दै स्वीकृतका लागि फाइल पठाएको हो। अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बिहिवार मन्त्रिपरिषद्मा फाइल गएको बताए। जोशीका अनुसार प्राविधिक तथा प्रशासन एवं सफाइ कर्मचारीहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुनेछन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको बताए। स्वास्थ्य मन्त्रालयको प्रस्ताव संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरे गेटामा अस्पताल सञ्चालन हुनेछ। संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय…

Read More

कञ्चनपुरः महाकाली सिँचाई आयोजनाले तेस्रो चरणको नहरमा पानी छोड्ने भएको छ । तेस्रो चरण अन्तर्गतको ब्रह्मदेवदेखि फुलेली (घरकटुवा खोला)सम्मको मूल नहरमा भोलिदेखि पानी छोडिने आयोजनाले सूचनामार्फत जनाएको हो । शुक्रवारदेखि टनकपुर ब्यारेजबाट नहरमा पानी छोडी एक हप्तासम्म परीक्षण गरिने सूचनामा उल्लेख छ । साथै सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार ‘जीपीए’ ल्याएका छन् । ५५ हजार ६९ जना विद्यार्थीले तीन दशमलव २० देखि तीन दशमलव ६० जीपीए ल्याएका छन् । यस्तै, ७२ हजार तीन सय जनाले दुई दशमलव ८० देखि तीन दशमलव ६०, ८९ हजार तीन सय जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए ल्याएका छन् । सबैभन्दा धेरै एक लाख दुई हजार जना विद्यार्थीले दुईदेखि दुई दशमलव ४० जीपीए ल्याएका छन् । एसईईको नतिजा ‘लेटर ग्रेडिङ’ पद्धति २०७२ अनुसार नतिजा प्रकाशित भएको छ । एसईई…

Read More

दार्चुला: दार्चुलाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएपछि खलंगास्थित शाखा कार्यालय बन्द गरिएको छ । कार्यालयको गोदाममा चामल मौज्दात नरहेको र बिक्री कक्षमा पनि बुधवार दिउँसो चामल सकिएपछि कार्यालय बन्द गर्नुपरेको शाखाका निमित्त प्रमुख रामसागर मेहताले बताए । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीलाई वैशाखदेखि नै मौज्दात सकिन लागेको र समयमै खाद्यान्न ढुवानीका लागि ताकेता गर्दै आएको उनको भनाइ छ । चालु आर्थिक वर्षलाई प्रादेशिक कार्यालयले दार्चुलाका लागि खाद्यान्न ढुवानीको ठेक्का लगाइसकेको अवस्थामा पनि शाखा कार्यालयसम्म आवश्यक खाद्यान्न ढुवानी हुन पाएको छैन । प्रादेशिक कार्यालय धनगढीको गोदाममा पनि चामल मौज्दात नरहेकाले दार्चुला शाखा कार्यालयलाई यो वर्षका लागि चामल ढुवानी गर्न…

Read More

काठमाडौँ: कलाकारसमेत रहेकी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छन्। गत माघ १४ गते बुटवलमा एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले पाँच महिनामै पार्टी छाडेकी हुन्। उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेटेपछि राजनीति त्यागेको घोषणा गरेकी हुन् । ‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा! धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) को कामबाट प्रभावित छु। उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ। उहाँप्रति सधैं उच्च सम्मान छ। देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, उनले भनिन्। उनले आफूले बिहीबार मेयर साम्पाङको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा…

Read More

काठमाडौँ: जापान बस्दै आएका कैलालीका २८ वर्षीय दीपकराज जोशी सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए । छुट्टीमा नेपाल आएका उनलाई जेठ २८ गते प्रहरीले काठमाडौँको कलङ्कीबाट नियन्त्रणमा लिएको थियो । २८ गते उनले राती ‘कलङ्की मालपोत पारी–कीर्तिपुर मित्रनगर‘ यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो। यसको निगरानी कसले गर्छ ?’ भन्दै प्रहरी प्रमुख वसन्तबहादुर कुँवरसमेतलाई ट्याग गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। ड्युटीमा खटिएका वरिष्ठ सई र जवानलाई सोधपुछ गर्दा उनीहरूले राती पसलहरू बन्द गराउँदै जाने क्रममा जोशीको आफन्तको पसलमा पुगेको र त्यहाँ जोशीसँग विवाद भएको बताएका थिए । प्रहरीले तत्कालै मापसे गरिएको…

Read More

डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डडेल्धुराका जनतालाई राजनीतिक दलका कार्यक्रममा सहभागी गराउन ‘खर्च’ गर्नुपर्ने परिपाटी बसेको बताएका छन्। बिहिवार जिल्ला सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभामा बोल्दै उनले यहाँका जनतालाई रक्सीसमेत खुवाउनु पर्ने भनेर सुनेको बताएका हुन्। ‘यहाँ कुनै दलले कार्यक्रम गर्न गाउँगाउँबाट गाडीमा मान्छे ओसार्ने, खाना-नास्ताको व्यवस्था गर्नुपर्ने सुनेको छु। त्यत्ति मात्रै नभएर(इसारा गर्दै) रक्सीसमेत खुवाउनुपर्छ भन्ने सुनेको छु’ उनले भने, ‘तर आज हामीले आयोजना गरेको विशाल जनसभामा कसैलाई केही दिएनौं, तर पनि पानीमा भिझ्दै यत्रो जनता आउनुभएको छ।’ अर्को प्रसङ्गमा बोल्दै उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन्। गरिब किसानको घरमा जन्मिएर पनि देशको प्रधानमन्त्री बनेका…

Read More

पाल्पा: गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको…

Read More

धनगढीः धनगढीमा भन्सार छलीका सामानसहित एक महिला पक्राउ गरेकी छिन् । धनगढी उपमहानगरपालिका३ बाट भन्सार छलीका सामानसहित धनगढी२ की ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन् । उनी भन्सार छलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगायतका ३१ हजार ६२० रुपैयाँ बराबरका सामानसहित पक्राउ परेकी सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । यस्तै, धनगढीको मिलनचोकबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । उता, कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ वनदेवी जंगल क्षेत्रबाट माछासहित से ४ प ४६९ नम्बरको मोटरसाइकल गरी भन्सार छलीका एक लाख ३० हजार…

Read More