Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा: पाटन संयुक्त क्याम्पसले डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले स्नातक नगरेको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रमाणपत्र सत्यापन पठाउँदै सिंहले स्नातक नगरेको उल्लेख गरेको हो । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण हुनुपर्ने व्यवस्था छ । केही दिनअघि अस्पतालमा आयोजित कार्यक्रममा भने अध्यक्ष सिंहले आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली नभएको दाबी गरेका थिए ।यस्तै, अध्यक्ष सिंहले पदबाट राजीनामा दिने भएका छन् । सिंहले भने अस्पताल प्रशासनमा काम गर्ने वातावरण नहुनु, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा दिन…

Read More

डडेल्धुरा: डडेल्धुराका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । आफ्ना माग सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरुले बिहीवार शिक्षा समन्वय इकाई डडेल्धुरामा धर्ना पनि दिएका छन् । नेपाल विद्यालय कर्मचारी युनियन डडेल्धुराका सदस्य नरेश ऐरले सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम बजेटमा नपरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । माग सुनुवाइ नभए असार २ गतेदेखि विद्यालय ठप्प पार्ने चेतावनीसमेत कर्मचारीहरुले दिएका छन् । विद्यालय कर्मचारीहरूले सहायक लेखापालहरूका लागि ३४ हजा सात सय ३० तलब र दुई हजार महंगी भत्तासहित ३६ हजार सात सय ३० र विद्यालय सहयोगीहरूका लागि २४ हजार दुई सय १० तलब तथा दुई हजार महंगी भत्ता…

Read More

बैतडी: बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन् । सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित र…

Read More

काठमाडौँ: आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका तीनसहित नौ जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । सुदूरका कैलाली, कञ्चनपुर र बाजुरासहित सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ र सुर्खेतमा खोप लगाउन सुरु गरिएको हो । यी जिल्लामध्ये केही केहीमा आजबाट खोप लगाउन सुरु गरिएको र केहीमा सम्बन्धित जिल्लाले आफ्नो अनुकूल समयमा भोलि वा पर्सिदेखि नै सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइनेछ । विभिन्न जिल्लामा दादुरा महामारी देखिएपछि अन्य जिल्लामा फैलिन सक्ने जोखिम बढेको भन्दै बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिन थालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

Read More

तनहुँ: तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले रु पाँच लाख २५ हजार दुई सय ३३ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । देवघाट गाउँपालिकाले रु २४ हजार चार सय, घिरिङ गाउँपालिकाले रु एक लाख ३५ हजार नौ सय ८०, भानु नगरपालिकाले रु ५३ हजार छ सय १०, आँबुखैरेनी गाउँपालिकाले रु २४ हजार चार सय, बन्दीपुर गाउँपालिकाले रु २४ हजार एक सय ३१, भिमाद नगरपालिकाले रु २९ हजार…

Read More

धनगढी: गेटामा लोकराज पाण्डेय ‘आगो’ नेतृत्वको शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको टिमको आह्वानमा आज अत्तरिया बजार बन्द गरिएको छ। संघर्ष समितिको पूूर्व निर्धारित गोदावरी नगर क्षेत्र बन्द गर्ने कार्यक्रम अन्र्तगत अत्तरिया बजार बन्द गरिएको हो। बिहान ८ बजेदेखि गरिएको बन्द साँझ ६ बजे सम्म जारी रहने संघर्ष समितिका सचिव धर्म सिह कुुँवरले बताएका छन्। अत्तरिया बजारमा बिहान बजार खुुला रहेपनि बन्दकर्ताले ८ बजेपछि बजार बन्द गराएका थिए। बन्दकर्ताले बजार बन्द गराएपनि सवारी साधन भने आंसिक रुपमा सञ्चालनमा रहेका छन्। संघर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद र जेठ ५ गते नीति तथा कार्यक्रममा…

Read More

धनगढीः धनगढीमा भन्सार छलीका अवैध सामानसहित एक महिला पक्राउ परेकी छन् । बिहीवार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट डडेल्धुराको अमरगढी नगरपालिका–२ हाल धनगढी–३ बस्दै आएकी ४० वर्षीया सुमन भाट पक्राउ परेकी हुन् । २४ हजार मूल्य बराबरका कुर्तीसहित भाटसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, धनगढी–१३ राजपुरबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ । मिठाई, पानीपुरी, नरीवल, पाउडर दुध गरी करिब २० हजार मूल्य बराबरका सामान बरामद गरिएको हो । ती सामान बेवारीसे अवस्थामा फेला परेका बताइएको छ ।

Read More

दार्चुलाः दार्चुलामा बलात्कार आरोपमा मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पक्राउ परेका छन् । उनी दार्चुला बसपार्कबाट पक्राउ परेका हुन् । गत माघ २० गते जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए । पीडित महिलाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा वडाध्यक्ष धामीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले बताए । जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

Read More

काठमाडौं: जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए। कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो। जहाजमा चुरोट तानेको सूचना प्रहरीले पाएको थियो। एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनलाई पक्राउ गरेको डिआइजी ठकुरीले बताए।

Read More