Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि संघीय सरकारबाट ५ अर्ब ७० करोड ८२ लाख बराबरको बजेट पाएका छन् । अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत आगामी आर्थिक बर्षका लागि सो बजेट विनियोजन गरिएको हो ।  जिल्लाको दशरथचन्द नगरपालिकामा ५० करोड १४ लाख, पाटनमा ४८ करोड १४ लाख, पुर्चाैडी नगरपालिकामा ४७ करोड ५० लाख र मेलौली नगरपालिकामा ३६ करोड ४५ लाख बिनियोजन गरिएको छ । यस्तै डिलासैनी गाउँपालिकामा ३३ करोड ८४ लाख, दोगडाकेदार गाउँपालिकामा ३८ करोड २५ लाख, पञ्चेश्वर गाउँपालिकामा २८ करोड ५८ लाख, शिवनाथ गाउँपालिकामा २६ करोड ८४ लाख, सिगास गाउँपालिकामा २९ करोड ९२ लाख र सुर्नया गाउँपालिकामा ३१…

Read More

काठमाडौं: टीकापुर घटनाका दोषी पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ। शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो। शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्। मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली अदालत, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी अस्ति मात्र रिहा भएका थिए। चौधरीलाई रिहा भएपछी शारदा सर्वोच्च अदालत गएकी थिइन्।

Read More

धनगढी: नेपाली काँग्रेसको संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकका स्वकीय सचिव जनक भट्टले आफ्नाे अश्लिल भिडिओ आएको प्रति आपत्ति प्रकट गरेका छन्।। स्वकीय सचिव भट्टले अपरचित भारतीय युवतीकाे ह्वाट्स एपमा आएकाे फाेन उठाएर भिडियाे संवाद भएकाेमा एडिट गरि अश्लिल भिडियाे जाेडेर विभिन्न सामाजिक सञ्जालमा आएकाे प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे जनाउदै आपत्ति प्रकट गरेका हुन्। आएको फाेन उठाएर समान्य कुरा भएकाे भिडियाेमा एडिट गरि अश्लिल भिडियाे जाेडेर सामाजिक सञ्जालमा आएपश्चात साेहि विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएकाले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएकाे उनले जनाएका छन्। उनले उक्त अश्लिल भिडियाेमा कुनै पनि सत्यता नरहेकाे र साे बारे कानु…

Read More

काठमाडौं: एलओडी क्लबका दुई महिला कामदारलाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१ वर्षीय लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थायी घर भएका ३२ वर्षीय माइला भन्ने रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो। पीडितहरुले आफूहरुलाई सोह्रखुट्टेमा लागि खाजा खुवाउने बेला र एक होटेलमा गरि ९ क्वाटर रक्सी(गोल्डेन ओक) खुवाएर झ्याप बनाएको बताएका छन्। आरोपितहरुले ट्याब्लेटसमेत खुवाएर बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं: नेपाली क्रिकेट टिमका मुख्य खेलाडी सन्दीप लामिछाने टिमसँगै दक्षिण अफ्रिका जान नपाउने भएका छन् । सन्दीपविरुद्ध विचाराधीन नाबालिका बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम फैसला नहुँदा उनी टिमसँगै दक्षिण अफ्रिका जान नपाएका हुन् । न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनको सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको फैसला हुने बताएपछि आजको पेसी रोकिएको हो । अदालती प्रक्रिया लम्बिएका कारण उनलाई दक्षिण अफ्रिका जानबाट रोकेको हो ।

Read More

बाँके: बाँकेको राप्ती सोनारी गाउँपालिका-१३ मा कार र बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन् । बा.१३च ८२५३ नम्बरको कार र मे.१ ख ३३३५ नम्बरको बस ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी डाक्टर सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरले बताए। मृतक सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइलो भाइबुहारी हुन्।  सन्जुका पति प्रा.डा डम्बर खड्का कर्णाली प्रदेश अस्पतालका निर्देशक छन्। बसमा सवार ६ यात्रु सामान्य घाइते रहेका छन्।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू  आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै  गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

Read More

धनगढी – कैलालीको चुरे गाउँपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो । ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन् । विशेषगरी घरायसी काम र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या हुँदाहुँदै उपचार गराउन नपाएका महिलाहरुले घरमै लाभ लिएका हुन् ।

Read More

धनगढी – कैलालीको धनगढीस्थित बेहडाबाबा मेलामा आजबाट गंगा दशहरा मेला लागेको छ। तर, निकै चर्चित उक्त स्थानमा सुरक्षा दिन भने कैलाली प्रहरी असफल जस्तै बनेको छ। जसको पुष्टि आज घटेका घटनाले गरेको छ। धनगढी-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हरेक वर्ष गङ्गा दशहराका दिनबाट चार दिनसम्म मेला लाग्ने गर्छ। तर, यो वर्ष भने प्रहरी र मन्दिर व्यवस्थापन समितिको लापरबाही २ जनाको ज्यान गरेको छ भने समाजिक सञ्जाल विभिन्न टिकाटिप्पणीले भरिएको छ। बेहडाबाबा मेलाको सुरक्षा र व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले एक साईकलयात्रीलाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते…

Read More

धनगढी – सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय किशोर सञ्जाल नेपाल,राष्ट्रिय किशोरी सञ्जाल र सिविन नेपालको संयुक्त आयोजनामा तीन दिने जीवनउपयोगी सीप तालिम सुरु भएको छ। आजबाट सुरु भएको तालिम जेठ १८ गते सकिने छ। किशोर किशोरीहरूलाई सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जस्ता जीवनोपयोगी सिप जरुरी रहेको र जीविकोपार्जन कार्य गर्न जीवनउपयोगी सीपको आवश्यकता पर्ने भएकोले सो तालिमको आयोजना गरेको बताइएको छ। तालिमको प्रमुख प्रशिक्षक बालिका दुलही होइनन् की राष्ट्रिय संयोजक तथा बाल अधिकारकर्मी निरिजना भट्ट हुनुहुन्छ भने तालिममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै ३० जना किशोर किशोरीको…

Read More