Author: महेन्द्रनगर पोष्ट

कैलाली: नागरिक उन्मुक्ति पार्टीले हिजो राति कैलालीमा राँके जुलुस निकालेको छ। जिल्लाको पूर्वी क्षेत्र लम्की बजारमा जुलुस निकालिएको हो। रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गरेको पार्टीले आफ्नो कार्यसूची अनुसार उक्त जुलुस निकालेको हो। हिजो नै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको थियो। आफ्ना माग पुरा नभए पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने र त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी पार्टीले दिएको थियो।

Read More

-आशिष मल्ल डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष नियुक्तिको कुराले पुरै जिल्ला चकित परेको छ। एकपछि अर्को मनोनीतले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ। गत बैशाख १७ गते प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरको निर्णयबाट लक्ष्मण सिँहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्षमा मनोनीत गरेको भन्दै सुरुमा मन्त्रालयबाट पत्र आएको थियो। उक्त पत्रअनुसार सिँहलाई बैशाख २३ गतेबाट लागू हुनेगरि अध्यक्षमा मनोनीत गरिएको थियो। उनीसँगै तेज साउदलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरिएको थियो। उक्त पत्र अस्पताल पुगेपछि सिँहले हिजो जेठ ३ गते मात्रै पदभार ग्रहण गरेका थिए। उनलाई अस्पताल कर्मचारी तथा जिल्लावासीले भव्य स्वागत समेत गरेका थिए। सोही पदभार ग्रहण कार्यक्रममा बोल्दै…

Read More

काठमाडौं: संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पेस गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

Read More

कैलाली: गृह मन्त्रालयले अछामसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको हो। हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमल राज ढकाल र गुल्मीमा टेक बहादुर केसी रहेका छन्। सरुवा भएकामध्ये टेक बहादुर केसी यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए। अन्य सहसचिवहरूको हकमा झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ भन्व तुल बहादुर श्रेष्ठ र जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Read More

बैतडी: बैतडीमा मदिरा पसलमा भेटेनरी सेवा सञ्चालन गरेको पाइएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा मदिरा पसलमा भेटेरेनरी सञ्चालन गरेर औषधी विक्रिवितरण हुने गरेको पाइएको हो । मंगलवार गरिएको अनुगमनका क्रममा लाइसेन्स अर्कैको नाममा त्यसमाथि मदिराको कारोबारसंगै भेटेनरी सेवा समेत प्रवाह गरेका गाउँपालिकाको वडा नम्बर ३ र ४ भित्रका अधिकांश पसलमा अनुगमन गरेर जरिवान काटिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, ती वडामा नियमविपरित सञ्चलनमा रहेका पसलहरुमा ८२ हजार जरीवाना असुल गरिएको र तीन ओटा पसल सिल गरिएका जनाइएको छ । अन्य पसलहरुमा समेत अनुगन गरेर ५१ हजार मूल्य बराबरका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।

Read More

कञ्चनपुर: कञ्ञ्चनपुरका किसान मल नपाएर हैरान भएका छन् । मल नपाएर हैरान भएका जिल्लाको कृष्णपुर नगरपालिका २ का किसानको सहकारी कार्यालयमा भिड लागेको छ । उक्त वडाको वाणीस्थित चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थामा किसानहरुको भिड लागेको हो । खेतीपाती गर्ने समयमा मल नपाउन थालेपछि किसान चिन्तित बनेका छन् । कुनै एउटा वडा वा स्थानीय तह मात्र नभई सुदूरपश्चिममा नै सधैँ मल अभाव हुने गरेको छ । सरकारले नै मल आपूर्ति गर्न सकेको छैन । जसका कारण किसानहरु मर्कामा पर्ने गरेका छन् ।

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर र विश्व खाद्य कार्यक्रम नेपालका लागि प्रतिनिधि तथा निर्देशक रोबर्ट कास्काबीच वार्तालाप भएको छ । दुबै जनाबीच मुख्यमन्त्रीको कार्यकक्षमा विशेष वार्तालाप भएको बताइएको छ । भेटमा सुदूरपश्चिमको खाद्य अवस्था र आवश्यक समन्वयको बारेमा छलफल भएको बताइएको छ।

Read More

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–१० का किसानलाई बाख्रा वितरण गरिएको छ । प्रदेश सरकारको सहयोगमा वडाका सय जना किसानलाई १/१ ओटा खरिजातका बाख्रा वितरण गरिएको हो । किसानहरुलाई आत्मनिर्भर बनाउन वडामा प्रदेशको बजेटबाट सञ्चालित कार्यक्रम मार्फत बाख्रा वितरण गरिएको वडा अध्यक्ष त्रिलोक सिंह विष्टले बताए । यस्तै, दुई ओटा समूहमा बोका पनि वितरण गरिएका छन् । दुई समूहलाइ दुई बोका वितरण गरिएको बताइएको छ । यसअघि पनि वडामा बाख्रा वितरण गरिएको थियो । अहिले छुटेका किसानलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष विष्टल बताए ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियाका दमन चन्द फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । तीन कट्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर विक्री गर्दा उनले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनी इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताएका छन् । फलफूलका बिरुवा उत्पादन गरी विक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल, प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गरेका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको…

Read More